भारत– भारतमा कोरोना संक्रमितको उपचारका लागि अहिलेसम्म प्रयोग भइरहेको प्लाज्मा थेरापी बन्द गरिने भएको छ।
भारतीय काउन्सिल अफ मेडिकल रिसर्च(आईसीइमआर)ले कोरोनाको उपचारको क्लीनिकल गाइडेन्समा परिवर्तन गरेको छ।
आईसीएमआरका अनुसार प्लाज्मा थेरापीबाट कोरोना संक्रमितको अवस्था सुधार भएको कुनै प्रमाण प्राप्त भएको छैन।
आईसीएमआरको राष्ट्रिय टास्क फोर्स र स्वास्थ्य मन्त्रालयका विशेषज्ञले कोरोनाको उपचारसँग जोडिएको मादपण्डलाई बेलाबेलामा परिवर्तन गर्दै आइरहेका छन्।
तर रजिस्टर्ड चिकित्सकका लागि टास्क फोर्सको सिफारिश पालन गर्न अनिवार्य छैन।
आईसीएमआरले पछिल्लो वर्ष कोरोनाका ४ सय बिरामीमाथि प्लाज्मा थेरापीको ट्रायल गरेको थियो र यसबाट खास फाइदा नभएको पाइएको बीबीसीको समाचारमा उल्लेख गरिएको छ।
तर यसका बावजूद प्लाज्मा थेरापीलाई कोरोनाको उपचारको तरिकाको सूचीमा राखिएको थियो र कयौं संक्रमितको उपचारमा यसको प्रयोग गरिएको थियो।
अन्तर्राष्ट्रिय स्तरमा गरिएको कयौं परीक्षणमा पनि प्लाज्मा थेरापीबाट हुने फाइदा आएको छैन।
हालसालै चर्चित मेडिकल जर्नल लसेटमा ५ हजार बिरामीको परीक्षणमा आधारित रिसर्च छापिएको थियो। यसमा पनि प्लाज्मा थेरापी कोविड–१९ को उपचार उपलब्धिपूर्ण नभएको जनाइएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।