भारत– भारतमा कोरोना संक्रमितको संख्यामा केही कमी आइरहेको देखिएपनि मृतकको संख्यामा भने वृद्धि भइरहेको छ।
कोरोना संक्रमणका कारण पछिल्लो २४ घन्टामा अहिलेसम्मकै धेरै जनाको मृत्यु भएको भारतीय स्वास्थ्य मन्त्रालयले जारी गरेको तथ्यांकमा उल्लेख छ।
पछिल्लो २४ घन्टामा भारतमा २ लाख ६३ हजार ५ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
२५ अप्रिलपछि लगातार दोस्रो पटक तीन लाख भन्दा कममा कोरोना संक्रमण देखिएको हो तर यो बीचमा ४ हजार ३ सय २९ जनाको मृत्यु भएको छ।
२४ घन्टामा कोरोनाका कारण मृत्यु हुनेको संख्यामा यो अहिलेसम्मकै धेरै हो।
यसका साथ भारतमा कोरोनाबाट मर्नेको संख्या २ लाख ७८ हजार ७ सय १९ पुगेको छ।
२ करोड ५२ लाख २८ हजार ९सय९६ जनामा अहिलेसम्म कोरोना संक्रमण देखिएको छ भने अहिले ३३ लाख ५३ हजार ७ सयबढी सक्रिय संक्रमित रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।