गाजा सिटी- इजरायल-प्यालेस्टाइनबीच जारी युद्ध ज्यान गुमाउनेको संख्या २०० नाघेको छ।
गाजामा हमासको नेतृत्वमा रहेको स्वास्थ्य मन्त्रालयले एक हप्ता अघि सुरु भएको युद्धमा परी ज्यान गुमाउनेको संख्या २०० पुगेको जानकारी दिएको हो।
मन्त्रालयले जारी गरिएको विज्ञप्ति भनिएको छ, ‘मारिएका मध्य ५९ जना बालबालिका र ३५ महिला पनि रहेका छन्। यस्तै, १ हजार ३०५ जना घाइते भएका छन्।’
यता, इजरायली सेनाले गाजामा हालसम्म १३० चरमपन्थी मारेको दावी गरेको छ।
यसैबीच, एक हप्तामा गाजातर्फबाट गरिएको रकेट हमलामा १० जना इजरायली नागरिकले ज्यान गुमाएका छन्। त्यसमा दुई बालबालिका र एक सिपाही रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।