मुम्बई- अरब सागरमा देखिएको ‘ताउ ते’ चक्रवातको असर भारतकाे महाराष्ट्र राज्यमा देखिएको छ।
साेमबार साँझ आएकाे चक्रवातका कारण ६ जनाकाे मृत्यु भएकाे नवभारतले जनाएकाे छ। यस्तै घटनामा ९ जना मानिस र ४ जनावर पनि घाइते भएका छन्।
मुख्यमन्त्री उद्धव ठाकरेले चक्रवातकाे कारण पुगेकाे क्षतिकाे जानकारी दिएका छन्। उनले प्रभावित क्षेत्रमा तत्काल राहत तथा उद्धार कार्यमा खटिन निर्देशन दिएका छन्।
भारतीय मौसम विभागले केही घण्टा अगाडि मात्रै मुम्बईमा भीषण वर्षाको चेतावनी दिएको थियाे। मौसम विभागले अनुसार पानीसँगै तीव्रगतिमा हावा पनि चल्ने जानकारी दिएकाे थियाे।
यस समयमा करीब १३ हजार नागरिकलाई सुरक्षित स्थानमा सारिएकाे थियाे।
याे चक्रवातबाट महाराष्ट्रमा २ हजार ५४२ घर ढलेकाे छ। त्यसमध्ये ६ घरमा पूर्णरुपमा क्षति पुगेकाे छ। ठाणे जिल्लमा २४, रायगढमा १ हजार ७८४, रत्नगिरीमा ६१, सिन्धुदुर्गमा ५३६, पुणेमा १०१, काेल्हापुरमा २७ र सतारामा ६ घरमा क्षति पुगेकाे जनाइएकाे छ।
चक्रवातका कारण मुम्बईकाे तटीय क्षेत्रमा माैसम खराब रहेकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।