काठमाडाैं- पश्चिम बंगाल सरकारले पूर्ण लकडाउन गरेकाे छ। कोरोना महामारी तीव्र रूपमा फैलिएपछि आइतबारदेखि बंगाल सरकारले लकडाउनकाे घाेषणा गरेकाे हाे।
लकडाउन मे ३० तारिखसम्म लागू हुने जनाइएकाे छ। याेसँगै सरकारले नेपाल- भारतसँग नाका पनि बन्द गरेकाे छ। सरकारले आफ्ना नागरिकलाई नाकाबाट यताउता गर्न रोक लगाएको छ भने नेपालीहरूको प्रवेशमा पनि रोक लगाएको छ।
नेपालले सीमा सिल गरेको छैन। यद्यपि, भारत हुँदै नेपाल भित्रिने अत्यावश्यक औषधी, खाद्यान्न, पेट्रोलियम पदार्थ, अक्सिजन बुलेटबाहेक अन्य सवारीसाधनलाई आवतजावतमा रोक लगाइएको छ।
पूर्वी नाका काँकडभिट्टाबाट अत्यावश्यक कामका लागि भारत जाने र उताबाट नेपाल आउने क्रम चलिरहेको थियो। याेसँगै काँकरभिट्टा नाका १५ दिनका लागि बन्द हुने भएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।