क्यानबेरा- अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले राजनीतिक दलका नेताहरु र व्यावसायिक व्यक्तिहरुले अन्तर्राष्ट्रिय सीमा खोल्नेतर्फ लचकता अपनाउन गरिएको आग्रहलाई अस्वीकार गरेका छन्।
उनले अझै पनि कोरोना महामारीको भय यथावत् रहेको भन्दै देशको अन्तर्राष्ट्रिय सीमा तत्कालै खोल्न अझै सुरक्षित नरहेको बताए।
अस्ट्रेलियाको संसदमा सरकारले प्रस्तुत गरेको सन् २०२१/२२ को बजेटले पनि देशको अन्तर्राष्ट्रिय सीमा आगामी सन् २०२२ को मध्यसम्म खुला नहुने संकेत गरेको छ।
यद्यपि, प्रधानमन्त्री मोरिसनले अहिल्यै कुनै कदम चालिहाल्नु त्यति सुरक्षित नरहेको स्पष्ट पारे।
‘एक दिन सीमा खोल्ने, अर्को दिन बन्द गर्ने कार्य त्यति व्यवहारिक हुँदैन। यसरी हुँदैन,’ उनले सोमबार संवाददाताहरुसँग भने, ‘खासमा समग्र सीमा व्यवस्थापन मुख्य कुरा हो, सुरक्षित भएको सुनिश्चित नहुँदासम्म सीमा खोल्न सकिँदैन।’
उनले अर्को कदमका रुपमा सबै अष्ट्रेलियाली नागरिकलाई खोप लगाउनुका साथै अन्तर्राष्ट्रिय विद्यार्थी र आप्रवासी कामदारलाई अस्ट्रेलिया फर्काउन सहजीकरण गरिने स्पष्ट पारे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।