काठमाडौं– नारदा स्टिंग मामिलाको अनुसन्धानका लागि भन्दै भारतीय राज्य पश्चिम बंगाल सरकारका मन्त्रीसहित ४ जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा पश्चिम बंगाल सरकारका मन्त्रीहरु फिरहाद हकीम र सुब्रत मुखर्जी तथा पूर्वमन्त्री समेत रहेका बिजेपीका नेता शोभन चटर्जी र तृणमूल कांग्रेसका विधायक मदन मन्त्री छन्।
पश्चिम बंगाल राज्यका राज्यपाल जगदीप धनखडले अनुमति दिएपछि केन्द्रीय जाँच ब्यूरो (सीबीआई)ले सोमबार उनीहरुलाई पक्राउ गरेको हो।
आफ्नो क्याबिनेटका मन्त्रीसहित पार्टीका नेताहरु पक्राउ परेलगत्तै पश्चिम बंगालकी मुख्यमन्त्री मममता बेनर्जी सीबीआई कार्यालय पुगेकी थिइन्।
सन् २०१६ को विधानसभा चुनाव अगाडि नारदा न्युजका तर्फबाट स्टिङ अपरेशनको भनिएको एउटा भिडियो सार्वजनिक भएको थियो। उक्त भिडियोमा तृणमूल कांग्रेसका नेता, पश्चिम बंगाल सरकारका मन्त्री र विधायक जस्तै देखिने व्यक्तिहरुले एक काल्पनिक कम्पनीका प्रतिनिधिसँग घुस लिँदै गरेको देखिएको थियो।
पश्चिम बंगालकी मुख्यमन्त्री बनर्जी र उनको दल टीएमसीले भने उक्त भिडियोलाई राजनीतिक प्रोपोगाण्डा भन्दै आएको छ।
पश्चिम बंगालको सत्ताधारी दल तृणमूल कांग्रेस (टीएमसी)ले नेताहरुको गिरफ्तारीलाई गैरकानूनी भनेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।