बेंगलुरु- भारतको दक्षिणी भेगमा आइतबार आएको 'ताकते' चक्रवातका कारण चार जनाको मृत्यु भएको छ।
चक्रवातका कारण कर्नाटकामा चार जनाको मृत्यु भएको कर्नाटका राज्य संकट व्यवस्थापन अधिकारीले पुष्टि गरेका हुन्। चक्रवातको असर ७३ वटा गाउँमा परेको बताइन्छ।
साथै कर्नाटकका ६ जिल्लामा भारी वर्षातसमेत भएको छ।
यो चक्रवात भावनगर जिल्लाको पोर्बान्दर र महुभाबीचको गुजरात किनारा पार गर्ने भारतीय मौसम विभागले जनाएको छ। गुजरातमा अहिले 'एल्लो अलर्ट' जारी गरिएको छ।
विभागका अनुसार पछिल्लो ३ घण्टामा यो चक्रवातले झन् तीव्र गति लिएको छ।
चक्रवातले गोवाका किनारा क्षेत्रमा पनि असर पारेको छ। तीव्र गतिको हावाले त्यहाँ रूखहरू ढाल्दा बाटो अवरोध भएको देखिन्छ। ठूला रूख ढल्दा केही निजी सम्पत्तिमा पनि क्षति पुगेको देखिन्छ। केही रूख गाडीमा पनि ढलेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।