काठमाडाैं- इजरायल र प्यालेस्टाइनबीच चलिरहेको द्वन्द्व ठूलो युद्धमा परिणत भइरहेको छ।
गाजा शहरमा शनिबार बिहान भएकाे इजरायली हवाई हमलामा १० प्यालेस्टिनी मारिएका थिए। यो हमला शासित इलाकामा भएको लडाइँपछिको सबैभन्दा घातक हो।
यसैबीच इजरायलीले कब्जा गरेको पश्चिमी किनारमा हिंसा भड्किएकाे छ। त्यहाँ प्रदर्शनकारी र सुरक्षा बलबीच भएकाे झडपमा ११ प्यालेस्टिनी मारिएकाे बताइएकाे छ।
इजरायलको केही क्षेत्रहरुमा यहुदी र अरबी मुसलमानहरु बसोबास गर्दछन्। उनीहरुबीच पनि हिंसा मच्चिएको बताइएको छ। हिंसा भड्किएकै बेला सडक छेउका पसल, कार्यालय र घरहरुमा लुटपाट मच्चिएकाे छ।
शनिबार प्यालेस्टिनी नागरिकहरू पश्चिम तटमा भेला भएका थिए। उनीहरु नकबा दिवस मनाउन थाले र इजरायलकोबिरूद्ध बिरोध गरेका थिए।
उक्त विरोध प्रदर्शनमा सहभागीहरुलाई इजरायली सेनाले गोली प्रहार गरेकाे थियाे। घटनामा ११ जनाको ज्यान गएकाे बताइएकाे छ।
१९४८ मा इजरायलको निर्माणको क्रममा भएको युद्धमा करीव सात लाख प्यालेस्टाइनको पलायनको यादमा नकबा दिवस मनाइन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।