काठमाडौं– गएको फागुन ३ गते बनेको केपी ओली नेतृत्वको निर्वाचित सरकार आज सय दिनमा प्रवेश गरेको छ।
पहिलो पटक प्रधानमन्त्री बन्दा ओलीले जनताको राम्रै साथ पाएका थिए। २०७२ असोजमा संविधान जारी भएपछि भारतीय पक्षले लगाएको नाकाबन्दीका बेला अडान लिएका ओलीले एकाएक 'राष्ट्रवादी नेता'को ट्याग पाए।
वर्तमान सरकारमा ओली नेतृत्वको तत्कालीन एमाले मात्र छैन तत्कालीन माओवादीको साथ पनि छ। यसर्थ पनि स्थायी सरकार बन्नेमा आम जनता ढुक्क छन्।
ओली सरकारले छिमेकीसँगको सम्बन्ध, सिन्डिकेटमाथिको कडाइ, प्रशासनिक तथा आर्थिक सुधार जस्ता विषयमा परिवर्तनको दीर्घकालीन संकेत गरे पनि प्रत्यक्ष अनुभूत गर्न सक्ने वर्तमान समस्यालाई कति प्राथमिकतामा राख्यो?
एक सय दिनमा सरकारको कामकारबाहीलाई जनताले कसरी लिइरहेका छन्? यिनै विषयलाई समेटेर नेपाल लाइभले सर्वसाधारणहरुको धारणा लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।