काठमाडाैं- अफ्रिकामा पुष्टि भएका काेराेना संक्रमितकाे संख्या ४६ लाख ७८ हजार पुगेको छ।
अफ्रिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (अफ्रिका सीडीसी) ले शनिबार दिएकाे जानकारी अनुसार हालसम्म ४६ लाख ७७ हजार ७९८ मा काेराेना संक्रमण पुष्टि भएकाे छ।
अफ्रिकामा ४२ लाख ३२ हजार ९७४ व्यक्ति संक्रमणमुक्त भएका छन्।
यस्तै, संक्रमणबाट एक लाख २५ हजार ८९० जनाकाे मृत्यु भएकाे सीडीसीले जनाएकाे छ।
सीडीसीका अनुसार दक्षिण अफ्रिका, मोरक्को, ट्युनिसिया, इथियोपिया र इजिप्ट सबैभन्दा बढी संक्रमित हुने देशहरू हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।