काठमाडाैं- चिनियाँ स्मार्टफोन कम्पनी शाओमीमाथि लागेको प्रतिबन्ध अमेरिकाले फुकुवा गर्ने भएको छ।
प्रतिबन्धलाई तत्काल फुकुवा गर्न अमेरिकी रक्षा मन्त्रालय र शाओमीबीच मंगलबार सहमति भएको हाे।
याेसँगै शाओमी कम्पनीमा लगानी गर्नका लागि पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले अमेरिकी नागरिकहरुलाई लगाएको अल्पकालीन तथा विवादित प्रतिबन्ध हटेकाे छ।
अमेरिका र चीनबीच पछिल्लो समयमा व्यापार युद्ध बढिरहेको बेला शाओमीसँग भएको सम्झौतालाई निकै महत्वपूर्ण रुपमा हेरिएको छ।
पछिल्लो सहमतिका विषयमा विश्वको तेस्रो ठूलो स्मार्टफोन निर्माता कम्पनी शाओमीले कुनै प्रतिक्रिया जनाएको छैन।
राष्ट्रपति जाे वाइडेनले गत जनवरीमा कार्यभार सम्हाल्ने अघिल्लो दिन रक्षा मन्त्रालयले शाओमीलाई कालोसूचीमा राखेको थियो ।
चिनियाँ सेनासँग साँठगाँठ रहेको आरोप लगाएकाे थियो । तर, उक्त प्रतिबन्ध लागू हुनुअगावै अमेरिकी अदालतले सरकारले चीन सेनाको नियन्त्रणमा वा स्वामित्वमा कम्पनी रहेको पर्याप्त आधार र प्रमाण दिन नसकेको भन्दै फुकुवा गरिदिएको थियाे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।