काठमाडौं- नेपाल राष्ट्र बैंकका अनुसार देशका ३ वटा स्थानीय तह अझै बैंकिङ पहुँच भन्दा बाहिर रहेका छन्। राष्ट्र बैंकका अनुसार कुल ७५३ स्थानीय तह मध्ये २०७७ चैतसम्म ७५० तहमा वाणिज्य बैंकहरुका शाखा विस्तार भएका छन्।
२०७६ चैतसम्म ७४६ स्थानीय तहमा वाणिज्य बैंकहरुका शाखा विस्तार भएको थियो। राष्ट्र बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरुको संख्या २०७७ चैत मसान्तमा १ सय ४० रहेको छ।
यसमध्ये २७ वाणिज्य बैंक, १८ विकास बैंक, २० वित्त कम्पनी, ७४ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक संचालनमा रहेका छन्।
बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या २०७७ असार मसान्तमा ९ सय ७ सय ६५ रहेकोमा २०७७ चैत मसान्तमा १० हजार ५ सय ४६ पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।