• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, फागुन २३, २०८२ Sat, Mar 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

को बन्लान् यसपालिको बजेट पढ्ने अर्थमन्त्री?

कर्मचारीलाई पौडेलको आश्वासन : तपाईंहरु ढुक्क हुनुहोस् बजेट मैले नै पढ्छु
64x64
नेपाल लाइभ मंगलबार, वैशाख २८, २०७८  १६:२८
1140x725

काठमाडौं- संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट संघीय संसद्‍मा पेस गर्नुपर्ने छ। तर, बजेटभन्दा अगाडि आउनैपर्ने सरकारको नीति तथा कार्यक्रम कहिले प्रस्तुत हुन्छ भन्ने विषय पनि अहिलेसम्म अन्योलमा नै छ।

राजनीतिक घटनाक्रमले गर्दा नीति तथा कार्यक्रम संसद्‍मा कहिले पेस हुन्छ र बजेट पढ्ने अर्थमन्त्री को बन्लान् भन्ने विषय अहिले चासोको विषय बनेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्‍बाट विश्वासको मत पाउन नसकेपछि यसमा अन्योल अझ बढेको हो। 

यद्यपि, बजेट निर्माणको काम भने चलिरहेको छ। कामचलाउ सरकारका अर्थमन्त्री विष्णु पौडेलले बजेट निर्माणको कामलाई आजसम्म पनि तीव्रता दिइरहेका छन्।

अर्थ मन्त्रालय स्रोतका अनुसार बजेटमा आउने नयाँ कार्यक्रम तथा आयोजनाका लागि आवश्यक रकम विनियोजन भई अन्तिम चरणमा पुर्‍याइएको छ। तर, बजेट निर्माणमा संलग्न अर्थका कर्मचारीहरु पछिल्लो राजनीतिक घटनाक्रमका कारण अन्तिम तयारी गरिएको बजेट पूरै परिर्वतन गर्नुपर्ने हो कि भन्ने विषयमा सशंकित बनेका छन्।

पहिलो अन्योल : सरकार कसको?
सोमबार प्रधानमन्त्री ओलीले विश्वासको मत माग्दै संसद्‍मा प्रस्तुत गरेको प्रस्ताव बहुमतबाट अस्वीकृत भएको थियो। त्यससँगै ओली नेतृत्वको सरकार 'कामचलाउ'मा परिणत भइसकेको छ।

ओलीले विश्वासको मत गुमाएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधार (२) बमोजिम तीन दिनभित्र बहुमतको सरकार निर्माण गर्न दलहरुलाई आह्वान गरेकी छन्। सरकार गठनका लागि वैशाख ३० गते राति ९ बजेसम्मको समयसीमा तोकेकी छन्।

राष्ट्रपतिको आह्वानपछि अहिले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) तथा जनता समाजवादी पार्टी (जसपा) को एक पक्षका नेताहरु सरकार गठनका लागि छलफलमा जुटेका छन्। सरकार गठनबारे जसपामा दुई धार देखिएपछि बहुमतको सरकार गठन गर्न जुटेका कांग्रेस र माओवादी केन्द्रलाई बहुमत पुर्‍याउन सकस परेको देखिन्छ। जसपा सहभागी नभई सरकार गठनका लागि बहुमत पुग्ने अवस्था देखिएको छैन।

जसपाका महन्थ ठाकुर र राजेन्द्र महतोपक्षले सरकार बनाउने खेलमा लाग्न नहुने बताइरहेको छ। सोही नीतिअनुसार प्रधानमन्त्री ओलीले विश्वासको मत लिने क्रममा पनि ठाकुर र महतो पक्षका १५ सांसद तटस्थ बसेका थिए।

Ncell 2
Ncell 2

अर्कोतर्फ जसपाकै उपेन्द्र यादव र बाबुराम भट्टराईपक्षका नेताहरु भने नयाँ सरकार निर्माणको पक्षमा देखिएका छन्। यादव र भट्टराई पक्षका नेताहरुले संसद्‍मा प्रधानमन्त्री ओलीले मागेको विश्वासको मतको विपक्षमा मतदान गरेका थिए।
 
जसपाका ३४ सांसद भए पनि दुई जना सांसद अहिले निलम्बनमा छन्। सोमबार संसद्‍मा भएको मतदानमा जसपाका ३२ मध्ये दुई जना सांसद अनुपस्थित थिए। उपस्थित ३० जनामध्ये १५ जनाले विश्वासको मतको विपक्षमा मतदान गरेका थिए भने १५ जना तटस्थ बसेका थिए। उक्त संख्यालाई आधार मान्ने हो भने राष्ट्रपतिले दिएको तीन दिनको समयमा बहुमतको सरकार बन्ने अवस्था देखिँदैन।

बहुमतबाट प्रधानमन्त्री बन्नका लागि १३६ जना सांसद आवश्यक पर्छ। अहिले संसद्‍मा कांग्रेसका ६१ र माओवादी केन्द्रका ४९ जना सांसद छन्। माओवादीका चार जना सांसदको पद गुमेको थियो भने कांग्रेसका दुई सांसद निलम्बनमा छन्।

साथै, प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन संसद्‍मा उपस्थित नभएका माधवकुमार नेपालपक्षीय एमालेका २८ सांसद रहेका छन्। यसअघि नेपालपक्षका ती सांसदले राजीनामा दिने बताइए पनि अन्तिममा मतदानमा अनुपस्थित हुने निर्णयमा पुगेका थिए। उनीहरुले सांसद पदबाट राजीनामा दिएको भए प्रतिपक्ष दलहरुलाई सरकार बनाउन सहज हुने थियो। तर, नेपालपक्षका एमाले सांसदहरुले राजीनामा नदिएको र जसपाको समर्थन नभएको अवस्थामा तीन दिनभित्र नयाँ सरकार बन्ने सम्भावना न्यून छ। 

प्रधानमन्त्री ओलीले विश्वासको मत लिने क्रममा विपक्षमा १२४ मत खसेको थियो। त्यही मतलाई तलमाथि हुन नदिँदा पनि कांग्रेस-माओवादी गबन्धनलाई बहुमत पुर्‍याउन थप १२ सांसद आवश्यक पर्छ। जसपालाई मिलाउन सकेको अवस्था वा एमालेको नेपालपक्षका सांसदले राजीनामा दिए बहुमतको सरकार बन्नेछ। अन्यथा, बहुमतको सरकार बन्ने अवस्था देखिँदैन।

३० गते राति ९ बजेसम्म बहुमतको सरकार बन्ने आधारसहित राष्ट्रपतिसमक्ष प्रस्ताव पेस नभएमा संविधानको धारा ७६ को उपधारा २ अनुसार सरकार बन्ने अवस्था अन्त्य हुन्छ। त्यसपछि संवैधानिक व्यवस्था अनुसार राष्ट्रपति भण्डारीले धारा ७६ को उपधारा ३ अनुसार संसद्‍मा प्रतिनिधित्व गर्ने सबैभन्दा ठूलो दलको नेतालाई प्रधानमन्त्रीमा नियुक्ति गर्ने छिन्। त्यस्तो अवस्थामा ओेली पुन: प्रधानमन्त्री बन्ने छन्।

यसरी प्रधानमन्त्री भएका ओलीले पनि फेरि ३० दिनभित्र संसद्बाट विश्वासको मत लिनुपर्ने छ। तर, त्यो सरकारले पनि विश्वासको मत पाउन सक्ने सम्भावना देखिँदैन। 

'पपुलर' बजेटको तयारी तर कर्मचारी अन्योलमा
यस्तो अवस्थामा ओलीले वर्तमान अर्थमन्त्री पौडेललाई नै अर्थ मन्त्रालयको जिम्मेवारी दिएर 'पपुलर' बजेट ल्याउने तयारी गरिरहेका छन्।

अर्थ मन्त्रालय स्रोतका अनुसार पौडेलले कर्मचारीहरुलाई भनेका छन्, ‘तपाईंहरु ढुक्क भएर बजेटको काम गर्नुहोस्, बजेट पढ्ने मैले नै हो। तर, बजेट संसद्‍बाट पास नुहन सक्छ। जनतालाई एमालेको सरकार छ भन्ने अनुभव हुनेगरी बजेट ल्याउने काममा मलाई सहयोग गर्नुपर्छ। अन्तत: आमी निर्वाचनमै जाँदै छौं। सोहीअनुसार काम अगाडि बढाउनुहोस्।’

पाैडेलले पुनः ओली नेतृत्वकै सरकार बन्ने र अर्थमन्त्रीका रुपमा आफूले नै जिम्मेवारी लिने भन्दै बजेटको तयारीमा लाग्न कर्मचारीलाई आश्वस्त पारिरहेका छन्। तर, पौडेलको भनाइमा अर्थका कर्मचारी ढुक्क हुन सकेका छैनन्। प्रतिपक्षको नेतृत्वमा सरकार बनेको अवस्थामा अहिले चुनावलक्षित र पपुलर हुने गरी बनाएको बजेट अन्तिम समयमा परिर्वतन गर्नुपर्ने हो कि भनेर उनीहरु सशंकित छन्।

यता प्रतिपक्षी दलले बहुमत पुर्‍याएर सरकार गठन गरेको अवस्थामा नयाँ अर्थमन्त्री कांग्रेसबाट बन्छ वा माओवादी केन्द्रबाट भन्ने पनि निर्क्योल हुन सकेको छैन।

प्रकाशित मिति: मंगलबार, वैशाख २८, २०७८  १६:२८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मत फेरिरहने जुम्लाले यसपटक फेरेन, ऐतिहासिक रेकर्ड ब्रेक गर्दै सदनमा ज्ञानेन्द्रको दोस्रो ‘इनिङ्स’!
प्रेम आलेलाई हराउँदै कैलाली–५ मा रास्वपाका चन्द निर्वाचित
प्रदेशभरीकै प्रभावशाली मानिएका रावल पराजित, अछाममा २६ वर्षपछि कांग्रेसको कमब्याक
सम्बन्धित सामग्री
एकैदिन तोलामा ११ हजार घट्यो सुन नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला ३ लाख १७ हजार ६ सय रुपैयाँ तोकेको छ । बुधबार, फागुन २०, २०८२
नेप्से ३८ दशमलव ५२ अंकले वृद्धि व्यापार बाहेक सबै उपसमूहहरू बढ्यो । व्यापार ३१ अंकले घट्यो भने जीवन बिमा १३६.०४, उत्पादन तथा प्रशोधन १३७.८१ र होटल तथा पर्यटन ११६.६२... मंगलबार, फागुन १९, २०८२
सुनको मूल्य तोलामा ३ लाख २८ हजार नाघ्यो नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला तीन लाख २८ हजार ६ सय रुपैयाँ कायम भएको हो। त्यस्तै, सु... मंगलबार, फागुन १९, २०८२
ताजा समाचारसबै
मत फेरिरहने जुम्लाले यसपटक फेरेन, ऐतिहासिक रेकर्ड ब्रेक गर्दै सदनमा ज्ञानेन्द्रको दोस्रो ‘इनिङ्स’! शनिबार, फागुन २३, २०८२
प्रेम आलेलाई हराउँदै कैलाली–५ मा रास्वपाका चन्द निर्वाचित शनिबार, फागुन २३, २०८२
प्रदेशभरीकै प्रभावशाली मानिएका रावल पराजित, अछाममा २६ वर्षपछि कांग्रेसको कमब्याक शनिबार, फागुन २३, २०८२
गुल्मी-१ मा सागर ढकालको फराकिलो जित शनिबार, फागुन २३, २०८२
जाजरकोटमा कम्युनिस्टको किल्ला भत्काउँदै विजयी बने कांग्रेसका बुढा शनिबार, फागुन २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
चितवन ३ अपडेट: रेनुभन्दा सोबिता दोब्बर मतले अगाडि शुक्रबार, फागुन २२, २०८२
झापा– ५ मा बालेन ओलीभन्दा चार गुणा बढी मतले अगाडि शुक्रबार, फागुन २२, २०८२
ललितपुर १ मा कांग्रेसका उदयशमशेरको अग्रता शुक्रबार, फागुन २२, २०८२
सर्लाही-४ मा अमरेशको अग्रता शुक्रबार, फागुन २२, २०८२
इलाम-२ : माटोका उम्मेदवारले सुहाङलाई उछिने शुक्रबार, फागुन २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
खामेनीको हत्याको बदला लिने राष्ट्रपति पेजेस्कियानको उद्घोष आइतबार, फागुन १७, २०८२
मध्यपूर्वमा अमेरिकी बेसमा इरानद्वारा आक्रमण, कहाँ कहाँ बनाइयो निशाना? शनिबार, फागुन १६, २०८२
चितवन ३ अपडेट: रेनुभन्दा सोबिता दोब्बर मतले अगाडि शुक्रबार, फागुन २२, २०८२
इरानी आक्रमणमा अबुधाबीमा एक जनाको मृत्यु शनिबार, फागुन १६, २०८२
अमेरिका–इजरायलको संयुक्त आक्रमणपछि इरानले पनि गर्‍यो जवाफी आक्रमण शनिबार, फागुन १६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्