काठमाडौं– सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न ९ ठेकेदार कम्पनीलाई कालो सूचीमा राखेको छ।
कार्यालयले सार्वजनिक खरिद ऐन, २०६३को दफा ६३ को उपदफा १ बमोजिम ९ कम्पनीलाई कोलो सूचीमा राखेको अवधिसम्म कुनै पनि ठेक्कामा भाग लिन नपाउने गरी कारबाही गरेको हाे।
कार्यालयले शिवराम कन्स्ट्रक्स कम्पनीलाई ३ वर्ष, कौशिका इन्फोसिसलाई १ वर्ष र अधिकारी निर्माण सेवा गोरखालाई २ वर्षको कालो सूचीमा राखेको छ।
यसैगरी, राम्चे सिद्ध निर्माण सेवालाई २ वर्ष, बेलका कन्स्ट्रक्स प्रालिलाई १ वर्ष र बराह गोबरग्यास तथा नवीकरण उर्जा प्रालिालाई १ वर्षको कालो सूचीमा राखिएको छ।
साथै कार्की सप्लायर्सलाई १ वर्ष, श्यामबाबु/ओम मित्र जेभीलाई २ वर्ष र साइनोस्टिल इक्युपमेन्ट प्रालिलाई २ वर्षसम्मको कालो सूचीमा राखेको हो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।