काठमाडौं– काठमाडौं उपत्यका जारी निषेधाआज्ञाका कारण निजी तथा सार्वजनिक सवकारी र आन्तरिक हवाई उडान बन्द छ।
जसका कारण उद्धार उडानमा हेलिकोप्टरको प्रयोग बढेको छ। बुधबार मात्रै उपत्यका बाहिरबाट १३६ जनलाई हेलिकोप्टरको माध्यबाट उद्धार गरिएको छ।
उद्धार गरिएकामध्ये केही कोभिडका बिरामी समेत रहेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार बुधबार कैलाश हेलिकोप्टरको ५वटा उडान मार्फत १८ जना, हेलि एभरेस्टको २ उडानबाट ४ जना र प्रभु हेलिकोप्टरको ६ उडान मार्फत १९ जनालाई उद्धार गरी काठमाडौं ल्याइएको छ।
यसैगरी, माउन्टेन हेलिकोप्टरको २ वटा चार्टर उडानमार्फत ५ जना, मनाङ एयरको ३ उडानमार्फत ५ जना, श्री एयरको १ उडानबाट ४ जना, सिम्रिक एयरको ६ वटा उडान मार्फत ३३ जना, अल्टिच्युट एयरको ६ वटा उडान मार्फत ३० जना र एयर डाइनेस्टिको ५ उडानबाट १८ जनाको उद्धार गरिएको छ।
यसैगरी सीता एयरको १ उडानकाट १२ जना, सिम्रिक एयरको हेलिकोप्टरबाट ६ जना, श्री एयरको हेलिकोप्टरबाट ३ जना, मनाङ एयरको हेलिकोप्टरबाट २ जना, र कैलाश हेलिकोप्टरबाट १ जनाले काठमाडौं उपत्यका छोडेका छन्।
विमानस्थल कार्यालयका अनुसार समिट एयरको चार्टर उडानमार्फत १८ जना काठमाडौं बाहिर गएका छन्। कार्यालयका अनुसार ४१ वटा उडानमार्फ २४ जनाले उपत्यका छोडेका छन् भने १ सय ५४ जना काठमाडौं भित्रिएका छन्।
बुधबारको कुल हवाई यात्रु भने १ सय ७८ जना रहेको विमानस्थल कार्यालयको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।