काठमाडाैं- अध्यादेश जारीको विरोधकाबीच राष्ट्रपति विद्यादेवी भण्डारीले थप अर्को अध्यादेश जारी गरेकी छन्।
मंगलबार सात अध्यादेश जारी गरेकी राष्ट्रपतिले बुधबार रेल्वे अध्यादेश, २०७८ जारी गरेकी हुन्। संविधानको धारा ११४ को उपधारा १ बमोजिम अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।
६ महिनादेखि थन्किएको रेल चलाउन अध्यादेश ल्याइएको हो। धनुषाको कुर्थादेखि भारतको जयनगर रेलमार्गमा रेल सञ्चालनका लागि सरकारले खरिद गरेको रेल कानुन अभावमा ६ महिनादेखि थन्किएर बसेको छ।
अध्यादेशमा नेपाल सरकारले एक वा एक भन्दा बढी विदेशी राष्ट्रको भूमिसम्म वा विदेशी राष्ट्रले नेपालको भूमिसम्म वा नेपालको भूमि भएर अर्को विदेशी राष्ट्रमा जाने गरी रेल्वे सेवा सञ्चालन गर्ने व्यवस्था गरेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।