काठमाडौं- स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले सञ्चारमाध्यमदेखि ट्यांकरसम्म लगानी गरेकी छन्।
प्रधानमन्त्री कार्यालयले आज सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार राज्यमन्त्री अर्यालको नाममा जनता टेलिभिजनमा १ लाख रुपैयाँको सेयर र तीन वटा ट्यांकर समेत रहेको छ। ट्यांकर कृषि प्रयोजनका लागि खरिद गरेको विवरणमा उल्लेख छ।
सार्वजनिक सम्पत्ति विवरण अनुसारको उनको मेगा बैंकमा ९ सय ३३ कित्ता सेयर छ। उनीसँग १५ तोला सुन र २० तोला चाँदी छ।
राज्यमन्त्री अर्यालसँग काठमाडौं, बर्दिया, रुपन्देही र स्याङ्जामा गरी ७० रोपनी हाराहारीमा जग्गा छ। सार्वजनिक विवरण अनुसार राज्यमन्त्री अर्यालले एसबिआई बैंकमा ५ लाख ऋण छ। ८ ला ऋण लिएकोमध्ये ३ लाख ऋण तिरेको विवरणमा उल्लेख छ।
हेरौँ पूरा विवरण




नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।