काठमाडौं- नेपाल आयल निगमले १ सय करोड अर्थात १ अर्ब रुपैयाँ घाटा हुँदा पनि इन्धनको मूल्य नबढाउने निर्णय गरेको छ।
पछिल्लो सयम निरन्तर रुपमा इन्धनको मूल्य बढाउँदै आएको निगमले आइतबार एक विज्ञप्ति जारी गर्दै काेराेना महामारीले देशको अर्थतन्त्रमा असर गरेकाे कारण मूल्य नबढाएको दाबी गरेकाे हाे।
एक पाक्षिक अवधिमै निगमलाई १ अर्ब रुपैयाँ घाटा हुने निगमका प्रवक्ता विनितमणि उपाध्यायकाे भनाइ छ। मे १ देखि इन्डियन आयल कर्पोरेशनले पठाएको मूल्यपछि पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ ७६ पैसा र डिजलमा ३ रुपैयाँ ४२ पैसा घाटा रहेकाे उनले बताए।
यस्तै, खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर ३ सय ७५ रुपैयाँ १३ रुपैयाँ घाटा भए पनि मूल्य नबढाएको उनकाे दाबी छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।