• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शुक्रबार, जेठ २३, २०८२ Fri, Jun 6, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ
समग्रमा हेर्नुस्, कुन मन्त्रीको कति सम्पत्ति? (विवरणहित)
64x64
नेपाल लाइभ बुधबार, जेठ ९, २०७५  ०९:१८
1140x725

काठमाडौं- सरकारले मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गरेको छ।

सरकार गठन भएको ९८औं दिनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेबसाइटमार्फत सम्पत्ति विवरण सार्वजनिक गरिएको हो। २२ सदस्यीय मन्त्रिपरिषद्मा १८ मन्त्रीहरुको मात्रै सम्पत्ति विवरण सार्वजनिक गरिएको छ।

फागुन ३ मा गठन भएको वर्तमान मन्त्रिपरिषद् गठन भएको थियो। यद्यपि, अन्तिमपटक चैत २ गते विस्तार भएको थियो।

भ्रष्टाचार निवारण ऐन, २०५९ मा सार्वजनिक पदमा बहाल गरेको ६० दिनभित्र सम्पत्ति विवरण पेस गर्नुपर्ने व्यवस्था छ। पेस मात्रै गरे पुग्ने, सार्वजनिक गर्नै पर्ने कानुनी बाध्यता नभएका कारण मन्त्रीहरुको सम्पत्ति विवरण आम जानकारीमा आउन सकेको थिएन। 

समग्रमा हेर्नुस्, कुन मन्त्रीको कति सम्पत्ति?

प्रधानमन्त्री ओलीको बैंक खातामा ४२ लाख रकम

विवरण अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको बैंक खातामा ४२ लाख रुपैयाँ छ। एभरेष्ट बैंकमा रहेको खातामा ४२ लाख रुपैयाँ रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ। जून रकम तलब भत्ता बापतको भएको उल्लेख गरिएको छ।  

ओलीको सम्पत्ति श्रीमती राधिका शाक्यको नाममा छ। २ वटा घर छन्। २ कित्ता जग्गा छ, जसमध्ये एउटा १ रोपनी र अर्काे डेढ रोपनी छ, जुन जग्गामा २ वटा घर छन्। 

त्यस्तै, झापाको पृथ्वीनगरमा १० कठ्ठा जग्गा छ। ओलीसँग करिब १७/१८ तोला गहना रहेको उल्लेख छ। 

त्यस्तै श्रीमती राधिकाको नाममा ३ वटा बैंकमा खाता छन्। माछापुच्छ्रे बैंकमा ४ लाख, प्रभु बैंकमा ६ लाख, राष्ट्रिय बचतपत्रमा २५ लाख रुपैयाँ लगानी छ। राष्ट्र बैंकका पूर्व कर्मचारीका रुपमा उक्त बचत रहेको उनको भनाइ छ। राष्ट्र बैंकका पूर्व कर्मचारीका रुपमा उक्त बचतपत्रमा लगानी गरेको सम्पत्ति विवरणमा उल्लेख छ।

Ncell 2
Ncell 2

 

परराष्ट्रमन्त्री ज्ञवाली १४ लाख ८५ हजार ऋणमा

परारष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आफ्नो सम्पत्ति विवरणमा १४ लाख ऋण देखाएका छन्।

काठमाडौंको घरमा तला थप्ने प्रयोजनका लागि ज्ञवालीले विनोद श्रेष्ठ, श्रीकृष्ण गौतम, रामेश्वर अर्याल, रामेश्वर थापा, भीम घिमिरेसहित ९ जनासँग ऋण लिएको उल्लेख छ।

श्रीमती सरस्वती ज्ञवाली अर्यालको नाममा ४ आना २ पैसा ३ दाममा बनेको २ तले पक्की घरलाई ज्ञवालीले सम्पत्ति विवरणमा रुपमा देखाएका छन्। बुटवलको जग्गा बिक्री गरी उक्त घर निर्माण गरिएको विवरणमा उल्लेख छ।

मन्त्री ज्ञवालीले आफूसँग करिब २ तोला सुन रहेको पन सम्पत्ति विवरणमा उल्लेख गरेका छन्।

कलेजदेखि हाइड्रोसम्म रक्षामन्त्री पोखरेलको लगानी

रक्षामन्त्री ईश्वर पोखरेलको कलेजदेखि हाइड्रो कम्पनीसम्म लगानी रहेको खुलेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको सम्पती विवरण अनुसार उनको तीन वटा कम्पनीमा शेयर लगानी छ। 

पोखरेलले श्रीमती मिरा पोखरेलको नाममा बरुण हाइड्रो, कृषि विकास बैंक र मोर्डन कन्या मल्टिपल क्यापसमा लगानी गरेका छन्। बरुणमा उनको १० हजार कित्ता, कृषि विकास बैंकमा १ सय कित्ता तथा मोर्डन पल्टिपल क्याम्पसमा ५ हजार कित्ता शेयर छ।

मन्त्री पोखरेलको इन्भेष्टमेन्ट बैंकमा खाता छ। जून खातामा ७ लाख रुपैयाँ रहेको उनले उल्लेख गरेका छन्। जून भ्रमण भत्ता, पुस्तक बिक्रिबाट प्राप्त भएको उल्लेख गरिएको छ। 
आफुसँग करिब ९ तोला सुन रहेको र २५ तोला चाँदी रहेको उनले उल्लेख गरेका छन्। 

पोखरेलको ४ ठाउँमा जग्गा र घर छ। टोखामा २३ आना जग्गामा उनको घर छ। पुरानो घर र जग्गा बिक्रि गरी तथा ऋण लिएर त्यो घर बनाएको उनले बताएका छन्। 

पोखरेलको झापाको चन्द्रगढीमा १२ कठ्ठा, भक्तपुरको नगरकोटमा १ रोपनी ११ आना र धादिङको खानीखोलमा ४ रोपनी जग्गा छ। जसमध्ये चन्द्रगढीको जग्गा पोखरेलकै नाममा छ भने  अरु श्रीमतीको नाममा छ। 

गृहमन्त्री थापाको सम्पत्तिमा २ वटा कुकुर पनि

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले आफ्नो सम्पत्ति विवरणमा २ वटा कुकुर रहेको उल्लेख गरेका छन्। संघीय सरकारको मन्त्रीको हकमा आज आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्दै उनले छिमेकबाट २०७२ सालमा एक जोडी कुकुर प्राप्त गरेको उल्लेख गरेका छन्।उनले आफ्नी श्रीमती नैनकला थापाको नाममा चितवनको भरतपुर–१०, चित्रसेन मार्गमा १ कठ्ठा ०.७५ धुर जग्गा अंशवण्डाबाट पाएको जनाएका छन्। त्यस्तै श्रीमतीकै नाममा भरतपुर–११, भोजाडमा आमाको पेवा बापत प्राप्त गरेको १ लाख रुपैयाँबाट किनेको जग्गासमेत उनले विवरणमा उल्लेख गरेका छन्।

६ तोला सुन रहेको उल्लेख गरेका मन्त्री बादलले सो सुन श्रीमतीको माइतीघर तथा विदेशबाट भाइ र बहिनीबाट उपहार पाएको बताएका छन्। रेष्टुरेन्ट व्यवसायबाट आम्दानी भएको ३ लाख रुपैयाँ नगद तथा संविधान सभाको पहिलो निर्वाचनमा सभासद हुँदाको तलबबापतको २० हजार रुपैयाँ हाल थापासँग रहेको देखिन्छ। गृहमन्त्री थापाले स्वकीय सचिवालय सदस्य विरु तामाङसँगको संयुक्त खातामा ३ लाख ६० हजार १ सय ९३ रुपैयाँ रहेको उल्लेख गरेका छन्। यो हाल गृहमन्त्री भएपछि एभरेष्ट बैंकमा जम्मा भएको रकम हो।

राष्ट्रिय महिला आयोगको अध्यक्ष हुँदा श्रीमती नैनकला थापाले अपर तामाकोशी जलविद्युत आयोजनाको १ सय ४६ कित्ता सेयर किनेकोे पनि विवरणमा देखाएका छन्। कर्मचारी सञ्चय कोषबाट कट्टी भएको रकमबापत १ लाख ४६ हजार रुपैयाँ बराबरको सेयर खरिद गरिएको देखिएको छ।

सम्पत्ति विवरणका अनुसार मन्त्री थापाले ऋण लिएका छैनन्।

मन्त्री बादलसँग २०६९ जेठ ११ मा खरीद गरिएको तत्कालीन एकिकृत नेकपा माओवादीको नाममा रहेको बा९च ७४३२ नम्बरको डिजेल गाडी रहेको छ।

अर्थमन्त्री युवराज खतिवडाको १ करोड ४९ लाखको जग्गा, ९ लाखको कार

अर्थमन्त्री डा युवराज खतिवडाले सार्वजनिक गरेको सम्पत्ति विवरणमा १ करोड ४९ लाख बरबरको जग्गा रहेको उल्लेख गरेका छन्। उक्त रकम बराबरको जग्गा खतिवडा, उनकी श्रीमती र संयुक्तको नाममा रहेको उनले जनाएका छन्।

उनले संयुक्त राष्ट्र संघको तलबदेखि निजी बचतबाट जग्गा खरिद गरेको विवरणमा उल्लेख गरेका छन्।

विवरण अनुसार काठमाडौं महानगरपालिका ४ मा आफै घर बनाएको उल्लेख छ। त्यस्तै, श्रीमती कमला खतिवडाको नाममा सोही स्थानमा १४ आना जग्गा रहेको छ।

त्यस्तै उनले २४ लाख रुपैयाँ ऋण दिएको उल्लेख गरेका छन्। सार्वजनिक गरेको विवरणमा २०७१ सालदेखि २०७४ सालसम्म दिएको ऋण मात्र उल्लेख गरिएको छ तर, फिर्ता लिएको उल्लेख छैन। उनले विभिन्न समयमा विभिन्न व्यक्तिहरुलाई ऋण दिएको उल्लेख गरेका छन्।

त्यस्तै डा खतिवडासँग १० तोला सुन रहेको उल्लेख गरेका छन्। उक्त सुनको आम्दानी पारिवारिक आम्दानीबाट जोडेको उल्लेख गरेको जनाएका छन्। साथै १ किलो गहना र डेढ लाख नगद रहेको उल्लेख गरेका छन्। उनीसँग सवारीसाधनको नाममा ९ लाख ६० हजारको मोटरकार रहेको छ। 

सवारीको नाममा लालबाबु पण्डितसँग पुरानो साइकल एक थान

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले आफ्नो सम्पत्ति विवरणमा पुरानो एक थान साइकल समेत उल्लेख गरेका छन्।

उनले मोरङको विराटनगर १२ मा एक कट्ठा जमिनमा ५ कोठे घर भएको विवरणमा उल्लेख गरेका छन्। यस्तै उनले विराटनगरमा एक कठ्ठा घर भएको जग्गा र सर्लाहीको बसबरियामा ४ बिघा पैत्रिक सम्पत्ति भएको उल्लेख गरेका छन्। मन्त्रीपत्नी विमला पण्डितको नाममा भैंसेपाटीमा ४ अना जग्गा रहेको विवरणमा उल्लेख छ।

यसैगरी सरकारलाई बुझाइएको सम्पत्ति विवरणमा १० तोला र चाँदी १५ तोला पैत्रिक सम्पत्तिको रुपमा रहेको पण्डितले उल्लेख गरेका छन्।

उनीसँग एभरेस्ट बैंकमा २५ लाख र पत्नीको नाममा कृषि विकास बैंकमा समेत ३० लाख स्वआर्जनमार्फत प्राप्त भएको विवरणमा खुलाइएको छ।

उनले सवारीसाधन विवरणमा आफ्नो नाममा पुरानो साइकल रहेको उल्लेख गरेका छन्।

श्रममन्त्री गोकर्ण विष्टको सामाखुसीमा ४० लाखको जग्गा, गुल्मीमा कच्ची घर

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले आफूसँग निजी एउटा पनि सवारीसाधन नभएको सम्पत्ति विवरणमा उल्लेख गरेका छन्।

आज सार्वजनिक सम्पत्ति विवरणमा उनले गुल्मीको इस्मा गाउँपालिका ४ मा कच्ची घर र दुई कटेरा रहेको उल्लेख गरिएको छ। मन्त्री विष्टले विभिन्न बैंकबाट ७३ लाख ऋण लिएका छन्।

विष्टकी श्रीमती प्रमिला श्रेष्ठका नाममा काठमाडौंको सामाखुसीमा ४० लाख बराबरको जग्गा रहेको विवरणमा उल्लेख गरिएको छ। विष्ट र श्रीमतीसँग करिब ७ तोला सुन रहेको विवरणमा खुलाइएको छ।

मन्त्री विष्टको गुल्मीको इस्मा गाउँपालिकामा करिब ४० रोपनी जग्गा रहेको विवरणमा छ। श्रीमती समेतको नाममा विभिन्न बैंकमा ७ लाख २१ हजार ७ सय ४३ रुपैयाँ नगद रहेको विवरणमा खुलाइएको छ। यस बाहेक विष्टसँग टिभी, मोबाइल सेट र दराज रहेको विवरणमा उल्लेख छ।

मधेसका ८ स्थानमा मातृका यादवको जमिन, गाडी र सम्पत्ति श्रीमतीको नाममा

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले आफ्नो सम्पत्ति श्रीमती प्रमिलादेवी यादवको नाममा राखेका छन्।

ललितपुरको चापागाउँमा ३ रोपनी ४ आना १ पैसा जमिन रहेको उनले सार्वजनिक गरेको सम्पत्ति विवरणमा उल्लेख छ। उक्त जमिनको मूल्य १ करोड ५ लाख बराबरको हुने यादवले विवरणमा उल्लेख गरेका छन्।

बुधबार सार्वजनिक गरिएको सम्पत्ति विवरणमा यादवले सिरहाको ३ ठाउँमा, धनुषाको ४ ठाउँमा र लतिलपुरमा भएको जमिन पुर्ख्यौली, स्वआर्जन, ऋण तथा सापटीबाट खरिद गरिएको उल्लेख छ। श्रीमती प्रमिलादेवि यादवको नाममा सिरहाको रामनगर र धनुषाको सवेलामा घर रहेको उल्लेख छ। सिराहाको रामनगरमा साढे २ धुरमा घर रहेको यादवको सम्पत्ति विवरणमा उल्लेख छ।

यादवले कुल २ करोड ५१ लाख बराबरको सम्पत्ति श्रीमतीको र भाइको नाममा राखेका छन्। श्रीमतीको नाममा सिरहामा २० लाख र २५ लाख गरी ४५ लाखको करिब १३ धुर जमिन रहेको त्यस्तै श्रीमतीकै नाममा धनुषाको सवेलमा ४ कित्ता सम्पत्ति रहेको विवरणमा उल्लेख छ।

धनुषामा १ लाख ६५ हजार, १ लाख २० हजार  र ४८ लाख मूल्य बराबरको सम्पत्ति श्रीमतीको नाममा रहेको विवरणमा उल्लेख छ।

सुन डेढ तोलाको सिक्री ४ वटा र अन्य गहना गरी जम्मा १६ तोला सुन रहेको सम्पत्ति विवरणमा उल्लेख छ। उक्त गहना विवाह, मुख देखाइमा श्रीमतीको माइती र आफन्तबाट प्राप्त भएको विवरणमा उल्लेख छ।

यादवले हालसम्म कुनै पनि ऋण नरहेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन्।

यादवले श्रीमती र आफूगरी तीन वटा बैंक खातामा रकम मौज्दात रहेको देखाएका छन्। आफ्नो नाममा नेपाल एसबीआई बैंकमा ६९ हजार ६ सय ९१, नेपाल इन्भेष्टमेन्ट बैंकमा २ लाख ७४ हजार ६ सय ९० र श्रीमती प्रमिलादेवीको नाममा इन्भेष्टमेन्ट बैंकमा १ लाख ९८ हजार ४ सय ९० रुपैयाँ रहेको उल्लेख छ।

श्रीमतीको नाममा एउटा गाडी रहेको विवरणमा उनले उल्लेख गरेका छन्। श्रीमतीको नाममा बा १४ प ७३० नम्बरको गाडी रहेको यादवको सम्पत्ति विवरणमा उल्लेख छ।

ओली सरकारका धनी मन्त्री महासेठः तीन वटा घर, करोडौंको व्यापार, ५२ तोला सुन

प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारमा भौतीक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठ सर्वाधिक धनी मन्त्री देखिएका छन्। 

विभिन्न क्षेत्रमा करोडौंको लगानी गरेका उनको तीन वटा घर, सात ठाउँमा जग्गा तथा ५० तोला भन्दा धेरै सुन छ। 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार उनको जनकपुर, ललितपुर र धनुषाको मिथिला विहारीनगर पालिकामा घर छन्। 

उनको धनुषाको क्षिरेश्वरमा ८ विगाहा, सिन्धुलीको कमलामाईमा ५ कठ्ठा, ललितपुरमा २ रोपनी १३ आना, धनुषाधाममा एक विगहाना र जनकपुर उपमहानगरपालिकामा १० कठ्ठा जग्गा छ।
महासेठले आफसँग ५२ तोला सुन रहेको उल्लेख गरेका छन्। जसमध्ये २७ पैतृक तथा २५ तोला दाइजोबापत लिएका थिए। जहावरात राखिएका सुनका विभिन्न गहनाहरु पनि सम्पती विवरणमा उल्लेख गरेका छन्। 

उनको र जुली महतोका नाममा विभिन्न ८ बैंकमा खाता छ। तर खातामा रहेको मौज्दात उल्लेख गरेका छैनन्। 

५ वटा कम्पनीमा उनको करोडौंको शेयर लगानी छ। 

गुडविल फाइनान्स, एनभिपिएल प्रालि, कर्पाेरेट बैंक वीरगंज, लक्ष्मी बैंक तथा महिला अधिकार तथा विकास केन्द्र नेपालमा उनको सेयर लगानी छ। 

गुडविल फाइनान्समा ७० हजार, एनभिपिएल नामक कम्पनीमा उनको ३७ करोड रुपैयाँ लगानी छ। 

कर्पाेरेट बैंकमा २ करोड ५० लाख, लक्ष्मी बैंकमा डेढ लाख, महिला अधिकार तथा विकास केन्द्रमा उनको ५० लाख लगानी छ। विभिन्न ठाउँमा सगोलमा रहेको करिब डेढ सय बिगाहा जग्गाको विवरण पनि उनले उल्लेख गरेका छन्। उनले नबील बैंकबाट ३ करोड ऋण लिएको र केही तिर्न बाँकी रहेको उल्लेख गरेका छन्। त्यस्तै तत्कालिन एस लगायत विभिन्न बैंकबाट २१ करोड कर्जा लिएको विवरण पनि उल्लेख छ। 

आफ्ना गाडीको विवरण उनले खुलाएका छैनन्। 

ऊर्जामन्त्री पुनसँग बैंकमा ३ लाख ५० हजार, दाङ र रोल्पामा २० लाखको जग्गा

ऊर्जा तथा जलस्रोतमन्त्री वर्षमान पुनले आफ्नो नाममा नेपाल एभेरष्ट बैंकबाहेक अन्य कतै पनि सम्पत्ति नरहेको दाबी गरेका छन्। 

सम्पत्ति विवरण सार्वजनिक गर्दै उनले आमा र बाबुको नाममा दाङ र रोल्पामा करिब २० लाख ३० हजार बराबरको जमिनबाहेक अन्य कुनै पनि घरजग्गा आफ्नो नाममा नरहेको उल्लेख गरेका छन्।

आमा तीर्थमाली पुन मगर र बाबु इर्खाराम पुनको नाममा दाङ र रोल्पामा २० लाख ३० हजार बराबरको खरिद गरेको र पुर्खौली सम्पत्ति रहेको उनको विवरणमा उल्लेख छ।

पुनसँग सुन १५ तोला र डेढ केजी चाँदी रहेको उल्लेख छ। करिब ७ लाख बराबरको सुनचाँदी पुर्ख्यौली सम्पत्तिको रुपमा आफ्नो नाममा रहेको विवरणमा उल्लेख छ। पुनसँग एभरेष्ट बैंकमा ३ लाख ५० हजार रुपैयाँ रहेको उल्लेख छ।

शेयर र ऋण कुनै पनि नरहेको ऊमन्त्री पुनले आफ्नो सम्पत्ति विवरणमा उल्लेख गरेका छन्।

बिना मगरको सम्पत्ति : ५ तोला सुन, सीता र प्रकाश दाहालको नामका जग्गा

खानेपानी मन्त्री बिना मगरसँग ५ तोला सुन भएको पाइएको छ। उनले पेस गरेको सम्पत्ति विवरणअनुसार सो सुनको प्राप्तिको स्रोत पैतृक उल्लेख गरिएको छ। त्यस्तै उनीसँग १६ तोला चाँदी पनि छ। चाँदीको पनि स्रोत पनि पैतृक नै उल्लेख गरिएको छ।

त्यस्तै चितवनमा स्वर्गीय पति प्रकाश दाहालको नाममा रहेको २ कठ्ठा जमिनसमेत मन्त्री मगरको सम्पत्ति विवरणमा उल्लेख छ। सो जग्गाको प्राप्तिको स्रोतमा मावली हजुरआमाबाट प्राप्त भएको उल्लेख छ। दाहालकै नामको स्कुटर पनि मन्त्री मगरको सम्पत्ति विवरणमा राखिएको छ।

त्यस्तै सासू सीता दाहालको १ कट्टा जमिन पनि सम्पत्ति विवरणमा समेटिएको छ। त्यसको स्रोत भने पैतृक/सगोल उल्लेख गरिएको थियो।

शक्ति बस्नेतको सम्पत्ति : छोरीको नाममा घर र पार्टीको नाममा गाडी

वन तथा वातावरणमन्त्री शक्ति बस्नेतले जाजरकोटमा एउटा घर छोरीको नाममा, ४ रोपनी जग्गा र २ वटा सहकारीमा सेयर भएको सम्पत्ति विवरणमा उल्लेख गरेका छन्।

आज सार्वजनिक विवरणमा बस्नेतले जाजरकोटको भेरी नगरपालिकमा छोरी संगम बस्नेतको नाममा ४ रोपनी ३ पैसा जग्गा र सोही जग्गामा घर रहेको उल्लेख गरेका छन्। बैंकमा १५ लाख नगद तथा सुन ५ तोला र चाँदी १० केजी रहेको उल्लेख छ। उक्त सम्पत्ति पारिश्रमिक र पैतृक रहेको विवरणमा उल्लेख छ। 

नेकपा माओवादीको नाममा रहेको बा ९ च ७४३१ नम्बरको स्करपियो र एभरेस्ट बैंकमा २० लाख रुपैयाँ तलब बापतको रकम मौज्दात रहेको बस्नेतको विवरणमा उल्लेख छ। जाजरकोटमा उनीसँग २ सहकारीको सेयर छ। लालीगुराँस सहकारीमा १० हजार र हाम्रो नयाँ कृषि सहकारीमा ३० लाखको सेयर रहेको बस्नेतको सम्पत्ति विवरणमा उल्लेख छ।

गिरिराजमणि पोखरेल, शिक्षा, विज्ञान तथा प्रविधि

– चन्द्रमणि पोखरेलको नाममा रहेको खोटाङ रावाबेँसी गाउँपालिकामा करिब २३ रोपनी अंशबन्डा नभएको पैत्रिक सम्पत्ति 
– एभरेष्ट बैंकमा रु ३ लाख ६७ हजार (संविधानसभाको सदस्य तथा मन्त्री हुँदा पारिश्रमिक)
– नेपाल बंगलादेश बैंकमा रु १३ हजार ९९३ (अपडेट नगरिएको)
– खोटाङको रुपाकोट सामुदायिक रेडियोमा सेयर।

श्री जगतबहादुर सुनार विश्वकर्मा, युवा तथा खेलकुद 

–    दिलबहादुर सुनारको नाममा पोखरा लेखनाथ महानगरपालिकामा २ रोपनी १३ आनामा घर (दर्ता हुन बाँकी)
–    दिलबहादुर सुनारको नाममा पोखरा लेखनाथ महानगरपालिकामै ६ रोपनीभन्दा बढी जग्गा
–    सावित्री सुनारको नाममा ललितपुरमा ९ आना जग्गा
–    ५० तोला सुन
–    नबिल बैंकमा १३ लाख
–    अञ्जुकुमारी विश्वकर्माको नाममा नबिल बैंकमै ७ लाख
–    दिलबहादुर सुनारको नाममा कृषि विकास बैंकमा ४ हजार कित्ता सेयर
–    हुमबहादुर बरालालाई ५ लाख ऋण दिएको।

रविन्द्र प्रसाद अधिकारी, संस्कृति, पर्यटन तथा नागरिक उड्ययन

–    विभिन्न नाममा रहेको ५ रोपनी ९ आना घरले चर्चेको जग्गा (सगोल परिवारको)
–    ९४ रोपनीभन्दा बढी जग्गा (सगोल परिवारको)
–    सुन ६० तोला, चाँदी ३० केजी (सगोल)
–    गण्डकी विकास बैंकमा १५ लाख ७ हजार ५ सय
–    एभरेष्ट बैंकमा ९ लाख ५० हजार
–    गण्डकी विकास बैंकमा २६ हजार बराबरको सेयर
–    पानीखोला हाइड्रोपावरमा ३० लाख बराबरको सेयर
–    २० लाखमा खरिद गरिएको सानो कार
–    ८० हजार मूल्यको एउटा ल्यापटप 
–    १ लाख १५ हजार मूल्यको मोबाइल फोन २ वटा (एप्पल र सामसुङ)।

शेरबहादुर तामाङ, कानुन, न्याय तथा संसदीय मामिला

– उषाकला राईको नाममा काठमाडौंमा साढे दुईतले घर
– विभिन्न ठाउँमा मन्त्री तामाङ र उषाकला राईको नाममा १ सय २३ भन्दा बढी जग्गा। साथै मोरङका विभिन्न ठाउँमा राईको नाममा केही बिघा जग्गा
– सुन ३० तोला
– एभरेष्ट बैकमा १ लाख २८ हजार 
– विभिन्न कम्पनीको सेयर १५ लाख बराबरको
– कृषि विकास बैंकबाट ४८ लाख र अन्य ठाउँबाट २२ लाख ऋण लिएको
– राईको नाममा कार र तामाङको नाममा मोटरसाइकल
– ल्यापटप २ थान
– मोबाइल २ थान।

चक्रपाणि खनाल, कृषि, व्यवस्था तथा सहकारी

– कपिलवस्तु र रुपन्देहीमा खनाल र यमा बन्जाडेको नामा २८ कट्ठाभन्दा बढी सम्पत्ति
– ६ तोला बराबरको गहना
– हिमालयन बैंकमा ३ लाख ८० हजार, एभरेष्ट बैंकमा ४ लाख ३६ हजार  मौज्दात
– बन्जाडेको नाममा एसबिआई बैंकमा ५ लाख, एभरेष्ट बैंकमा १ लाख ८० हजार मौज्दात
– विभिन्न संस्थामा १० लाख ३७ हजार बराबरको सेयर
– बन्जाडेको नाममा १ लाख ६४ हजार मूल्यको स्कुटर।

थममाया थापा मगर, महिला, बालबालिका तथा जेष्ठ नागरिक

– सुन १ तोला 
– म्याग्दीदीको बेनीमा ७ आना जग्गा (आमाबाट प्राप्त)।

प्रकाशित मिति: बुधबार, जेठ ९, २०७५  ०९:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पतञ्जली प्रकरणमा प्रधानमन्त्रीलाई जोडेर अनावश्यक टिप्पणी नगर्न माधव नेपाललाई एमालेको चेतावनी
लगानी बोर्डले स्वीकृत गर्‍यो सवा खर्ब रुपैयाँ लगानी
अख्तियारको मुद्दा पार्टी विरूद्ध भएको षड्यन्त्रको घटना– एकीकृत समाजवादी
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
पतञ्जली प्रकरणमा प्रधानमन्त्रीलाई जोडेर अनावश्यक टिप्पणी नगर्न माधव नेपाललाई एमालेको चेतावनी बिहीबार, जेठ २२, २०८२
लगानी बोर्डले स्वीकृत गर्‍यो सवा खर्ब रुपैयाँ लगानी बिहीबार, जेठ २२, २०८२
अख्तियारको मुद्दा पार्टी विरूद्ध भएको षड्यन्त्रको घटना– एकीकृत समाजवादी बिहीबार, जेठ २२, २०८२
नेपालले बढायो युएई जाने नेपाली श्रमिकको तलब बिहीबार, जेठ २२, २०८२
विपद्को सामना गर्न विश्वव्यापी सहकार्य जरुरी छ: सचिव दुवाडी बिहीबार, जेठ २२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
प्रतिनिधि सभा बैठक सुरु,  विपक्षी दलको अवरोध कायमै (भिडियो)
प्रतिनिधि सभा बैठक सुरु, विपक्षी दलको अवरोध कायमै (भिडियो) बिहीबार, जेठ २२, २०८२
मुद्दा दर्ता भएपछि के भन्छन् पुर्वप्रधानमन्त्री नेपाल ? (भिडियो)
मुद्दा दर्ता भएपछि के भन्छन् पुर्वप्रधानमन्त्री नेपाल ? (भिडियो) बिहीबार, जेठ २२, २०८२
राजनीतिक प्रतिशोधका आधारमा भ्रष्टाचार मुद्दा दायर भयो : बेदुराम भुसाल (भिडियो)
राजनीतिक प्रतिशोधका आधारमा भ्रष्टाचार मुद्दा दायर भयो : बेदुराम भुसाल (भिडियो) बिहीबार, जेठ २२, २०८२
इलाका प्रशासन कार्यालयबाट नागरिकता वितरण गर्ने प्रक्रिया अघि बढाएका छौँ : गृहमन्त्री लेखक (भिडियो)
इलाका प्रशासन कार्यालयबाट नागरिकता वितरण गर्ने प्रक्रिया अघि बढाएका छौँ : गृहमन्त्री लेखक (भिडियो) बिहीबार, जेठ २२, २०८२
किन चलाइयो पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनालाई भ्रष्टाचार मुद्दा ? (भिडियो)
किन चलाइयो पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनालाई भ्रष्टाचार मुद्दा ? (भिडियो) बिहीबार, जेठ २२, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
भिजिट भिसा प्रकरण : संसद् खोल्न कांग्रेसले राखेको प्रस्ताव रास्वपाद्वारा अस्वीकार बिहीबार, जेठ २२, २०८२
आरसिबीको जितको उत्सव मनाउने क्रममा भागदौड, ११ जनाको मृत्यु, ३३ जना घाइते बिहीबार, जेठ २२, २०८२
ट्रम्पले लगाए १२ देशका नागरिकलाई अमेरिका यात्रा गर्न प्रतिबन्ध बिहीबार, जेठ २२, २०८२
उपाध्यक्ष सापकोटा पक्राउ पर्ने डरले माओवादी संसद् खोल्न तयार भयो : शाही बिहीबार, जेठ २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
आजको राजावादी प्रदर्शन सकियो, ३ जना नियन्त्रणमा बिहीबार, जेठ १५, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
कर्मचारीको तलब बढेन, महँगी भत्ता ५ हजार बढ्यो बिहीबार, जेठ १५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्