राजविराज– सिरहा प्रहरीले भारत निकासी हुँदै गरेको १९६ कार्टुन स्याउसहित एउटा ट्याक्टर नियन्त्रणमा लिएको छ। नवराजपुर गाउँपालिका ३, झाझपट्टीबाट गएराति स्याउ सहितको अनटेस्ट ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको हो।
अवैध रुपमा भारत निकासी हुन लागेको करिब १ लाख ५६ हजार ९३६ मूल्य बराबरको १९६ कार्टुन स्याउ बरामद गरिएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय झाझपट्टीको टोलीलाई देख्नासाथ संलग्न व्यक्ति र ट्याक्टर चालक फरार भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी निरीक्षक देवकुमार श्रेष्ठले बताए। ट्याक्टर र स्याउ जिल्ला भन्सार कार्यालय माडर सिरहामा बुझाउने तयारी भइरहेको श्रेष्ठले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।