काठमाडाैं- काठमाडाैं उपत्यकासहितका विभिन्न जिल्लामा निषेधाज्ञा सुरु भएको दिन पुँजीबजार मापक नेप्से दोहोरो अंकले उकालो लागेको छ। आज (बिहीबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २५.८३ अंकले बढेर २६११.११ विन्दुमा कायम भएको छ।
यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ३.९१ अंकले बढेर ४६९.०३ विन्दुमा कायम भएको छ।
आज कूल २१७ वटा कम्पनीका ९८ लाख १८ हजार ४६ कित्ता सेयर ५० हजार ६७३ पटक खरिद-बिक्री भई चार अर्ब ३५ करोड ७० लाख १९ हजार रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।
आज महिला लघुवित्त वित्तीय संस्था लिमिटेड र सिंगटी हाइड्रो इनर्जी लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै १०/१० प्रतिशतका दरले कमाएका छन्। श्री इन्भेस्टमेन्ट फाइनान्स कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै प्रतिकित्ता २.८२ प्रतिशतका दरले गुमाएका छन्।
आज एसीसी बैंक लिमिटेडको सबैभन्दा धेरै ३० करोड ९६ लाख ९४ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। सङ्ख्यात्मक आधारमा पनि एनसीसी बैंक नै अगाडि रह्यो। आज उक्त बैंकका आठ लाख ८४ हजार २४८ कित्ता सेयर किनबेच भएका थिए।
नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सेयर सबैभन्दा बढी दुई हजार ६८४ पटक खरिद-बिक्री भएको नेप्सेले जनाएको छ।
आज होटल तथा पर्यटन समूह २७.७७ र इन्भेस्टमेण्ट समूह ०.११ अंकले ओरालो लागे पनि अन्य सबै समूहको परिसूचक उकालो लागेको छ। जीवन बिमा समूहको परिसूचक सबैभन्दा बढी १४२.८८ अंकले बढेको छ।
निषेधाज्ञाका कारण आजबाट विद्युतीय माध्यमबाट मात्र कारोबार हुने व्यवस्था गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।