काठमाडौं- नेपाल आयल निगमले काठमाडौं उपत्यकाका तीनै सहरमा निषेधाज्ञाकाे बेला पनि पेट्रोलियम पदार्थ यथास्थितिमै वितरण हुने बताएको छ।
बुधबार निगमका प्रवक्ता विनितमणि उपाध्यायले एक विज्ञप्ति जारी गर्दै पेट्रोल पम्प खुला रहने जानकारी दिएका हुन्।
‘निषेधाज्ञाको समयमा समेत पेट्रोलियम पदार्थ सहज र सरल रूपमा विक्री वितरण गर्न निगमका तीनै जिल्लामा रहेका आधिकारिक विक्रेताहरू (पेट्रोल पम्प) पनि खुल्ला नै रहने व्यहोरा सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध छ,’ विज्ञप्तिमा भनिएको छ।
यस्तै, आपूर्ति तथा विक्री वितरणको व्यवस्था मिलाउनको लागि निगमको बागमति प्रादेशिक कार्यालय, थानकोट खुल्ला नै रहने जानकारी दिएकाे छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।