काठमाडौं– सरकारले नागरिक लगानी कोषको चुक्ता पूँजी बढाउने निर्णय गरेको छ। अर्थ मन्त्रालयको प्रस्तावमा सरकारले कोषको पूँजी विस्तार गर्ने निर्णग गरेको हो।
कोषको चुक्ता पूँजी कम भएको भन्दै अर्थ मन्त्रालयले पूँजी विस्तारको प्रस्ताव मन्त्रिपरिषदमा लगेको थियो।
अर्थमन्त्रालयको प्रस्तावको आधारमा केही दिन अगाडि बसेको मन्त्रिपरिषदको बैठकले कोषको पूँजी विस्तार गर्ने निर्णय गरेको हो। मन्त्रिपरिषद्को निर्णयसँगै अब नागरिक लगानी कोषको चुक्ता पूँजी ३ अर्ब २७ करोड हुने भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।