प्रतिकारात्मक तस्वीर काठमाडौं- सरकारले मातृशिशु स्वास्थ्य सेवा सुधार र दिगो आर्थिक विकास कार्यक्रममा उपभोग गर्नेगरी जर्मन सरकारले दिन लागेकाे १३.८ मिलियन युरो स्वीकार गरेको छ।
अर्थ मन्त्रालयको प्रस्तावमा केहीदिन अगाडि बसेको मन्त्रिपरिषद्को बैठकले अनुदान रकम स्वीकार्दै वित्तिय सम्झौतमा हस्ताक्षर गर्ने व्यक्ति तोक्ने निर्णय गरेको हाे।
सरकारले सम्झौतामा हस्ताक्षर गर्न अर्थ सचिव वा सहसचिव, अन्तर्राष्ट्रिय आर्थिक सहायत महाशाखा र अर्थ मन्त्रालयलाई अख्तियारी दिने निर्णय गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।