काठमाडौं- सरकारले सबैका लागि दिगो खानेपानी र सरसफाइका अभियानका लागि विदेशी सहयोय अनुदान रकम लिने निर्णय गरेको छ।
केहीदिन अगाडि बसेको मन्त्रिपरिषद्को बैठकले उक्त आयोजनका लागि फिनल्यान्ड सरकारले दिन लागेकाे ९ मिलियन युरो अनुदान रकम स्वीकार गर्ने निर्णय गरेको हो।
अनुदान रकम स्वीकार गर्ने प्रस्ताव अर्थमन्त्रालयले मन्त्रिपरिषद्मा लगेको थियो। उक्त प्रस्ताव बमोजिम मन्त्रिपरिषद्ले अनुदान स्वीकार गर्ने निर्णय गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।