• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

खोप लगाउन लाइन लागेका सर्वसाधारण भन्छन्- सरकारले नै कोरोना फैलाउने भयो

64x64
वीरेन्द्र ओली मंगलबार, वैशाख १४, २०७८  २१:३९
1140x725

काठमाडौं-  मितिः २०७८ वैशाख १४ गते मंगलबार।
स्थानः परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पताल।
समयः दिउँसो करिब २ बजे।

मध्य दिनको घाम चर्किएको थियो। गर्मीको पर्वाह नगरी मानिसहरू परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पतालको पूर्वी गेटतर्फ लाइनमा उभिएका थिए। त्यही लाइनमा थिए जगदीशलाल उराउ (५५)।

उराउको ज्यान पसिनैपसिना भइसकेको थियो। लाइनमा घरी अघि, घरी पछि गर्दै पसिना पुछिरहेका देखिन्थे। लाइनको भीडले बेला-बेला हुत्याएर अगाडि पुर्‍याउँथ्यो। फेरि, प्रहरी आएर माइकिङ गर्दै दूरी कायम गर्न भनेपछि घचेटिँदै पछाडि पुग्थे। चर्को गर्मी त्यसैमा भोक र थकाइले दिक्क भएको उराउको अनुहारमा प्रस्ट देखिन्थ्यो।

कोरोनाविरुद्धको खोप लगाइँदै छ भन्ने थाहा पाएका उराउ बिहान ६ बजे चिया-बिस्कुट मात्रै खाएर ललितपुरको चापागाउँबाट थापाथली अस्पताल पुगेका थिए। आँखाले नभ्याउने लाइन देखेपछि उनी टोकन लिएर सीधै लाइनमा उभिए। पालो आउने पर्खाइमा बसेका उनी दिउँसो २ बजे बल्ल खोप लगाउने ठाउँनजिक पुग्दै थिए। 

खोप लगाउनेको भीड र ठेलमठेल, त्यसमाथि भोकले रन्थनिएका उनले सरकारप्रति आक्रोश पोखे। खोप लगाउनका लागि राम्रो व्यवस्थापन नगरेको भन्दै उनी आक्रोशित बनेका हुन्। 

‘यस्तो भीडभाड छ। यहीँबाटै कोरोना फैलेला भन्ने डर छ। खोप लगाउने व्यवस्था नगरपालिका वा वडा-वडामा गरिदिए कति राम्रो हुन्थ्यो?,’ उराउ ले भने, ‘अब यहाँबाट कोरोना फैलिए सरकार नै जिम्मेवार हुनुपर्छ।’

उनले सरकार नै कोरोना फैलाउन लागिपरेको आरोप लगाए। कोरोना नियन्त्रण गर्नुको सट्टा उल्टै बालुवाटार र पार्टी प्यालेसमा बैठक/भेला गरेर संक्रमण फैलाएको उनको आरोप छ।

Ncell 2
Ncell 2
nimb
nimb

भारतको उदाहरण दिँदै उराउले निर्वाचन आयोगले चुनाव स्थगित नगरेकाले देशैभर कोरोना फैलिएको भन्दै कारवाहीको माग उठेको बताउँदै नेपालमा किन सरकारलाई कारबाहीको माग नगर्ने भन्दै आक्रोश पोखे।

‘भारतमा निर्वाचन आयोगले चुनाव गराउँदा कोरोना फैलायो भनेर कारबाही गर्नुपर्छ भनेर आवाज उठाइरहेका छन्,’ भारतको उदाहरण दिँदै उराउले भने, ‘नेपालमा सरकार आफैं भीड जम्मा गरेर बैठक/भेला गर्छ। यहाँ हामीले यसरी भीडभाड गरेर खोप लगाइरहेका छौं। सरकारले प्रहरी प्रशासन र अरू जनशक्ति व्यवस्थापन गर्न सक्दैन? कोरोना फैलाउने सरकारविरुद्ध हामीचाहिँ किन कारबाहीको माग नगर्ने?’

प्रसूति अस्पताल अगाडिको सोही लाइनमा थिइन् सीता बस्नेत। उनी खोप लगाउन भन्दै बिहान ७ बजेदेखि लाइनमा बसेकी थिइन्। टोकन लिएर पनि ठेलमठेल लाइनमा उभिनुपर्दा उनलाई पनि सरकारको व्यवस्थापन फितलो लागेको थियो।

‘अस्पतालले टोकन दिएर पनि व्यवस्थापन गर्न नजान्दा यसरी भीडभाडमा उभिनुपर्‍यो,’ उनले भनिन्, ‘परिवारले खोप लगाउन नजाऊ भन्दा भन्दै आएँ, यहीँबाट कोरोना लिएर जाने डर भयो।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

कोरोना संक्रमण कम गर्न सरकारले प्रभावकारी काम गर्न नसकेको सीताले गुनासो गरिन्। यसले आगामी दिन कस्तो हुने हो भन्ने त्रास बढाएको उनले बताइन्। 

०००

सिन्धुपाल्चोक घर भई काठमाडौं बस्ने सन्तोष भट्टराई बिहान ४ बजे नै ज्ञानेश्वरस्थित हिमाल अस्पताल पुगेका थिए। उनी अस्पताल आइपुग्दासम्म ३०/३५ जनाको लाइन लागिसकेको थियो।

पाँच घण्टापछि बिहान ९ बजे उनले बल्ल टोकन पाए। टोकन लिएको ६ घण्टापछि दिउँसो ३ बजे भट्टराईले खोप लगाउन पाएका थिए।

काठमाडौंको एक प्रतिष्ठित संस्थामा मार्केटिङको काम गर्ने भट्टराई सरकारले पहिलो लकडाउनबाट पाठ नसिक्दा सर्वसाधरणले दुःख पाउने अवस्था आएको बताए। सरकारले समयमै नाकाहरूमा कडाइ नगर्नुका साथै स्वास्थ्य मापदण्ड पालना नगर्दा भयावह स्थिति भोग्नुपर्ने दिन आएको उनको भनाइ छ। खोप लगाएपछि पनि कोरोनाबाट बच्ने निश्चित छैन, तर खोप लिएपश्चात् मनमा थोरै सन्तोष हुने उनले बताए।

०००

सरकारले सर्वसाधारणलाई कोरोनाविरूद्धको खोप दिन सुरू गरे पनि व्यवस्थित गर्न नसक्दा समस्या देखिएको हो। कोरोना संक्रमण उच्च बन्दै गर्दा खोप लगाउन यसरी भीड जम्मा हुँदा थप जोखिम हुने देखिएको छ।   

सोमबारदेखि ‘टोकन सिस्टम’ लागू गरिए पनि व्यवस्थित रूपमा खोप वितरण गर्न नसकिएको परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालकी फोकल पर्सन नानीमैया कवैले स्वीकार गरिन्।

सोमबार करिब १८ जनालाई खोप लगाएको र मंगलबार १२ सय जनालाई टोकन बाँडिएको उनले बताइन। सरकारी संयन्त्रबाट खोपका विषयमा पर्याप्त सूचना प्रवाह नहुँदा सबै समूहका सर्वसाधाण खोप लगाउन आएको कवैले बताइन्।

अस्पतालमा कर्मचारीलाई एक ठाउँमा र सर्वसाधरणलाई पाँच ठाउँबाट खोप लगाउने व्यवस्था गरिए पनि सर्वसाधारणको भीड हुँदा हम्मे-हम्मे परेको उनको भनाइ छ।

हिमाल अस्पतालका फेकल पर्सन मीनराज न्यौपानेले खोप आउने र संक्रमण बढ्ने क्रम एकै समयमा हुँदा खोप लगाउन आउनेको संंख्या बढेको बताए। सोमबार सात केन्द्रबाट खोप वितरण गरेकोमा मंगलबार ११ केन्द्रमार्फत् खोप लगाउने काम भएको उनले बताए।

भिडियो: अनुराग लम्साल

प्रकाशित मिति: मंगलबार, वैशाख १४, २०७८  २१:३९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
वीरेन्द्र ओली
नेपाल लाइभका वरिष्ठ संवाददाता ओली राजनीतिक विषयमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सत्तारुढ दलबीच गठबन्धन हुँदा ६ महानगरमा कहाँ कसको सम्भावना?
सरकार र चुनावी गठबन्धनमा लोसपा जोडिने सम्भावना कति?
चुनावी तालमेलबाट कांग्रेस तर्किँदै, अलमलमा माओवादी र एकीकृत समाजवादी
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
भोटेकोशी बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल सञ्चालनमा शुक्रबार, असोज ३०, २०८३
खगेन्द्र सुनार प्रकरणमा सरकारको जवाफ : ‘आवश्यक प्रक्रियाअनुसार अनुसन्धान हुन्छ’ शुक्रबार, असोज ३०, २०८३
नेपालमा भारतले पठायो सचिवस्तरका कूटनीतिज्ञ दलेला, राजदूतमा नियुक्त शुक्रबार, असोज ३०, २०८३
कांग्रेस सभापतिमा निर्वाचित गगन थापाको शपथ तथा पदबहाली फूलपातीको दिन गरिँदै शुक्रबार, असोज ३०, २०८३
स्वीकृतिबिनै इन्टरनेट प्याकेज र शुल्क लागू गर्ने सेवा प्रदायकलाई ५० हजार जरिवाना शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्