झापा – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्र तथा गृहनगर दमकमा एमालेलाई राजनीतिक धक्का लागेको छ ।
एमालेनिकट राष्ट्रिय युवा सङ्घ नेपाल, दमक नगर कमिटीका अध्यक्ष र उपाध्यक्ष रास्वपामा प्रवेश गरेका छन्।
रास्वपाका वरिष्ठ नेता बालेन शाहले युवा संघका अध्यक्ष छवि खतिवडा र उपाध्यक्ष विजय तामाङलाई पार्टीमा स्वागत गरेका हुन्।
अध्यक्ष खतिवडाले परिवर्तनलाई आत्मसात् गर्दै अब बाँकी राजनीतिक जीवन स्वतन्त्र रूपमा बिताउने बताए।
उनले झापा-५ मा वैकल्पिक र परिवर्तनकारी राजनीतिक धारलाई समर्थन गर्न बालेन शाहको अभियानमा सक्रिय रहने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।
खतिवडाले आफ्नो मत परिवर्तनको पक्षमा मतदाता गर्न आह्वान गरेका छन्।
आफ्नो राजीनामा पत्रमा खतिवडाले समयको पदचाप र परिवर्तनलाई आत्मसात् गर्दै आफू बालेन शाहको पक्षमा उभिएको बताएका छन् । उनले भनेका छन्, ‘परिवर्तनलाई आत्मसात् गरी झापा–५ का उम्मेदवार बालेन शाहको चुनावी अभियानमा साथ–समर्थन जनाउँदै बाँकी स्वतन्त्र राजनीतिक जीवन बिताउने निर्णय गरेको छु ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।