काठमाडौँ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले मेयर पदबाट राजीनामा नदिने भएका छन् ।
६ गते मनोनयन दर्ता गराएपछि मेयर पद स्वतः निष्क्रिय हुने भएकाले तत्काल राजीनामा नदिने मनस्थितिमा पुगेका हुन्।
प्रतिनिधिसभा निर्वाचनमा भाग लिन लागेका बालेनले आज राजीनामा दिने भनिएको थियो । उनले उपप्रमुख सुनिता डंगोललाई राजीनामा बुझाउने तयारी गरेका पनि थिए ।
तर, नेपाली काँग्रेसको विभाजनले उत्पन्न गरेको परिस्थितिमा निर्वाचन तालिका प्रभावित हुनसक्ने आशंकामा राजीनामा नगर्ने रणनीति बनाइएको बुझिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।