दमक– पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्माले ७० प्रतिशत मत ल्याएर चुनाव जित्ने दाबी गरेका छन् । कांग्रेस थिग्रिन नसकेको र पूर्वमाओवादीका धेरै मतदाता पनि एमालेमै भोट हाल्ने मनस्थितिमा रहेको भन्दै उनले खसेको मतको दुईतिहाइ भन्दा बढी मत एमालेले ल्याउने दाबी गरे ।
कमल गाउँपालिकाका कार्यकर्तासँगको भेटमा ओलीले यहाँको विकास, रुपान्तरण, जनआधारका कारण सिंगो क्षेत्र नै एमालेको पक्षमा एकढिक्का रहेको बताएका छन् । अहिले राजनीतिलाई अपराधीकरण हुनबाट जोगाउने बेला आएको भन्दै उनले जेन-जी आन्दोलनमा राजनीतिक कार्यभन्दा बढी आपराधिक काम भएको दोहोर्याए ।
‘हामीले भने अनुसार चल्नु पर्छ भन्ने पनि आउलान्, दबाब देलान् । त्यस्तो दबाब स्वीकार्ने कुरा आउँदैन । कांग्रेस र एमाले मिल्न नदिने, देशमा विदेशीले केही गर्न नपाउने भए भनेर यी सब गराइएको हो । अस्थिरताको खेतीबाट देशलाई जोगाउनुपर्ने छ’, ओलीले भने ।
बालेनलाई लक्षित गर्दै ओलीले सुकुमबासी बस्तीमा डोजर चलाउनेहरूलाई भूमिहीन नागरिकलाई कसरी बसोबासको व्यवस्था मिलाउने थाहा नभएको टिप्पणी गरे । विपन्न आवास कार्यक्रम, एकीकृत बस्ती विकासलगायतका योजनाबाट धेरैले घरबास पाएको उनले सम्झिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।