काठमाडौं– शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको निर्देशकमा डा. अनुप बास्तोलाले जिम्मेवारी पाएका छन्।
अस्पतालका निर्देशक डा युवानिधी बसौला गण्डकी प्रदेशकको स्वास्थ्य सचिवमा सरुवा भएर गएपछि स्वास्थ्य मन्त्रालयले डा बास्तोलालाई निर्देशकको जिम्मेवारी दिएको हो।
कास्कीमा जन्मिएका ३८ वर्षीय डा. बास्तोलाले थाइल्याण्डको महिडोल विश्वविश्वद्यालबाट ट्रपिकल मेडिसिनमा एमडी र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)बाट छाला तथा यौन रोगका एमडी गरेका छन् ।
डा बास्तोला हाल स्वास्थ्य मन्त्रालयमा कार्यरत थिए। डा बास्तोला सरुवा रोग विज्ञ हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।