काठमाडौँ – झापा क्षेत्र नम्बर २ का राप्रपा उम्मेदवार तथा अधिवक्ता स्वागत नेपाललाई साइबर ब्युरोले बोलाएको छ ।
ब्युरोका प्रवक्ता दीपक अवस्थीले नेपाललाई सोधपुछका लागि बोलाइएको पुष्टि गरे ।
‘हामीले हिजै टेलिफोन गरेर उपस्थित हुन भनेका छौं । उहाँ आइपुग्नु भएको छैन,’ एसपी अवस्थीले भने ।
नेपालले सामाजिक सञ्जालमार्फत दिएको अभिव्यक्तिका सम्बन्धमा बुझ्न बोलाइएको साइबर ब्युरोले जनाएको छ । उनीविरुद्ध कसले के सम्बन्धमा उजुरी दिएको हो भन्ने प्रहरीले केही खुलाएको छैन ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।