प्रतिकात्मक तस्वीर काठमाडौं– प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजान स्याउ जोन डोल्पाका कार्यालय प्रमुख हसमुल्ला खाँ २५ हजार रुपैयाँ अतिरिक्त रकम (घुस) सहित पक्राउ परेका छन्।
पूर्व सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेतस्थित कार्यालयबाट खटिएको टोलीले खाँलाई २५ हजार रुपैयाँ घुससहित प्रकाउ गरेको हो।
परियोजना कार्यान्वयन इकाइ स्याउ जोन डोल्पाका कार्यालय प्रमुख खाँले दाँते ओखरको बिरुवा उत्पादन गरेवापत कृषकलाई दिनुपर्ने अनुदान रकम भुक्तानी गर्नको लागि घुस लिएको अख्तियारको भनाइ छ।
अख्तियारले खाँलाई घुस लिइसकेको अवस्थामा उनकै कार्यकक्षबाट नियन्त्रणमा लिएको हो। घुससहित पक्राउ परेका खाँमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।