काठमाडौं– मंगलबार नेपाली बजारमा सुनको मूल्य सामान्य अरालो लागेको छ। सोमबार प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य मंगलबार एक सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार आज सुन प्रतितोला ९१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ। तेजाबी सुन भने प्रतितोला ९० हजार ७ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
सुनको मूल्य घटे पनि आज चाँदीको मूल्य भने अघिल्लो दिनको तुलनामा सामान्य बढेको छ। चाँदीको मुलय भने मंगलबार प्रतितोला ५ रुपैयाँले वृद्धि हुँदै १३ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।