काठमाडौं- कोरोना भाइरसको संक्रमण रोक्न काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरिएको अवस्थामा आन्तरिक हवाई उडान रोक्ने वा नरोक्ने भन्ने विषयमा सरकारले मंगलबार मात्रै निणर्य गर्ने भएको छ।
करिब १२ हजार आन्तरिक यात्रुको व्यवस्थापन गर्नुपर्ने भएकाले सम्बन्धित सरोकारवालाहरुसँग छलफल गरेपछि मात्रै निणर्य लिइने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।
काठमाडौं उपत्यकाका जिल्ला प्रशासन कार्यालय (काठमाडौं, ललितपुर र भक्तपुर)ले जारी गरेको सूचनामा भने उडान रोक्ने वा नरोक्नेबारे केही उल्लेख गरिएको छैन।
वैशाख १६ गतेदेखि लागू हुने भनिएको निषेधाज्ञामा काठमाडौं उपत्यकामा सार्वजनिक र निजी (अत्यावश्यक) बाहेकका सवारीका साधन सञ्चालनमा भने रोक लगाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।