काठमाडौं- व्यवसायीहरूले नयाँ स्टार्टअप कम्पनीलाई पाँच वर्षका लागि ‘ट्याक्स होलिडे’ दिनुपर्ने सुझाव दिएका छन्।
आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटका विषयमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँगको छलफलमा नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधिभहरूले यस्तो सुझाव दिएका हुन्।
छलफलका क्रममा व्यवसायीले निजी क्षेत्रको प्रत्यक्ष संलग्नतामा स्टार्टअप नीति बनाउनुपर्ने र निजी क्षेत्रलाई प्रोत्साहन स्वरूप स्टार्टअपमा दुई लाख रूपैयाँसम्मको लगानीमा खर्चकट्टी गर्न पाउने व्यवस्था गर्नुपर्ने सुझाव दिएका छन्।
व्यवसायीले सातै प्रदेश र एक केन्द्रमा गरि आठ इन्कुवेसन सेन्टर निजी क्षेत्रको प्रत्यक्ष सहभागितामा सञ्चालन गर्नुपर्ने विषय पनि बजेटमा समावेश गर्न मन्त्रीलाई सुझाव दिएका छन्।
साथै, स्टार्टअप व्यवसायलाई प्रवर्द्धन गर्न आइडिया म्याराथनमार्फत् सबै प्रदेशबाट आएका आइडिया प्रतियोगिता गरि उत्कृट १० लाई जनही १० लाखका दरले बिउ पूँजी उपलब्ध गराउनुपर्ने विषय अगाडि सारेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।