काठमाडाैं- केही दिनयता लगातार उकालो लाग्दै आएको सुनचाँदीको भाउ आज ओरालो लागेको छ। शुक्रबार नेपालको स्थानीय बजारमा सुन र चाँदी दुवैको भाउ घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ७०० रुपैयाँ कायम भएको छ। यो मूल्य बिहीबारको तुलना ५०० रुपैयाँले कम हो। बिहीबार छापावाल सुन प्रतितोला ९२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।
आजका लागि तेजावी सुनको मूल्य ९१ हजार २०० रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ।
यस्तै चाँदीको मूल्य पनि आज तोलामा १५ रुपैयाँले घटेको छ। बिहीबार प्रतितोला एक हजार ३३५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आजका लागि एक हजार ३२० रुपैयाँ तोकिएको छ।
सुनचाँदीको मू्ल्य अन्तर्राष्ट्रिय बजारमा घटबढ हुँदा नेपालमा पनि त्यसको प्रभाव पर्ने गर्दछ। विश्वबजारमा कच्चा तेलको मूल्यमा हुने परिवर्तनलेसमेत सुनको मूल्य घटबढ हुने महासंघको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।