• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २, २०८३ Fri, Sep 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

'रुकुम घटना'पछि असफल जातीय प्रेम-कथामा छाइरहेछन् म्युजिक भिडियो  

64x64
पुष्पा थपलिया शुक्रबार, वैशाख १०, २०७८  ०७:००
1140x725

उडीजाउँ भने हेर म कुनै पंक्षी होइन
हिँडी जाउँ भने मलाई साथ दिने कोही छैन
के गल्ती भो मेरो
जातै सानो भो भन्छ तेरो
कसको के बिगारेँ कसको के खाइदिएँ
माया लाउन आइन् उनी मैले नि माया लाइदिएँ
कहाँ गल्ती भो मेरो
जातै सानै भो भन्छन् तेरो
कसले बनायो जात...

केहि महिना अघि टिकटकको हरेक स्क्रोलमा बज्ने गीत हो यो। चेवाङ लामाको ‘जात’, शीर्षकको गीतमा हजारौं टिकटक प्रयोगकर्ताले भिडियो बनाएका छन्। 

गीतको भिडियोमा जातीय प्रेम र यसले निम्त्याएको असफलता देखाइएको छ। यो गीतको शीर्षक जात भएपनि टिकटकमा उडी जाउँ भने हेर भन्ने पंक्ति चर्चित भयो। त्यसैले यसको शीर्षक सम्पादन गरेर जात र उडी जाऊँ भने दुबै राखिएको छ। ६ महिनाअघि सार्वजनिक यो गीत असफल जातीय प्रेम उजागर गरेको गीत र म्युजिक भिडियोको लामो सूचीमा अटाएको चर्चित गीत हो।

कोभिड १९ ले २०७७ साल हरेक क्षेत्रका लागि अभिशाप बन्यो, बाहेक म्युजिक भिडियो। गुणस्तर दिन नसकेपनि संख्यात्मक रुपमा नेपालमा धेरै म्यूजिक भिडियो यही साल बने। 

अन्य समयमा म्यूजिक भिडियोको स्थान फिल्मका गीत र भिडियोले लिन्थ्यो। गत वर्ष फिल्म नबनेकाले म्यूजिक भिडियो धेरै बनेजस्तो लागेको समीक्षक समाजका अध्यक्ष तथा निर्देशक दिपेन्द्र लामा बताउँछन्। उनका अनुसार अन्य समयमा पनि म्युजिक भिडियोको मात्रा धेरै नै थियो, तर ती फिल्मका गीतका कारण ओझेल परेका थिए। म्युजिक भिडियो धेरै या थोरै बनेको भन्दा पनि अन्य समयको तुलनामा गएको वर्ष भिडियोमा फरकपन भने देख्न पाइएको निर्देशक लामा बताउँछन्।

लामा भन्छन्, ‘म्युजिक भिडियोमा केहीले गएको वर्ष निकै राम्रो काम गरे भने धेरै चर्चाको पछि मात्रै दगुरे।’  

यस्तै चर्चाको पछि दौडिँदा अधिकांश म्युजिक भिडियो र गीतमा जातीयताले निम्त्याएको असफल प्रेमको कथा मुख्य बिषयबस्तु बनेको लामाको भनाइ छ। एक वर्षअघि रुकुममा नवराज विक र उनका साथीहरुको हत्याको घटना सार्वजनिक भएपश्चात जातीय प्रेममा गीत र भिडियो धेरै बनेका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

जो लाखौं पटक हेरिए

करिब ११ महिना यता धेरै म्युजिक भिडियोमा जातीयताले निम्त्याएको असफल प्रेम कथा देख्न सकिन्छ। त्यो क्रम अझै जारी छ। 

स्वर्गीय नवराज विकलाई समर्पित गर्दै एक हप्ता अघिमात्रै सार्वजनिक भएको गीत हो, ‘जातै ठूलो भो’। कमजोर दिल भएका दर्शक श्रोतालाई गम्भीर असर पर्नेगरी भिडियो शुरु भएको छ। ‘मेरो छोरो, मलाई पनि सँगै लैजाऊ’ भन्दै रोइरहेको आवाज र दृश्यबाट भिडियो शुरु भएको छ। म्युजिक भिडियोमा पण्डितकी छोरी र दलितको छोराको असफल प्रेम र त्यसले निम्त्याएको हत्यालाई समावेश गरिएको छ। तीन लाख भन्दा धेरैचोटी हेरिएको गीतमा दर्शक श्रोताले निकै भावुक प्रतिक्रिया दिइरहेका छन्। 

त्यस्तै २० लाखसम्म हेरिएको अर्को चर्चित गीत ‘सनिसार’मा पनि असफल जातीय प्रेम दर्साइएको छ। प्रेम गरेका जोडीलाई परिवारले जात नमिलेको भन्दै जबरजस्ती छुटाइदिएका छन्। यो बिछोड सहन नसकेर दुबैको मानसिक अवस्था बिग्रिएको दुःखद कथा यस गीतले भनेको छ। गीतका लेखक तथा गायक कुशल बेलबासेले गीत र म्युजिक भिडियोले भनेको कथा आफ्नो बास्तविक जीवनको घटना भनेका छन्।

यो गीतमा धेरै स्रोता दर्शकले टिकटक भिडियो पनि बनाएका छन्। मन छुने शब्द र संगीत भएको लोक गीत ‘सनिसार’मा निकै मार्मिक ढंगले असफल बनेको जातीय प्रेम दर्साइएको छ।

चर्चित गायिका इन्दिरा जोशीको श्वर तथा अभिनय रहेको गीत ‘बेग हानी’ मा पनि जातीयताका कारण असफल बनेको प्रेम दर्साइएको छ। कपडा सिलाउने केटासँग पूजापाठ गर्ने पण्डितकी छोरीको असफल प्रेमको कथा ‘बेग हानी’मा देख्न सकिन्छ। यो गीत र भिडियोलाई करिब ४ लाख पटक हेरिएको छ। 

११ महिना यता यी र यस्ता लाखौं पटक हेरिएका गीत र उस्तै कथा बोकेका म्यूजिक भिडियो सयौंको संख्यामा छन्। कति चर्चित बनेका छन् भने कतिपय गुमानाम नै छन्। 

थमनेल र शीर्षकमा नवराज विक भएका गीत र म्यूजिक भिडियोहरु

१० महिना अघि बनेको म्युजिक भिडियो ‘मारेर फाले भेरीमा’ बोलको गीत पनि जातीय प्रेममा आधारित छ। नवराज विकको हत्या भइसकेपछि उनकै कथामा यो गीत र भिडियो आधारित भनिएको छ। गीतको थमनेलमा नवराज विकको अनुहार, गायक गायिकाको अनुहार र भिडियोमा अभिनय गर्ने कलाकारको अनुहार अटाएको छ।

‘मृत्यु सजाय’ बोलको लोकगीत पनि १० महिना अघि नै सार्वजनिक भएको हो। नवराज विकको दुनियाँ रुवाउने गीत भनिएको यो गीतको थमनेलमा नवराजसँगै उनका आफन्तको फोटो राखिएको छ। भिडियोमा संवाद र अभिनय अनि गीतका शब्दले जातीय प्रेमका कारण मृत्यु भोग्नुपरेका कथा र ब्यथा बोलेका छन्।

आकाश विकले नवराजकै हत्याका बिषयमा र्‍याप गीत बनाएका छन्। ‘नवराज विक हत्याकाण्ड’ शीर्षकको र्‍यापमा सत्य घटनामा आधारित पनि भनिएको छ। यस गीतको थमनेलमा पनि र्‍याप हानिरहेका आकाश सँगै नवराजको फोटो देख्न सकिन्छ।

‘जाजरकोट घटना ए आमा नरुनु धुरुरु’ बोलको गीत पनि १० महिना अघि नै सार्वजनिक भएको छ। यसको थमनेलमा नवराजसँगै उनकी आमा रोइरहेको फोटो देख्न सकिन्छ। भिडियोमा असफल जातीय प्रेम दर्साइएको छ।

अर्को भिडियो बनेको छ, नवराजका साथीहरुको बारेमा। साथीको प्रेममा जात बाधा बनेको र उक्त प्रेम सफल बनाउन ज्यान दिएका साथीहरुको कथा भिडियोमा देखाइएको छ। 

यी र यस्ता सयौं गीत र भिडियो युट्यूबमा देख्न सकिन्छ। जसको थमनेलमा नवराज विक र उनका परिवारका फोटोसँगै गायक गायिकाको तस्वीर, म्युजिक भिडियोमा अभिनय गर्नेहरुको अनुहार राखिएको छ।

'यस्ता भिडियो बन्नु राम्रो'

नवराज विकको हत्या हुनुभन्दा अघि पनि यी र यस्ता बिषयमा गीत र भिडियो बनिरहन्थे। तर, नवराजको हत्यापछि यसको मात्रा बढेको स्वीकार गर्छन्, मानवशास्त्री सुरेश ढकाल।  उनका अनुसार यो आवश्यक पनि हो। ‘जातको प्रश्न’ नामक टेलिभिजन कार्यक्रममा नायक राजेश हमालसँग सहकार्य गरेका ढकाल भन्छन्, ‘२१ औं शताब्दिमा आइपुग्दा पनि मानव जातीयतामा अल्झेर हत्याहिंसामा उत्रनु दुःखद हो।’

यसरी घटना घटिसकेपछि यसैमा धेरै श्रब्य-दृश्य सामग्री बन्नुको कारण खुलाउँदै उनले भने, ‘हामी नेपाली कोमल भावनाका छौं। यस्ता दुःखद घटनाले मन रुवाउँछ, तर चासो पनि यिनै कुरामा हुन्छ। जहाँ चासो हुन्छ, हाम्रो स्वभाव त्यसलाई खोजी खोजी हेर्ने हुन्छ। झनै युट्यूबले त जे हेर्‍यो त्यहि बिषयका नयाँ कुरालाई अगाडि ल्याइदिन्छ।’

चर्चा कमाउन र आफूले गरेका काम धेरैलाई देखाउन जे घटना घट्यो त्यहि बिषयमा यस्ता सामाग्री बन्ने गरेको पनि उनको भनाइ छ। यस्ता बिषयमा सामग्री बन्नु सुखद भएको उनले बताए।

प्रकाशित मिति: शुक्रबार, वैशाख १०, २०७८  ०७:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
पुष्पा थपलिया
थपलिया कला बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
लोक गीतमा दुर्गेशले उब्जाएका प्रश्न
साउने हाइकमा जुका र झाडीसँग पौँठेजोरी [फोटोफिचर]
ठूलोबाट सानो पर्दामा झर्‍यो फिल्म, गुणस्तरको चिन्ता
सम्बन्धित सामग्री
‘मिसेस नेपाल वर्ल्ड २०२६’ को स्यासिङ सम्पन्न, २२ प्रतिस्पर्धी अन्तिम चरणमा थापागाउँस्थित बानेश्वर हिल्समा आयोजित समारोहमा देशभर गरिएका अडिसनबाट छनोट भएका २२ जना अन्तिम प्रतिस्पर्धीहरूलाई ट्याग नम्बर र सष्निज... शुक्रबार, असोज २, २०८३
चेक बाउन्स मुद्दामा राजपाल यादवलाई अन्तिम दुई साताको समय, २ करोड बुझाउन आदेश प्रधानन्यायाधीश सूर्यकान्त तथा न्यायाधीशद्वय जयमाल्या बागची र भी. मोहना सम्मिलित इजलासले यादवलाई सर्वोच्च अदालतको रजिस्ट्रीमा २ करोड... मंगलबार, भदौ ३०, २०८३
जापानमा नवीन अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ बिमोचन हुँदै नेपाल र जापानबीच सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । तर, त्यो भन्दा अगाडिदेखि नै नेपाल र जापानबीच खेल मैदानमा सम्बन्ध स... मंगलबार, भदौ ३०, २०८३
ताजा समाचारसबै
रवि-बालेनको राजनीतिक उत्थानमा अमेरिकी भूमिका खोज्ने ‘ग्रेजोन’बारे सरकारका प्रवक्ताको हल्का टिप्पणी शुक्रबार, असोज २, २०८३
भोटेकोशी बाढीको नामकरण गर्दै सरकार, सात सदस्यीय वैज्ञानिक समिति गठन शुक्रबार, असोज २, २०८३
माथिल्लो त्रिशूली–१ को सुरुङमा थप १८ शव भेटिए, निकाल्ने प्रयास जारी शुक्रबार, असोज २, २०८३
भारत–नेपाल आईजीएससी बैठक सम्पन्न, व्यापार र पारवहन सहकार्य बढाउने प्रतिबद्धता शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको नाम दुरुपयोग गरेर २ करोड ५० लाख ठगी, दुई जना पक्राउ शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
महाधिवेशनको तयारी बैठकमा पुगेका कांग्रेस नेता चौलागाईं रकम असुली आरोपमा पक्राउ बिहीबार, असोज १, २०८३
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? शुक्रबार, असोज २, २०८३
आज यी ३ प्रदेशमा भारी वर्षाको सम्भावना शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्