• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक ७, २०८३ Sat, Oct 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

'रुकुम घटना'पछि असफल जातीय प्रेम-कथामा छाइरहेछन् म्युजिक भिडियो  

64x64
पुष्पा थपलिया शुक्रबार, वैशाख १०, २०७८  ०७:००
1140x725

उडीजाउँ भने हेर म कुनै पंक्षी होइन
हिँडी जाउँ भने मलाई साथ दिने कोही छैन
के गल्ती भो मेरो
जातै सानो भो भन्छ तेरो
कसको के बिगारेँ कसको के खाइदिएँ
माया लाउन आइन् उनी मैले नि माया लाइदिएँ
कहाँ गल्ती भो मेरो
जातै सानै भो भन्छन् तेरो
कसले बनायो जात...

केहि महिना अघि टिकटकको हरेक स्क्रोलमा बज्ने गीत हो यो। चेवाङ लामाको ‘जात’, शीर्षकको गीतमा हजारौं टिकटक प्रयोगकर्ताले भिडियो बनाएका छन्। 

गीतको भिडियोमा जातीय प्रेम र यसले निम्त्याएको असफलता देखाइएको छ। यो गीतको शीर्षक जात भएपनि टिकटकमा उडी जाउँ भने हेर भन्ने पंक्ति चर्चित भयो। त्यसैले यसको शीर्षक सम्पादन गरेर जात र उडी जाऊँ भने दुबै राखिएको छ। ६ महिनाअघि सार्वजनिक यो गीत असफल जातीय प्रेम उजागर गरेको गीत र म्युजिक भिडियोको लामो सूचीमा अटाएको चर्चित गीत हो।

कोभिड १९ ले २०७७ साल हरेक क्षेत्रका लागि अभिशाप बन्यो, बाहेक म्युजिक भिडियो। गुणस्तर दिन नसकेपनि संख्यात्मक रुपमा नेपालमा धेरै म्यूजिक भिडियो यही साल बने। 

अन्य समयमा म्यूजिक भिडियोको स्थान फिल्मका गीत र भिडियोले लिन्थ्यो। गत वर्ष फिल्म नबनेकाले म्यूजिक भिडियो धेरै बनेजस्तो लागेको समीक्षक समाजका अध्यक्ष तथा निर्देशक दिपेन्द्र लामा बताउँछन्। उनका अनुसार अन्य समयमा पनि म्युजिक भिडियोको मात्रा धेरै नै थियो, तर ती फिल्मका गीतका कारण ओझेल परेका थिए। म्युजिक भिडियो धेरै या थोरै बनेको भन्दा पनि अन्य समयको तुलनामा गएको वर्ष भिडियोमा फरकपन भने देख्न पाइएको निर्देशक लामा बताउँछन्।

लामा भन्छन्, ‘म्युजिक भिडियोमा केहीले गएको वर्ष निकै राम्रो काम गरे भने धेरै चर्चाको पछि मात्रै दगुरे।’  

यस्तै चर्चाको पछि दौडिँदा अधिकांश म्युजिक भिडियो र गीतमा जातीयताले निम्त्याएको असफल प्रेमको कथा मुख्य बिषयबस्तु बनेको लामाको भनाइ छ। एक वर्षअघि रुकुममा नवराज विक र उनका साथीहरुको हत्याको घटना सार्वजनिक भएपश्चात जातीय प्रेममा गीत र भिडियो धेरै बनेका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

जो लाखौं पटक हेरिए

करिब ११ महिना यता धेरै म्युजिक भिडियोमा जातीयताले निम्त्याएको असफल प्रेम कथा देख्न सकिन्छ। त्यो क्रम अझै जारी छ। 

स्वर्गीय नवराज विकलाई समर्पित गर्दै एक हप्ता अघिमात्रै सार्वजनिक भएको गीत हो, ‘जातै ठूलो भो’। कमजोर दिल भएका दर्शक श्रोतालाई गम्भीर असर पर्नेगरी भिडियो शुरु भएको छ। ‘मेरो छोरो, मलाई पनि सँगै लैजाऊ’ भन्दै रोइरहेको आवाज र दृश्यबाट भिडियो शुरु भएको छ। म्युजिक भिडियोमा पण्डितकी छोरी र दलितको छोराको असफल प्रेम र त्यसले निम्त्याएको हत्यालाई समावेश गरिएको छ। तीन लाख भन्दा धेरैचोटी हेरिएको गीतमा दर्शक श्रोताले निकै भावुक प्रतिक्रिया दिइरहेका छन्। 

त्यस्तै २० लाखसम्म हेरिएको अर्को चर्चित गीत ‘सनिसार’मा पनि असफल जातीय प्रेम दर्साइएको छ। प्रेम गरेका जोडीलाई परिवारले जात नमिलेको भन्दै जबरजस्ती छुटाइदिएका छन्। यो बिछोड सहन नसकेर दुबैको मानसिक अवस्था बिग्रिएको दुःखद कथा यस गीतले भनेको छ। गीतका लेखक तथा गायक कुशल बेलबासेले गीत र म्युजिक भिडियोले भनेको कथा आफ्नो बास्तविक जीवनको घटना भनेका छन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यो गीतमा धेरै स्रोता दर्शकले टिकटक भिडियो पनि बनाएका छन्। मन छुने शब्द र संगीत भएको लोक गीत ‘सनिसार’मा निकै मार्मिक ढंगले असफल बनेको जातीय प्रेम दर्साइएको छ।

चर्चित गायिका इन्दिरा जोशीको श्वर तथा अभिनय रहेको गीत ‘बेग हानी’ मा पनि जातीयताका कारण असफल बनेको प्रेम दर्साइएको छ। कपडा सिलाउने केटासँग पूजापाठ गर्ने पण्डितकी छोरीको असफल प्रेमको कथा ‘बेग हानी’मा देख्न सकिन्छ। यो गीत र भिडियोलाई करिब ४ लाख पटक हेरिएको छ। 

११ महिना यता यी र यस्ता लाखौं पटक हेरिएका गीत र उस्तै कथा बोकेका म्यूजिक भिडियो सयौंको संख्यामा छन्। कति चर्चित बनेका छन् भने कतिपय गुमानाम नै छन्। 

थमनेल र शीर्षकमा नवराज विक भएका गीत र म्यूजिक भिडियोहरु

१० महिना अघि बनेको म्युजिक भिडियो ‘मारेर फाले भेरीमा’ बोलको गीत पनि जातीय प्रेममा आधारित छ। नवराज विकको हत्या भइसकेपछि उनकै कथामा यो गीत र भिडियो आधारित भनिएको छ। गीतको थमनेलमा नवराज विकको अनुहार, गायक गायिकाको अनुहार र भिडियोमा अभिनय गर्ने कलाकारको अनुहार अटाएको छ।

‘मृत्यु सजाय’ बोलको लोकगीत पनि १० महिना अघि नै सार्वजनिक भएको हो। नवराज विकको दुनियाँ रुवाउने गीत भनिएको यो गीतको थमनेलमा नवराजसँगै उनका आफन्तको फोटो राखिएको छ। भिडियोमा संवाद र अभिनय अनि गीतका शब्दले जातीय प्रेमका कारण मृत्यु भोग्नुपरेका कथा र ब्यथा बोलेका छन्।

आकाश विकले नवराजकै हत्याका बिषयमा र्‍याप गीत बनाएका छन्। ‘नवराज विक हत्याकाण्ड’ शीर्षकको र्‍यापमा सत्य घटनामा आधारित पनि भनिएको छ। यस गीतको थमनेलमा पनि र्‍याप हानिरहेका आकाश सँगै नवराजको फोटो देख्न सकिन्छ।

‘जाजरकोट घटना ए आमा नरुनु धुरुरु’ बोलको गीत पनि १० महिना अघि नै सार्वजनिक भएको छ। यसको थमनेलमा नवराजसँगै उनकी आमा रोइरहेको फोटो देख्न सकिन्छ। भिडियोमा असफल जातीय प्रेम दर्साइएको छ।

अर्को भिडियो बनेको छ, नवराजका साथीहरुको बारेमा। साथीको प्रेममा जात बाधा बनेको र उक्त प्रेम सफल बनाउन ज्यान दिएका साथीहरुको कथा भिडियोमा देखाइएको छ। 

यी र यस्ता सयौं गीत र भिडियो युट्यूबमा देख्न सकिन्छ। जसको थमनेलमा नवराज विक र उनका परिवारका फोटोसँगै गायक गायिकाको तस्वीर, म्युजिक भिडियोमा अभिनय गर्नेहरुको अनुहार राखिएको छ।

'यस्ता भिडियो बन्नु राम्रो'

नवराज विकको हत्या हुनुभन्दा अघि पनि यी र यस्ता बिषयमा गीत र भिडियो बनिरहन्थे। तर, नवराजको हत्यापछि यसको मात्रा बढेको स्वीकार गर्छन्, मानवशास्त्री सुरेश ढकाल।  उनका अनुसार यो आवश्यक पनि हो। ‘जातको प्रश्न’ नामक टेलिभिजन कार्यक्रममा नायक राजेश हमालसँग सहकार्य गरेका ढकाल भन्छन्, ‘२१ औं शताब्दिमा आइपुग्दा पनि मानव जातीयतामा अल्झेर हत्याहिंसामा उत्रनु दुःखद हो।’

यसरी घटना घटिसकेपछि यसैमा धेरै श्रब्य-दृश्य सामग्री बन्नुको कारण खुलाउँदै उनले भने, ‘हामी नेपाली कोमल भावनाका छौं। यस्ता दुःखद घटनाले मन रुवाउँछ, तर चासो पनि यिनै कुरामा हुन्छ। जहाँ चासो हुन्छ, हाम्रो स्वभाव त्यसलाई खोजी खोजी हेर्ने हुन्छ। झनै युट्यूबले त जे हेर्‍यो त्यहि बिषयका नयाँ कुरालाई अगाडि ल्याइदिन्छ।’

चर्चा कमाउन र आफूले गरेका काम धेरैलाई देखाउन जे घटना घट्यो त्यहि बिषयमा यस्ता सामाग्री बन्ने गरेको पनि उनको भनाइ छ। यस्ता बिषयमा सामग्री बन्नु सुखद भएको उनले बताए।

प्रकाशित मिति: शुक्रबार, वैशाख १०, २०७८  ०७:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
पुष्पा थपलिया
थपलिया कला बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
लोक गीतमा दुर्गेशले उब्जाएका प्रश्न
साउने हाइकमा जुका र झाडीसँग पौँठेजोरी [फोटोफिचर]
ठूलोबाट सानो पर्दामा झर्‍यो फिल्म, गुणस्तरको चिन्ता
सम्बन्धित सामग्री
टाइगर श्राफमाथि गोली चलाउने अभियुक्त नेपाल भाग्ने तयारीमा, रेलवे स्टेसनबाट पक्राउ कोटा प्रहरीकी प्रहरी उपरीक्षक (एसपी) तेजस्विनी गौतमले पक्राउ परेका अभियुक्तहरू दिल्ली हुँदै नेपाल भाग्ने योजनामा रहेको बताएकी छन्। उ... सोमबार, कात्तिक २, २०८३
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला भारतीय सञ्चारमाध्यम अनुसार दुईपाङ्ग्रे सवारीसाधनमा आएका तीन जना अपरिचित व्यक्तिले श्रफ सवार गाडीलाई लक्षित गरी गोली चलाएका थिए । आइतबार, कात्तिक १, २०८३
अजय देवगनको बंगलामा बीएमसीको डोजर, अवैध निर्माणको हिस्सा भत्काइयो बीएमसीले आवश्यक अनुमति नलिई निर्माण कार्य भइरहेको भन्दै सन् २०२६ सेप्टेम्बर १० मा काम रोक्न सूचना जारी गरेको थियो। उक्त सूचनामा निर्... शनिबार, असोज ३१, २०८३
ताजा समाचारसबै
दुई कार एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु, छ घाइते शनिबार, कात्तिक ७, २०८३
बाढी र पहिरोका कारण विभिन्न सडक खण्ड अवरुद्ध शनिबार, कात्तिक ७, २०८३
आजदेखि नेकपाको राष्ट्रिय जागरण अभियान, प्रचण्ड र माधव नेपालले उद्घाटन गर्ने शनिबार, कात्तिक ७, २०८३
रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु शनिबार, कात्तिक ७, २०८३
कस्तो छ आजको मौसम? शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
चक्रवातको प्रभावले नेपालमा झरीको सम्भावना, धान नभित्र्याउन मौसमविद्को सुझाव शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्