काठमाडौं– बिहीबार सुनको मूल्य बढेको छ। बुधबार प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको सुन बिहीबार २ सय रुपैयाँले वृद्धि भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
आज छापावाल सुन प्रतितोला ९२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। तेजाबी सुन भने ९१ हजार ७ सय रुपैयाँमा कारोबारु भइरहेको बताइएको छ।
सुनसँगै चाँदीको मूल्य पनि बढेको महासंघको भनाइ छ। बुधबारको तुलनामा आज २५ रुपैयाँले वृद्धि हुँदै चाँदी प्रतितोला १३ सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।