सांकेतिक तस्बिर काठमाडाैं–बागलुङ–पर्वत जोड्ने बाङ्गेचौर–अदुवाबारी झोलुङ्गे (५६७ मिटर लामो) पुल तर्दा कर तिर्नुपर्ने निर्णय फिर्ता भएको छ।
यसअघि बागलुङ नगरपालिकाले पूर्वाधार करका नाममा प्रतिव्यक्ति २० रुपैयाँ कर लिने निर्णय गरेको थियो।
सामाजिक सञ्जालमा यसको चर्को आलोचना हुन थालेपछि सूचना प्रकाशित गरी हाललाई शुल्क लिने निर्णय फिर्ता गरेको नगरपालिकाले जनाएको छ।
यसअघि प्रकाशित सूचना अनुसार बागलुङ–पर्वत जिल्लाबासीलाई भने कर नलाग्ने बताइएको छ।
यसअघि अपाङ्गता भएका व्यक्ति र विद्यार्थीलाई १० रुपैयाँ शुल्क तोकिएको थियो। विदेशी नागरिकका लागि भने पुल तरेको ५० रुपैयाँ कर निर्धारण गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।