काठमाडौं– मंगलबार(आज) सुनको मूल्यमा गिरावट आएको छ। छापावाल सुनको मूल्यमा प्रति तोला ३ सय रुपैयाँले कमी आएको हो।
आज छापावाल सुन प्रति तोला ९० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
सोमबार छापावाल सुन प्रति तोला ९१ हजार रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै आज तेजाबी सुन प्रति तोला ९० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ।
त्यस्तै आज चाँदी प्रति तोला १ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।