काठमाडौं- सरकारले रेस्टुरेन्ट राति ८ बजेपछि बन्द गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले कोरोना संक्रमण बढेको जनाउँदै बिहान ८ देखि राति ८ बजेस्म मात्रै रेस्टुरेन्ट खोल्न दिने निर्णय गरेको हो।
८ बजेपछि होम डेलिभरी भने गर्न पाउने निर्णय गरिएको सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता पार्वत गुरुङले बताए। यसैगरी, राजमार्गका होटलमा स्वास्थयको मापदण्ड पालना गर्नुपर्नेछ।
वैशाख मसान्तसम्मका लागि विद्यालय बन्द गरिएपनि पूर्वनिर्धारित परीक्षा भने यथावत राखिएको छ। स्कुल, विश्वविद्यालय र चिकित्सा शिक्षाको प्रयोगात्मक परीक्षा निरन्तर हुने निर्णय गरिएको मन्त्री गुरुङले बताए।
सार्वजनिक सवारी साधनमा मास्क र स्यानिटाइजर अनिवार्य गरिएको छ भने सिट क्षमता भन्दा बढी राख्न पाइनेछैन। लामो दूरीका सवारी साधनले यात्रुको विषयमा सीडीओ कार्यालयमा जानकारी दिनुपर्नेछ भने बाटोमा मान्छे चढाउन नपाइने नियम बनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।