फाइल तस्बिर काठमाडौं–विश्वरभरका गैर आवासीय नेपालीलाई नेपालमा लगानी गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले आग्रह गरेका छन्।
नयाँ वर्षका अवसरमा प्रधानमन्त्री निवास विभिन्न देशमा रहेका नेपालीलाई जुममार्फत सम्बोधन गर्दै उनले नेपालको शान्तिपूर्ण र अनुकूल व्यावसायिक वातावरणको सदुपयोग गर्दै वैदेशिक लगानी प्रोत्साहित गर्न आग्रह गरेका हुन्।
प्रधानमन्त्रीले नेपालमै लगानी गर्न विश्वरभरका गैर आवासीय नेपालीलाई समेत आग्रह गरे।प्रधानमन्त्री ओलीले सो अवसरमा नेपालमा ठूला आयोजनाका लागि संयुक्त लगानी गर्नु उपयोगी हुने सन्देश विदेशीसम्म पुर्याउनसमेत आग्रह गरे।
गैरआवासीय नेपालीले राजनीतिकबाहेक सबै अधिकार समान ढङ्गले पाउनेसमेत उनले बताए। विदेशको नागरिकता नलिएको अवस्थामा राजनीतिक अधिकारसमेत पाइने उनको भनाइ थियोे।
आफू बसेको देश वा जन्मभूमिमध्ये कहाँको नागरिकता लिने भन्ने छनोट गर्ने अधिकार सम्बन्धित व्यक्तिकै रहेको उनले बताए।
प्रधानमन्त्री ओलीले देशभित्र वा बाहिर जहाँ भए पनि सरकारले नेपाली जनतालाई फरक भावनाले नहेर्ने बताए। ‘वर्तमान सरकार नेपाली डायस्पोराप्रति अत्यन्त प्रेमभाव र सहयोगी भाव राख्दछ,’ उनले भने ‘नेपाली हुनुको गौरव कायम रहोस् भन्ने चाहन्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।