• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ २६, २०८३ Fri, Sep 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

युरेनियम धनी जानुकाको बयान- ‘भगवान’को मूर्ति बनाउन ससुराले ल्याएका हुन् 

64x64
नारायण अधिकारी शनिबार, चैत २८, २०७७  ०७:३५
1140x725
फाइल तस्बिर।

काठमाडौं- युरेनियम-२३८ (युरेनियम कच्चा पदार्थ) सहित पक्राउ परेका चार जनामध्ये एक जना धरौटीमा रिहा भएका छन् भने तीन जना पुर्पक्षका लागि कारागार चलान भएका छन्।

जिल्ला अदालत काठमाडौंको आदेशसँगै सिन्धुलीको सुनकोशी गाउँपालिका-४ का २० वर्षीय मनोज न्यौपाने दुई लाख रुपैयाँ धरौटी बुझाएर रिहा भए। रामेछाप लिखु तामाकोशी-५ बस्‍ने ४० वर्षीय नारायणसिंह तामाङ, काठमाडौं बौद्ध बस्‍ने रामेछाप लिखु तामाकोशी-५ घर भएकी ४० वर्षीया जानुका तामाङ र मन्थली नगरपालिका-४ का २० वर्षीय प्रकाश चौहान भने पुर्पक्षका लागि कारागार चलान भए। 

महानगरीय प्रहरी कार्यालय रानिपोखरीको विशेष टोलीले गत फागनु २८ गते साढे दुई किलो युरेनियम-२३८ सहित चार जनालाई पक्राउ गरेको थियो। उक्त घटनामा पक्राउ परेकाहरूले प्रहरी बयानमा ५० करोड कसिमनको चक्करमा लाग्दा फसिएको बताएका छन्।

जानुका लामाको बयान : भगवानको मूर्ति बनाउन ससुराले ल्याएका हुन् 
२०५६ सालमा कृष्ण पाख्रिनसँग विवाह गरी काठमाडौं बौद्ध सानो टुसालमा बस्दै आइरहेकी छु। ससुरा अमरबहादुर लामाले भारतको बिहार सङबुङमा रहेको हिन्दुस्तान कपर लिमिटेडको रेखा कपर प्रोजेक्टमा काम गरेको थिए। वि.सं. २०५० सालमा जागिर छोड्ने बेला कम्पनीले ससुरालाई एक बोरा तामा, पित्तल तथा युरेनियमयुक्त पदार्थ दिएको थियो। युरेनियमयुक्त पदार्थ ससुराले 'भगवान'को मूर्ति बनाउन काम लाग्छ भनेर ल्याए भने अरु सामान भारतमै छाडेर आए।

देवर नाता पर्ने नारायणसिंह तामाङ मेरो घरमा आउँदा पुरानो टीभी, रातो मालाजस्ता पुरानो सामानहरू छ/छैन भनेर सोध्‍ने गर्थे। पुरानो टीभीमा हुने रातो रङको प्लास्टिकको रेडियम धैरै मूल्य पर्छ भनेर बताउने गर्थे।

सोही बेला ससुराले भारतबाट ल्याएको प्लास्टिकको भाँडाभित्र राखेको धुलो पदार्थ मैले देखाएको थिएँ। त्यसपछि उनले यो पुरानो चिज हो, बजारमा महँगोमा बिक्री हुन्छ। म बुझेर खबर गर्छु भनेका थिए। देवर रामेछाप पुगेपछि स्याम्पल पठाइदिनू भनेकाले एक चम्चा स्याम्पल रामेछापमा पाउने गरी गाडीमार्फत् पठाइदिएँ।

त्यसको ६/७ दिनपछि देवर नारायणसिंहले मलाई फोन गरी त्यो सामान नेपालमा धैरै मूल्यवान रहेछ भनेका थिए। त्यसपछि देवर दुई दिन मेरै घरमा बसे। दुई दिन पछाडि बेलुकाको समयमा फेरि स्याम्पलको लगि १०० ग्राम जति सामान चाहिन्छ भनेर लगे। बेच्‍न सकेमा हामीलाई धैरै पैसा आम्दानी हुन्छ, सामान किन्‍ने मानिससमेत खोजिसकेको छु भनी मलाई प्रभावमा पारेकोले अब सामान हामी मिलेर बेच्‍नुपर्छ म घरमा आउँछु भनी मलाई फोन सम्पर्क गरी बताएका थिए।

फागुन २७ गते बिहान ७ बजेतिर मेरै घरमा देवर आएका थिए। धैरै पैसा आउने भनेकाले उक्त सामान आज जसरी पनि बेच्‍नुपर्छ, सामान लिन ग्राहक पैसा लिएर आउँछन् भनेकोले देवर नारायणसिंह बाहिर गए। सोही बेला प्रहरी टोली मेरो घरमा आएर युरेनियम बरामद गरे र मलाई पनि पक्राउ गरे।

Ncell 2
Ncell 2
nimb
nimb

नारायणसिंहको बयान
मैले विगत १० वर्ष पहिलादेखि रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिका-५ नागदहमा सहारा स्वास्थ्य क्लिनिक सञ्‍चालन गरी व्यापार व्यवसाय गर्दै आइरहेको छु। जानुका लामाको घर, प्रकाश चौहानको घर र मेरो घर रामेछापमा सँगसँगै रहेको हुँदा निजहरूसँग बच्चादेखि नै राम्रो सँग चिनजान रहेको छ।

विगत सात/आठ वर्ष पहिला म काम विशेषले काठमाडौं आई जानुका लामाको घरमा बस्दा निज जानुका लामाले मसँग मेरो ससुरा अमरबहादुर लामाले भारतको कारखानामा काम गर्दा खरानी रङको युरेनियमजस्तो देखिने धुलो पदार्थ लिई आउनुभएको छ, उक्त युरेनियम घाउहरूमा लगाउने गरेमा घाउ निको हुने औषधि पनि हुन्छ भनी मलाई बताउनुभएको थियो। 

भाउजु जानुका लामाको ससुरा अमरबहादुर लामाले समेत सोही बेलामा मलाई मैले भारतमा खानीमा काम गर्दा युरेनियम लिई आएको छु। यो बहुमूल्य वस्तु हो, विदेशीहरूले किन्छन् भनेका थिए। साथै, अमरबहादुर लामाले बिजुली निकाल्न मिल्ने बहुमूल्य सामान हो भनेर भन्‍नुभएको थियो।

मैले युरेनियमको बारेमा खासै चासो राखेको थिइनँ। आजभन्दा करिब दुई महिना पहिले छिमेकी प्रकाश चौहान र निजमार्फत् नै चिनजान भएका मनोज न्यौपानेसँग भेट भई चिया खाने क्रममा पुरानो सामानहरू र रेडियोमा भएका मर्करी बहुमूल्य हुन्छन्। बिक्री गर्न सकिन्छ भनेपछि मलाई मैले भाउजु जानुका लामाको घरमा भएको युरेनियमजस्तो देखिने पदार्थको सम्झना भई सो बारेमा प्रकाश चौहानसँग कुरा गरेको थिएँ। पछि गुगल गरेर हेर्दा युरेनियम महँगोमा बिक्री हुने वस्तु भएको थाहा भयो।

त्यसपछि मैले भाउजु जानुका लामासँग खरानी रङको युरेनियमजस्तो देखिने धुलो पदार्थ बिक्री गरेमा धेरै आम्दानी हुन्छ भनेको थिएँ। त्यसपछि युरेनियम बेच्‍ने कुरा भएको थियो। प्रकाश चौहानले भाउजुसँग रहेको युरेनियमजस्तो देखिने पदार्थको अर्बौं रूपैयाँ पर्छ। यदि सो सामान बिक्री गर्न सकेमा तपाईं र भाउजु जानुका लामालाई ५० करोड रुपैयाँ कमिसन आउँछ भनी बताएका थिए। यो कुरा मैले भाउजुलाई पनि सुनाएँ। यो सामान बिक्री भयो भने भाउजुले मलाई १० करोड रुपैयाँ कमिसन दिने र बौद्धमै घर किनेर राख्‍ने बताउनुभएको थियो।

यो बेच्‍नका लागि प्रकाश चौहान र मनोज न्यौपानेसँग कुरा गरेँ। भाउजुले म रामेछाप भएको बेला पठाएको स्याम्पल मैले पहिला नै प्रकाशलाई दिएकाले उनले युरेनियम नै रहेको बताएका थिए।

पछि फेरि प्रकाशले फागुन १४ गते प्रकाशले थप जाँच्‍ने भन्दै स्याम्पल मागेका थिए। बल्खुमा गएर मैले स्याम्पल दिएँ। त्यसेबला प्रकाशले मानसिंह दुरासँगसमेत भेट गराएका थिए। प्रकाशले त्यसबेला खर्च स्वरुप पाँच हजार रूपैयाँ दिएका थिए। त्यसपछि म रामेछाप फर्केको थिएँ।

फेरि प्रकाश चौहान, मानसिंह दुरा र मनोज न्यौपानेले फागुन २४ गते सामान बिक्री हुने भयो तुरुन्त काठमाडौं आउनू भनेकाले म फागुन २६ गते काठमाडौं आएँ। बी एण्ड बी अस्पताल छेउको गेष्ट हाउसमा प्रकाश चौहान, मानसिंह दुरा र मनोज न्यौपानेसँग बसेँ। सो गेष्ट हाउस प्रकाश चौहानसमेतले पहिला नै बुकिङ गरेर बसेका रहेछन्। फागुन २७ गते प्रकाश चौहान, मनोज न्यौपाने र मानसिंह दुराले सामान लिई जाने र सात लाख रूपैयाँ 'एडभान्स' दिने र ५० करोड म र भाउजु जानुका लामालाई घर-घरमा पुर्‍याइदिने भनेका थिए। 

५० करोड रुपैयाँमध्ये मलाई भाउजु जानुका लामाले १० करोड दिने भन्‍नुभएको थियो र प्रकाश चौहान समेतले पनि सामान बिक्री भइसकेपछि मलाई कमिसन दिने भनेका थिए। 

फागुन २७ गते नै सामान बिक्री गर्ने बारेमा भाउजुसँग सल्लाह गरी समान बिक्री गर्ने टुंगोमा पुगेपछि प्रकाश चौहान, मानसिंह दुरा र मनोज न्यौपानेलाई भेट्न गएँ। म घरबाट बाहिर निस्किसकेपछि प्रहरी टोली घरमा गएर भाउजुलाई पक्राउ गरे र युरेनियम बरामद गरेछ। पछि युरेनियम लिन भनेर भाउजुको घरमा जाँदा हामी पनि पक्राउ पर्‍यौं। मानसिंह भने फरार भए। 

सम्बन्धित समाचार :

युरेनियम घटना : १ जना रिहा, ३ जना पुर्पक्षका लागि कारागार चलान

प्रहरीले बरामद गरेको युरेनियम-२३८ थप जाँचका लागि चीन पठाइयो

युरेनियम बरामद घटना : अनुसन्धान सकेर फाइल सरकारी वकिल कार्यालयमा

काठमाडौंमा २० वर्षदेखि लुकाइएको थियो युरेनियम, कहाँबाट आयो, कहाँ थियो गन्तव्य?

प्रकाशित मिति: शनिबार, चैत २८, २०७७  ०७:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
भक्तपुरमा एलपी ग्यास कालोबजारी गर्ने दुई जना पक्राउ प्रहरीका अनुसार बिहीबार करिब ५ बजे ब्रम्हनगरस्थित शाहको किराना पसलमा उपभोक्तालाई खाना पकाउने एलपी ग्यास प्रतिसिलिण्डर २ हजार ८ सय रु... बिहीबार, भदौ २५, २०८३
१८ हजार बढी ट्रामाडोल बसको छतमा राखेर चितवन जाँदै गरेका युवक समातिए चेकिङका क्रममा वीरगन्जबाट चितवनतर्फ जाँदै गरेको ना.५ ख ७६२३ नम्बरको यात्रुवाहक बस रोकेर जाँच गर्दा बसको हुड र्‍याकमा राखिएका दुईवटा... बुधबार, भदौ २४, २०८३
१६२ किलो ७९४ ग्राम गाँजासहित दुई जना पक्राउ मनहरी गाउँपालिका–९ भाबरबाट प्रहरीले करिब १६२ किलो ७९४ ग्राम अवैध लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। बुधबार, भदौ २४, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढी : ४०८ अर्बको क्षति, पुनर्लाभका लागि ७२३ अर्ब आवश्यक शुक्रबार, भदौ २६, २०८३
कर्णाली शिवराज नेपाल भलिबल लिगको फाइनलमा शुक्रबार, भदौ २६, २०८३
बाढी प्रभावित नुवाकोट र रसुवा जाने एमाले टोलीलाई ओलीको निर्देशन शुक्रबार, भदौ २६, २०८३
भोटेकोशी बाढीबाट यातायात क्षेत्रमा भएको क्षति मूल्याङ्कन गर्न समिति गठन शुक्रबार, भदौ २६, २०८३
बाढी प्रभावित क्षेत्रमा ८ हजार ७ सयभन्दा बढी सेना परिचालन, आज थप ३० जनाको उद्धार शुक्रबार, भदौ २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
न्यायाधीश कुमार रेग्मी र अख्तियार प्रमुख प्रेमकुमार राईविरुद्ध महाभियोगको सूचना संसद् सचिवालयमा दर्ता बिहीबार, भदौ २५, २०८३
गरिमा चौधरी हत्या प्रकरण : मुख्य प्रतिवादी प्रोग्रेशसहित १० जना रिहा शुक्रबार, भदौ २६, २०८३
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक, यस्ता विषयमा हुँदैछ छलफल बिहीबार, भदौ २५, २०८३
भरतपुरमा इभी कारमा आगलागी, चालकको मृत्यु शुक्रबार, भदौ २६, २०८३
पदभारपछि नवनियुक्त उद्योगमन्त्रीले भने–‘जनताको आवश्यकता जति ग्यास दिनैपर्छ’ बिहीबार, भदौ २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बुवा : आफ्ना सपना थाती राख्ने नायक नेपाल लाइभ
महाविपत्तिमा पनि पक्षधरता : भत्कँदै नेपाली मौलिकता ! प्रदीप सत्याल
बीपीको प्रजातान्त्रिक समाजवाद र कांग्रेसका राजनीतिक सौदाबाजी लोकराज अवस्थी
लोकतान्त्रिक समाजवाद : अवधारणा कि कार्यान्वयनमा समस्या ? धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य बन्द शुक्रबार, भदौ १९, २०८३
केसीले दिए कांग्रेस मिलाउने पाँच सूत्र, के–के हुन् प्रस्ताव? आइतबार, भदौ २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्