• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

काठमाडौंमा २० वर्षदेखि लुकाइएको थियो युरेनियम, कहाँबाट आयो, कहाँ थियो गन्तव्य?

प्रहरी नै ग्राहक बनेपछि खुल्यो रहस्य
64x64
नारायण अधिकारी शुक्रबार, फागुन २८, २०७७  २०:३६
1140x725

काठमाडौं- नेपाल प्रहरीले पहिलोपटक साढे २ किलो युरेनियमसहित ४ जनालाई पक्राउ गरेको छ। एक साता लामो अपरेसनपछि महानगरीय प्रहरी कार्यालय (मेट्रो) रानीपोखरीले साढे २ किलो युरेनियमसहित ४ जनालाई पक्राउ गरेको हो। 

काठमाडौं-६ बौद्धबाट पक्राउ गरिएकाहरूलाई प्रहरीले शुक्रबार सार्वजनिक गरेको छ। पक्राउ पर्नेहरूमा रामेछाप लिखु तामाकोशी-५ बस्ने ४० वर्षीय नारायणसिंह तामाङ, काठमाडौं बौद्ध बस्ने रामेछाप लिखु तामाकोशी-५ घर भएकी ४० वर्षीया जानुका तामाङ, मन्थली नगरपालिका-४, बागजोर बस्ने २० वर्षीय प्रकाश चौहान र सिन्धुलीको सुनकोशी-४ बस्ने २० वर्षीय मनोज न्यौपाने छन्। पक्राउ परेकाहरूविरुद्ध विस्फोटक पदार्थसम्बन्धी ऐन २०१८ अनुसार म्याद थप गरेर अनुसन्धान सुरु गरिएको छ।

युरेनियमको गैरकानुनी कारोबार हुन लागेको सूचना आएपछि अपरेसनमा खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो। राष्ट्रिय विधि विज्ञान प्रयोगशालाबाट समेत युरेनियम-२३८ भनेर पुष्टि भएको प्रारम्भिक रिपोर्ट आएको मेट्रोका एआइजी हरिबहादुर पालले जानकारी दिए। ‘बरामद भएको पदार्थ युरेनियम नै भएको भनेर नास्टले रिपोर्ट दिएको छ,’ एआइजी पालले भने। प्रहरीले मार्च ३ मा बरामद वस्तु युरेनियम भएको भनेर प्रारम्भिक रिपोर्टसमेत दिइसकेको एआइजी पालले बताए। युरेनियमका २ क्याटोगेरी हुन्छन्, २३५ र २३८। युरेनियम-२३८ लाई नै प्रशोधन गरेर युरेनियम-२३५ बनाइन्छ। 

२० वर्षअघि नेपाल भित्रिएको थियो युरेनियम, प्रहरी ग्राहक बनेपछि खुल्यो रहस्य
बरामद युरेनियम २० वर्षअघि नेपालमा भित्रिएको प्रहरीको दाबी छ। भारतमा खानीमा काम गर्ने अमर लामा भन्ने व्यक्तिले २० वर्षअघि उक्त युरेनियम ल्याएको प्रहरीको भनाइ छ। लामा हाल अमेरिकामा छन्। उनलाई प्यारलाइसिस भएको छ। उनलाई नेपाल ल्याउने विषयमा प्रहरीले प्रक्रिया अघि बढाइने बताएको छ। 

No description available.

बरामद भएको युरेनियम लामाकी आफन्तसमेत रहेकी जानुकासँग थियो। घरमा युरेनियम भएको थाहा पाएपछि बेच्दा ठूलो रकम आउने जानकारी पाएपछि उनले बजार खोज्न सुरु गरेकी थिइन्। युरेनियम बेच्ने ग्राहक खोज्ने क्रममा जानुकाको नारायण सिंहसँग सम्पर्क भएको थियो। बहुमूल्य पदार्थ भएका कारण ठूलै रकम कमिसन पाउने भएपछि नारायणले ग्राहक खोज्ने काम सुरु गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। 

युरेनियम किन्न मानिस खोज्ने जिम्मा नारायणले मनोज र प्रकाशलाई दिएका थिए। उक्त युरेनियम बेचे २/२ करोड रुपैयाँ दिने जानुका र नारायणले उनीहरूलाई बताएका थिए।

उक्त सूचना प्रहरीसम्म पुगेपछि प्रहरी आफैं ग्राहक बनेर युरेनियम किन्न पुगेको थियो। छद्म भेषमा प्रहरीले १ अर्ब ५ करोड रुपैयाँमा डिल गरेर युरेनियम किन्न खोजेको थियो। त्यसपछि उनीहरु पक्राउ परेका हुन्। उक्त युरेनियम घरको कोठाको कुनामा डिब्बाभित्र लुकाएर राखेको अवस्थामा प्रहरीले बरामद गरेको हो।

Ncell 2
Ncell 2
nimb
nimb

के हुन्छ बरामद युरेनियम?
नेपालमा रेडियोधर्मी पदार्थ (उपयोग तथा नियमन) ऐन, २०७७ जारी भइरकेको छ। युरेनियमसहित पक्राउ परेकालाई यही ऐनअनुसार कारबाही गर्ने बाटो समेत रहन्छ। बरामद युरेनियम के हुन्छ भन्नेबारे जिज्ञासा राख्दा एआइजी पालले ऐनअनुसार रहने निर्देशक समितिको निर्णयमा भर पर्ने बताए। निर्देशक समितिमा विज्ञान तथा प्रविधिमन्त्री अध्यक्ष हुन्छन्। यस्तै सेनापति, नेपाल प्रहरीका आइजी, सशस्त्रका आइजी, गृह मन्त्रालयका सचिव, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव, रक्षा सचिवलगायतका १३ सदस्य हुन्छन्। 

ऐनमा इजाजतपत्र नलिई युरेनियम आयनीकरण गर्ने, विकिरण उत्पन्न गर्ने, उपकरण उत्पादन गर्ने, संकलन गर्ने, भण्डारण गर्ने, सञ्चय, निकासी, पैठारी, ढुवानी र आसोरपसार गर्न नहुने उल्लेख छ।

के हो युरेनियम?
युरेनियम सबैभन्दा बढी परमाणु भार भएको रेडियोधर्मी धातु हो। पारमाणविक धार हुने यो धातुले लगातार विकिरणहरू फ्याँकिरहने भएकाले यसको आयु सीमित हुन्छ। विशेषज्ञहरूले मात्र युरेनियमको शक्ति मापन गर्न सक्छन्, यही विकिरणको मापनद्वारा नै युरेनियमको भण्डारका बारेमा यकिन गर्न सकिन्छ। युरेनियम मुख्यतया दुई प्रकारका पाइन्छन् युरेनियम–२३८ र युरेनियम–२३५। 

यो पनि पढ्नुहोस्

युरेनियम उत्खननमा चीन र भारतको अदृश्य चासोसोमबार, भदौ २३, २०७६

प्राकृतिक रूपमा युरेनियम–२३८ पाइन्छ र त्यसलाई आणविक प्रशोधन केन्द्रमा प्रशोधन गरिएपछि युरेनियम-२३५ बनाइन्छ। एक किलो युरेनियम–२३५ को परिमाणबाट उत्पादित विधुत् शक्ति तीन लाख टन कोइला बाल्दा आउने शक्तिसरह हुन्छ। 

युरोपियन न्युक्लियर सोसाइटीको अध्ययनअनुसार एक किलो कोइलाबाट ८ किलोवाट र एक किलो तेलबाट करिब १२ किलोवाट ऊर्जा निस्किन्छ। तर, एक किलो युरेनियम–२३५ बाट २ करोड ४० लाख किलोवाट ऊर्जा उत्पादन हुन्छ। 

स्वास्थ्य उपचारका सामग्री एक्सरे, एमआरआई लगायतमा पनि युरेनियम प्रयोग हुन्छ। युरेनियमले विकिरण पैदा गर्छ। खानीको स्पर्शमा आउँदा जीवजन्तु र मानव जातिलाई विभिन्न प्रतिकूल असर परिरहेको हुन्छ।

यो पनि पढ्नुहोस्

समृद्धिको सपनामा युरेनियमको चर्चासोमबार, भदौ ९, २०७६

बेल्जियम, बुल्गेरिया, चेक गणतन्त्र, फिनल्यान्ड, फ्रान्स, हंगेरी, जापान, दक्षिण कोरिया, स्लोभाकिया, स्लोभेनिया, स्वीडेन, स्विट्जरल्यान्ड र युक्रेनमा ३० प्रतिशत वा योभन्दा बढी बिजुली सबै आणविक भट्टीबाट उत्पादन हुन्छ।

बालुवासँग मिश्रित युरेनियमको मात्रा विश्वमा ५० प्रतिशत बढी पाइएको एक अध्ययनमा देखिएको छ। ऊर्जा उत्पादन, चिकित्साशास्त्र, औद्योगिक र भौगर्भिक अध्ययनमा युरेनियमको उपयोग हुन्छ। काजकास्तान, क्यानडा, अस्ट्रेलिया, नामिबिया, रसियालगायत मुलुकमा युरेनियमको बढी उत्पादन हुन्छ।

सन् १९४५ युरेनियम-२३५ बाट निर्मित 'लिटिल ब्वाय' र युरेनियम–२३८ बाट परिमार्जित गरेर बनाइएको 'फ्याटम्यान' नामका परमाणु बम जापानको हिरोसिमा र नागासाकीमा विस्फोट गराइँदा करिब ७५ हजार मानिस मारिए भने ५० हजार भवनहरू ध्वस्त भएका थिए।

(यसअघि समाचारमा 'मन्थली नगरपालिका-४, बागजोर' हुनुपर्नेमा प्रहरीको विज्ञप्तिमा उल्लेख 'बागजोर नगरपालिका' पर्न गएकाले क्षमायाचनासहित सच्याइएको छ। - सम्पादक)

प्रकाशित मिति: शुक्रबार, फागुन २८, २०७७  २०:३६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
त्रिपुरेश्वर बस आगलागीको छानबिन गर्न एसएसपीको नेतृत्वमा समिति काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले एसएसपी रमेश बस्नेतको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो । समितिलाई घटनाको... सोमबार, असोज ५, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा चालकले आफूले गल्ती नगरेको भन्दै जरिवाना तिर्न अस्वीकार गरेको देखिन्छ। विवादका क्रममा उनले ‘मर्न... सोमबार, असोज ५, २०८३
नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना प्रहरी नियन्त्रणमा काठमाडौं महानगरपालिका वडा नं. १४ बल्खुस्थित फलफूल बजार नजिक असोज २ गते बेलुका ७ बजे पीडितलाई बोलाएर ठगी गर्न खोजेको आरोपमा उनीहरूलाई... सोमबार, असोज ५, २०८३
ताजा समाचारसबै
राजनीतिक कार्यक्रममा सहभागी शिक्षकलाई निगरानी, कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन मंगलबार, असोज ६, २०८३
महासभाको मञ्चमा नेपाल : परराष्ट्रमन्त्री खनाल उच्चस्तरीय सत्रमा सहभागी मंगलबार, असोज ६, २०८३
नेपाल–युगान्डाबीच नामको मन्त्रीस्तरीय बैठकबारे छलफल मंगलबार, असोज ६, २०८३
संयुक्त राष्ट्रसंघको महासभा सुरु, बालेनको सम्बोधन पर्सी मंगलबार, असोज ६, २०८३
भोलि देशैभर काङ्ग्रेसको पालिका अधिवेशन हुने मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्