• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ २७, २०८३ Sat, Sep 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

युरेनियम उत्खननमा चीन र भारतको अदृश्य चासो

64x64
नेपाल लाइभ सोमबार, भदौ २३, २०७६  १६:५०
1140x725

काठमाडौं- 'पारमाणविक विधेयक' २०७५ गत ८ पुसमा संसदमा दर्ता भएर छलफलको क्रममै छ। पारमाणविक तथा रेडियोधर्मी पदार्थको सुरक्षित तथा शान्तिपूर्ण प्रयोग सम्बन्धमा व्यवस्था गर्नु यो विधेयकको उद्देश्य भनिएको छ। 

युरोनियमको उत्पादन लगायतमा नियमन गराउने प्रावधान विधेयकमा छ। मूलतः नेपालमा युरेनियम खानी पत्ता लागिसकेको स्थितिमा त्यसको उत्खनन, प्रशोधन, ओसारपसार र बेचबिखन गर्ने व्यापारिक प्रयोजन निम्ति शक्तिशाली ऐनको आवश्यकतापूर्ति गर्न खोजिएको छ।

विधेयकले युरेनियम उत्खनन गरी प्रशोधन तथा निकासीबाट समृद्ध नेपालको सपना बोकेको देखिन्छ। २०७२ सालको पहिलोपटक प्रधानमन्त्री हुँदा नै केपी ओलीले नेपालको युरेनियम निकासी गर्ने सपना बुनेका थिए। तत्कालीन उद्योगमन्त्री सोमप्रसाद पाण्डेको टोली मुस्ताङ पुगेर युरेनियम खानी हेरेको थियो। त्यसबारे अध्ययन गर्न चिनियाँ टोलीलाई जिम्मा दिने प्रयास पनि भयो। तर, युरेनियम अध्ययनले थप गति लिएन।

पारमाणविक ऊर्जासम्बन्धी अध्ययन, अनुसन्धान तथा अभ्यासका लागि कानुनी व्यवस्था आवश्यक पर्छ, जो नेपालमा थिएन। कानुनको अभावमा युरेनियम उत्खनन समेत गर्न नसकिएको भन्ने सरकारी भनाइ पाइन्छ।  

अहिले विधेयकको सम्बन्धमा संसदको शिक्षा तथा स्वास्थ्य समितिमा छलफलको क्रममा रहेको छ। यो विधेयकको पक्ष र विपक्षमा संसदीय समितिमै विभिन्न विचारहरु आएका छन्। सत्तापक्षका सांसदले विधेयकको पक्षमा बोलेको पाइयो भने विपक्षका सांसदले विरोधमा बोलेको पाइयो।

जसोतसो ऐन पास गराएर मात्र सरकारको सफलता मान्न सकिँदैन। पारित ऐनले युरेनियमको उत्खनन र उत्पादन तथा बिक्री गर्ने गराउने ढोका खोल्न सक्नुपर्दछ।

विधेयकमाथिको छलफलमा विपक्षमा रहेका सांसदले अहिले नै युरेनियम बेच्ने आशय राख्नु नहुने बताएका छन्। पक्षमा रहेकाहरुले भने धेरै देशले युरोनियम बेच्ने गरेको भन्दै यहाँ पनि त्यतैतिर अघि बढ्नुपर्ने आशय व्यक्त गरेका छन्। ऐन बनाएको खण्डमा यसलाई व्यवस्थित गर्न सकिन्छ। ऐन नबनाउने हो भने हामीसँग रहेको युरोनियम छुनै नपाइने उनीहरुको तर्क छ।

सांसदहरु बिन्दा पाण्डे, अञ्जना बिशंखे, सञ्जय गौतम, बिना कुमारी श्रेष्ठ र सरिता न्यौपानेहरुले विधेयकको नाम नै फेर्न प्रस्ताव गरेका छन्। पारमाणविक शब्दले आशंका बढाएको, जोखिमको विषय बन्न सक्ने भएकाले अहिले रेडियोधर्मी पदार्थसँग सम्बन्धित विधेयक मात्रै बनाउनुपर्ने उनीहरुको जोड छ।

Ncell 2
Ncell 2
nimb
nimb

शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले पनि अहिले नै आणविक भट्टी बनाएर उर्जाको विकल्पको रुपमा प्रयोग गर्ने हाम्रो मनशाय नभएको र विधेयकमा पारमाणविक शब्द नराख्ने हो भने आफूहरु पछि पर्ने बताएका छन्।

सांसदहरुले पारमाणविक उत्पादनमा निजी क्षेत्रको प्रवेश रोक्नुपर्ने र अन्तर्राष्ट्रिय चलखेलप्रति सचेत बन्नुपर्ने पनि बताएका छन्। निजी क्षेत्रलाई खुला गर्ने कुराको परिकल्पना नै गर्न नहुने कतिपय सांसदको तर्क छ। उत्पादनका लागि जेजति कार्य गर्नुपर्ने हो, सबै राज्यको स्वामित्त्व सुनिश्चित गर्नुपर्ने उनीहरु बताउँछन्।

युरेनियम जस्तो महत्वपूर्ण र बहुमूल्य पदार्थको उत्खनन र उत्पादन नै गर्न नहुने समेत विचार केही सांसदहरुबाट आयो। यो बहुमूल्य पदार्थलाई के जलश्रोत जस्तै भूमि भित्रै रहिरहन दिने कि उपयोग गर्ने भन्नेतिर सोच्नुपर्ने बेला आएको छ।

युरेनियमबाट नेपालले बढी फाइदा कसरी लिने भन्नेतिर सोच्नुपर्छ। नेपालको हितमा राष्ट्रियमात्र होइन अन्तर्राष्ट्रिय विज्ञहरुकोसमेत विचार लिनुपर्छ। यहाँ सांसद र नेताहरुले युरेनियम र आणविक विज्ञकै रुपमा बोलेको पाइयो। बुझेरै बोलेका हुन् कि नबुझी बोलेका हुन्? विज्ञता नभई त बोल्ने कुरा आउँदैन। शंका, उपशंका र प्रायोजनमा मात्र बोलिएको त होइन होला? अर्को पार्टीले फाइदा लिन लाग्यो भनेर राजनीतिक इर्श्यामा पनि बोलिन्छ। शक्तिशाली छिमेकीको स्वार्थमा पनि कुरा आउन सक्छ। कसको स्वार्थमा के कुरा आउँछ पत्ता लगाउन पनि गाह्रो पर्दछ। जे होस्, युरेनियमबाट नेपालले बढी भन्दा बढी फाइदा लिन सक्नुपर्छ।

जलविद्युतको नाममा खोला ओगटेर विदेशीलाई बेच्ने जस्तो आणविक भट्टीको लाइसेन्स बिक्री हुन थालेमा यसले नचिताएको समस्या आइलाग्ने छ। पारमाणविक उत्खनन् र उत्पादनमा शक्ति राष्ट्रहरुको आँखा लाग्ने मात्र होइन, उत्तर कोरिया र इरानमा झैं महाशक्ति राष्ट्रबाट हस्तक्षेप हुन सक्दछ।

प्रकृतिमा पाइने तत्वमध्ये युरोनियममा २३८ परमाणविक भार भएको रेडियोधर्मी धातु मानिन्छ। लगातार उर्जावान विकिरण फ्याँकिरहने भएकाले यसको आयु सयौँ वर्ष लामो हुन्छ। खानीबाट निकालिएको कच्चा युरेनियमलाई प्रशोधन गरेपछि पहेँलो केक (एल्लो केक) बनाइन्छ। जो पानीमा घुल्दैन, पिरो गन्ध आउने धुलो हुन्छ। २२८० डिग्रीमा मात्र पग्लन्छ। प्रशोधन गरी एल्लो केक विदेश निर्यातबाट नै अत्यधिक आम्दानी गर्न सकिन्छ। 

नेपालको युरेनियम खानी उत्खननमा चीन र भारतको अदृश्य चासो हुनेमा शंका छैन।

नेपाल सरकारसँग नै परमाणविक र युरेनियम सम्बन्धी विज्ञ, संयन्त्र, प्रचूर आर्थिक स्रोत छैन। तसर्थ, निजी क्षेत्रलाई यसमा समावेश गराउनु उचित हुन्छ हुँदैन भन्ने सम्बन्धमा पनि पर्याप्त विचार विमर्श हुनु जरुरी छ। विदेश निर्यातमा देखिएका समस्याले नेपालका सिमेन्ट कारखाना पूर्ण क्षमतामा चल्न नसकेर धराशायी हुने अवस्था आउन थालिसकेको छ। युरेनियमको रेखदेख त शक्ति राष्ट्रले गरिरहेका हुन्छन्। जसलाई मनलाग्यो उसलाई बिक्री गर्न पनि पाइँदैन।

विधेयकमा संस्था दर्ता गर्ने र इजाजत सजिलै प्राप्त गर्न सकिने प्रावधान राखिएको छ। हाम्रो जस्तो राजनीतिज्ञ, प्रशासक र भ्रष्ट पद्धति भएको देशमा आणविक भट्टी सजिलै दर्ता मात्र हुने हो भने जुनसुकै बेला बिक्री हुन सक्छन्। पहिले त्यसैगरी पूर्वाधार र फ्याकल्टी बिनानै मेडिकल कलेज खोल्न दिइएको थियो। त्यस्तै अवस्था यता पनि आउन सक्छ। त्यसैले, आणविक पदार्थ उत्पादन र प्रशोधन आदिमा संस्था दर्ता गर्न सजिलो प्रावधान राखिनु उचित हुँदैन। 

सहकारी संस्था, व्यापारिक कम्पनी, झोलामा खोला जसरी संस्था दर्ता, एनजिओ, आइएनजिओ, ठेक्काको प्रमाणपत्र, सवारी लाइसेन्स जस्ता निवेदन दिने वित्तिकै प्रमाणपत्र बाँडिनु हुँदैन। दर्ता गरेर झोलामा खोला झैं कम्पनी बेच्न दिने हो भने संकट आउन सक्छ। राज्यलाई नै पछि घाँडो हुन सक्छ। एकपटक जारी भइसकेको लाइसेन्स रोकेकै खण्डमा पनि जारी भएको लाइसेन्स बमोजिम काम गर्न दिनू भनी अदालतले आदेश गर्न सक्छ। 

प्राकृतिक विपद् व्यवस्थापन कार्यमा समेत अलमल, असक्षम तथा ढिलासुस्ती हुने मुलुकमा आणविक भट्टी चुहावटले ल्याउन सक्ने विपत्तिबारे अहिले नै कल्पना गर्न सकिन्न।

जलविद्युतको नाममा खोला ओगटेर विदेशीलाई बेच्ने जस्तो आणविक भट्टीको लाइसेन्स बिक्री हुन थालेमा यसले नचिताएको समस्या आइलाग्ने छ। पारमाणविक उत्खनन् र उत्पादनमा शक्ति राष्ट्रहरुको आँखा लाग्ने मात्र होइन, उत्तर कोरिया र इरानमा झैं महाशक्ति राष्ट्रबाट हस्तक्षेप हुन सक्दछ। त्यतातिर पनि अहिल्यै ध्यान जानुपर्छ।

फितलो तरिकाले लाइसेन्स वितरण गरिएमा आणविक शक्ति सम्पन्न राष्ट्र र छिमेकीको तीखो ध्यान नेपालतिर पर्नेछ। वैदेशिक हस्तक्षेप गर्ने सम्भावना नआओस् भन्नेतिर सोच्नुपर्छ। नेपालमा युरेनियम उत्पादन गरेर वैध बाटोबाटै अन्तर्राष्ट्रिय बजारमा बेच्न सकियो भने अरबहरु तेलबाट धनी भएझैँ नेपालको पनि समृध्दिको ढोका खुल्न सक्छ। त्यसको लागि धेरै तयारी गर्नुपर्ने हुन्छ। 

तर, नेपाली राजनीति, नेपाली नेता, नेपाली प्रशासनयन्त्रबाट देशलाई अधिक फाइदा हुने किसिमबाट काम हुनेमा शंका गरिन्छ। देश हाँक्ने नेताहरु ठेकेदार, डन र माफियासँगको अदृश्य र प्रगाढ सम्पर्कले शासकीय यन्त्रै नै दूषित हुन पुगेको यथार्थसँग युरेनियम उत्खनन् र प्रशोधन बन्धकी हुन जाला कि भन्ने आम आशंकालाई सत्ताशीनले मेट्न सक्नुपर्छ।

विधेयकको दफा ४८ बमोजिम, उद्योग, भट्टी लगायतबाट जानीजानी चुहावट गरेमा क्षतिपूर्ति दिने सम्बन्धी प्रावधान रहेको पाइँदैन। भवितव्य परेमा पनि क्षतिपूर्ति दिलाइनुपर्छ। दफा १७ मा नियमनकारी प्रावधान राखिएको छ। उपदफा (२) मा विकिरणको कारणले हानी नोक्सानी भएमा जिम्मेवार बनाइएको छ। दफा १७ (४) ले ‘युद्ध, बाह्य आक्रमण वा सशस्त्र विद्रोहका कारणले दुर्घटनाबाट उत्पन्न हुने हानी नोक्सानीका लागि इजाजतपत्रवाला जिम्मेवार हुने छैन’ भनी छुटकारा दिइएको छ। राष्ट्रिय क्षतिको जिम्मेवारीबाट आणविक भट्टी सञ्चालक वा सञ्चालनको निम्ति लाइसेन्स बेच्ने सरकार पन्छिन मिल्दैन भन्ने प्रश्न उठ्ने गरेका छन्।

आणविक भट्टी स्वयं सरकारले निर्माण र सञ्चालन नगरी नियमनको निम्तिमात्र विधेयक ल्याउन खोजेको छ।

एउटा ऐन नै सरकारले मात्र सन्चालन गर्ने भनेर बनिसकेकाले व्यक्तिले वा सरकार कसले गर्ने भन्नेतिर विवाद उठाइरहनु परेन। तर, यही व्यवस्थापन क्षमताले सरकारले आणविक भट्टी सन्चालन गर्न सक्ला भन्ने पनि प्रश्न उठ्छ।

व्यक्ति वा निजी क्षेत्रको तजबिजमा आणविक भट्टी सञ्चालनको दायित्व सुम्पेर सरकार ‘रेन्ट सिकिङ’ अर्थात् भाडा खाने अभ्यासमा तल्लिन हुन खोज्दै छ। प्राकृतिक विपद् व्यवस्थापन कार्यमा समेत अलमल, असक्षम तथा ढिलासुस्ती हुने मुलुकमा आणविक भट्टी चुहावटले ल्याउन सक्ने विपत्तिबारे अहिले नै कल्पना गर्न सकिन्न। परमाणविक भट्टीको कारणले हुन गएको क्षतिमा सम्बन्धित कम्पनी र सरकार जिम्मेवार हुनुपर्छ। सरकार पनि पन्छिन पाउँदैन।

आणविक भट्टी सञ्चालन सरकारले मात्र गर्ने भनेर औध्योगिक व्यवसाय सम्बन्धी प्रचलित कानुन संशोधन गर्न बनेको विधेयक, २०७६ प्रतिनिधिसभाबाट पारित भएर ऐन बनिसकेको छ। 

एउटा ऐन नै सरकारले मात्र सन्चालन गर्ने भनेर बनिसकेकाले व्यक्तिले वा सरकार कसले गर्ने भन्नेतिर विवाद उठाइरहनु परेन। तर, यही व्यवस्थापन क्षमताले सरकारले आणविक भट्टी सन्चालन गर्न सक्ला भन्ने पनि प्रश्न उठ्छ।

एकातिर यो विधेयक संसदमा विचाराधीन छ, अर्कोतिर औध्योगिक व्यवसायसम्बन्धी प्रचलित कानुन संशोधन गर्न बनेको विधेयक, २०७६ पारित भएर ऐन बनिसकेको छ। यस ऐनले सरकारले पारमाणविक उद्योग खोल्न सक्ने व्यवस्था गरेको छ।

पारमाणविक विधेयक पारित नभएता पनि युरेनियम उत्खनन् र प्रशोधन उद्योग सरकारले सञ्चालन गर्ने बाटो खुलेको छ। यता निजीक्षेत्रलाई संस्था दर्ता गरे जस्तो गरी पारमाणविक भट्टी खोल्न दिने पारमाणविक विधेयकका कतिपय भित्री आशयमा भने असर परेको छ। एउटै विषयमा दुई विधेयक पेश गर्नुको गुह्य भने बुझ्न सकिएन। 

जसोतसो ऐन पास गराएर मात्र सरकारको सफलता मान्न सकिँदैन। पारित ऐनले युरेनियमको उत्खनन र उत्पादन तथा बिक्री गर्ने गराउने ढोका खोल्न सक्नुपर्दछ।

लेखकबाट थप-

  • समृद्धिको सपनामा युरोनियमको चर्चा

  • युरोनियम सपनाको नेपाली इतिहास

 

 

 

प्रकाशित मिति: सोमबार, भदौ २३, २०७६  १६:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढी : ४०८ अर्बको क्षति, पुनर्लाभका लागि ७२३ अर्ब आवश्यक
कर्णाली शिवराज नेपाल भलिबल लिगको फाइनलमा
बाढी प्रभावित नुवाकोट र रसुवा जाने एमाले टोलीलाई ओलीको निर्देशन
सम्बन्धित सामग्री
बुवा : आफ्ना सपना थाती राख्ने नायक आमाको माया प्रायः शब्दमा सुनिन्छ, बुवाको माया भने जिम्मेवारीका रूपमा देखिन्छ । बिहान सबेरै उठेर काममा निस्कँदा होस् वा रात अबेरसम्म... शुक्रबार, भदौ २६, २०८३
महाविपत्तिमा पनि पक्षधरता : भत्कँदै नेपाली मौलिकता ! संकटको समयमा सामाजिक सञ्जालमा फैलिने अपुष्ट सूचना, सनसनीपूर्ण प्रचार, दोषारोपण र अफवाहले उद्धार तथा राहतको कामलाई थप जटिल बनाउन सक्छ... बिहीबार, भदौ २५, २०८३
बीपीको प्रजातान्त्रिक समाजवाद र कांग्रेसका राजनीतिक सौदाबाजी अब कुरा गरौँ, बीपीको प्रजातान्त्रिक समाजवादमा अडिएको नेपाली कांग्रेसले बीपी मार्गमा हिँड्यो कि हिँडेन? बीपीको राजनीतिक तथा आर्थिक सम... बुधबार, भदौ २४, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढी : ४०८ अर्बको क्षति, पुनर्लाभका लागि ७२३ अर्ब आवश्यक शुक्रबार, भदौ २६, २०८३
कर्णाली शिवराज नेपाल भलिबल लिगको फाइनलमा शुक्रबार, भदौ २६, २०८३
बाढी प्रभावित नुवाकोट र रसुवा जाने एमाले टोलीलाई ओलीको निर्देशन शुक्रबार, भदौ २६, २०८३
भोटेकोशी बाढीबाट यातायात क्षेत्रमा भएको क्षति मूल्याङ्कन गर्न समिति गठन शुक्रबार, भदौ २६, २०८३
बाढी प्रभावित क्षेत्रमा ८ हजार ७ सयभन्दा बढी सेना परिचालन, आज थप ३० जनाको उद्धार शुक्रबार, भदौ २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
न्यायाधीश कुमार रेग्मी र अख्तियार प्रमुख प्रेमकुमार राईविरुद्ध महाभियोगको सूचना संसद् सचिवालयमा दर्ता बिहीबार, भदौ २५, २०८३
गरिमा चौधरी हत्या प्रकरण : मुख्य प्रतिवादी प्रोग्रेशसहित १० जना रिहा शुक्रबार, भदौ २६, २०८३
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक, यस्ता विषयमा हुँदैछ छलफल बिहीबार, भदौ २५, २०८३
भरतपुरमा इभी कारमा आगलागी, चालकको मृत्यु शुक्रबार, भदौ २६, २०८३
पदभारपछि नवनियुक्त उद्योगमन्त्रीले भने–‘जनताको आवश्यकता जति ग्यास दिनैपर्छ’ बिहीबार, भदौ २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बुवा : आफ्ना सपना थाती राख्ने नायक नेपाल लाइभ
महाविपत्तिमा पनि पक्षधरता : भत्कँदै नेपाली मौलिकता ! प्रदीप सत्याल
बीपीको प्रजातान्त्रिक समाजवाद र कांग्रेसका राजनीतिक सौदाबाजी लोकराज अवस्थी
लोकतान्त्रिक समाजवाद : अवधारणा कि कार्यान्वयनमा समस्या ? धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य बन्द शुक्रबार, भदौ १९, २०८३
केसीले दिए कांग्रेस मिलाउने पाँच सूत्र, के–के हुन् प्रस्ताव? आइतबार, भदौ २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्