• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २३, २०८३ Tue, Sep 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

समृद्धिको सपनामा युरेनियमको चर्चा

64x64
गौरीबहादुर कार्की सोमबार, भदौ ९, २०७६  ०८:५०
1140x725

देशमा युरेनियम खानी पत्ता लागेपछिको अवस्थामा पारमाणविक विधेयक संसद्मा विचाराधीन छ। मुस्ताङमा रहेको विशाल युरेनियम खानी सर्वप्रथम सार्वजनिक गर्ने श्रेय तत्कालीन प्रधानन्यायाधीश रामप्रसाद श्रेष्ठलाई जान्छ। युरेनियमबाट हुने अपार समृद्धिलाई उहाँले नै प्रकाशमा ल्याउनु भएको थियो।  

संयुक्त राष्ट्र संघ अन्तर्गत अन्तर्राष्ट्रिय आणविक उर्जा संस्थामा काम गरिसकेका एक भारतीय वैज्ञानिकले माथिल्लो मुस्ताङको लोमान्थाङ क्षेत्रमा युरेनियमको ठूलो भण्डार रहेको सूचना पुनरावेदन अदालत पोखराको मुख्य न्यायाधीश हुँदा उहाँलाई दिनु भएको रहेछ। अन्तर्राष्ट्रिय आणविक केन्द्रमा काम गरेका ती भारतीय वैज्ञानिकले दशक पहिले प्रयोगशालामा परीक्षण गर्दा त्यो क्षेत्रको चट्टानमा घनीभूत रेडियोधर्मी विकरण पत्ता लगाएका थिए। विकिरण नै युरेनियमको संकेत हो।

न्यायाधीश डा आनन्दमोहन भट्टराईद्वारा लिखित हिमालयका जैविक संरक्षण नामक अंगे्रजीमा लेखिएको पुस्तकको २०६८ मंसिर १० मा प्रधानन्यायाधीश श्रेष्ठले विमोचन गर्नुभएको थियो। विमोचन सम्बोधनमा हिमालयको सम्पत्ति र जैविकताको संरक्षणको प्रसंगमा उहाँले मुस्ताङमा युरेनियमको प्रचूर भण्डार रहेको कुरा सार्वजनिक गर्नुभएको थियो।

त्यसक्रममा उहाँले मुस्ताङको लोमान्थाङमा युरेनियम खानी रहेको र खानीको पाँच किलो माटोमात्र बेचे पनि लाखौ रुपैयाँ आर्जन गर्न सकिने कुरा वैज्ञानिकले आपूmलाई बताएका उल्लेख गर्नुभएको थियो।

प्रधानन्यायाधीश श्रेष्ठले खानी तथा भूगर्भ विभागका महानिर्देशक र खानी सम्बन्धी हेर्ने उद्योग मन्त्रालयका सचिवलाई बोलाएर युरेनियमबारे अनुसन्धान गर्न पहिल्यै आग्रह गर्नु भएको रहेछ। तर सरकारले चासो नदेखिएपछि उहाँले युरेनियमको सूचना त्यो समारोहमा सार्वजनिक गर्नु भएको थियो।

श्रेष्ठलाई यसबारे बताउने वैज्ञानिक नखुले पनि तिनको भनाई विश्वसनीय थियो भन्ने कुरा आज पुष्टि भैसकेको छ। युरेनियम जस्तो मूल्यवान पदार्थबाट नेपाललाई समृद्ध बनाउने सुवर्ण अवसर आएको छ। त्यो युरेनियम राष्ट्र हितमा सञ्चालन हुन सकेको खण्डमा मुलुकको विकासमा हालसम्म कल्पनै नगरिएको फड्को मार्न सकिने छ।

नेपालमा खानी उत्खनन् क्षेत्रमा राज्यको काम अझैसम्म सन्तोषप्रद छैन। कुनै समयमा नेपालमा तामा, फलाम र कोइला उत्पादनमा राम्रो अवस्थामा थियो। ठोसेको फलाम, म्याग्दीको तामा, दाङको कोइला दुई तीन पुस्ता अघिसम्म प्रयोगमै थिए। तर त्यो कुरा अब कथा बनिसकेको छ।

नेपालको ढुंगा बाहेक अन्य खनिज स्रोतको व्यावसायिक उत्पादन हुन सकेको छैन। फुलचोकीको फलाम लगायत खनिज पदार्थ भूगोलका किताबमै सीमित छन्।

Ncell 2
Ncell 2
nimb
nimb

युरेनियम उत्खनन् विषयमा प्रधानन्यायाधीश श्रेष्ठले सूचना दिएको ९ वर्षपछि अहिले कानुन बनाउने प्रक्रिया चलिरहेको छ। उहाँको सूचना कति गहकिलो रहेछ भन्ने राज्यले बुझ्न धेरै ढिलाई भयो।

युरेनियमको आयबाट पिछडिएको देश नेपालको कायापलट हुने, प्रत्येक वर्ष राष्ट्रिय बजेट भन्दा बढी आम्दानी गर्न सकिने भएकाले ती वैज्ञानिकले राज्यको ध्यानाकर्षण गराउन उहाँलाई आग्रह गरेका रहेछन्। नेपालको पचासौं वर्षको बजेट युरेनियमको आम्दानीबाट सजिलै चल्छ भनेर उहाँलाई भनिएको रहेछ।

पूर्व प्रधानन्यायाधीश रामप्रसाद श्रेष्ठ


राष्ट्रसंघ लगायत विदेशी विज्ञहरुले समेत नेपालका कुना कुनामा घुमेर कहाँ के के पाइन्छ भनी अनुसन्धान खोज गरिसकेको देखिन आयो। कच्चा पदार्थ विदेशै लगेर परीक्षण गरिएको वा खानी क्षेत्रमै परीक्षणयन्त्र लगेरै परीक्षण गरेको भन्ने पुष्टि भयो।

नेपालको कुना काप्चासम्म विदेशीहरुको पहुँचमा सरकार बेखबर रहेको पाइन्छ। कुन इक्वीपमेन्ट लिएर कहाँ के उद्देश्यले को गयो? के अनुसन्धान गर्‍यो? के कुन कति कच्चा पदार्थ विदेश लग्यो आदि सरकारलाई केही पत्तो नहुने यो घटनाले बताउँछ। अझ मुस्ताङ जिल्ला त विदेशीहरुको लागि धेरै वर्षसम्म प्रतिबन्धित थियो। मुक्तिनाथभन्दा माथिल्लो मुस्ताङमा त कडा प्रतिबन्ध थियो। २०३१ सालमा खम्पा काण्डपछि त पूरै प्रतिबन्ध थियो। यस्तो प्रतिवन्धित क्षेत्रमा पनि विदेशीहरुले सजिलै पुगी अनुसन्धान गरेर युरेनियम पत्ता लगाएका रहेछन्।

विदेशीहरुलाई कसैले अनुसन्धान गर्न अनुमति दिनु नै परेन। एक पटक लाङटाङ आरोहण गर्ने टोलीले रेडियोधर्मीको खोज गरेको भन्ने तथ्य स्वदेश फर्केपछि प्रकाशमा ल्याएका थिए। तिब्बती शरणार्थी बसेको मुस्ताङको कैसाङ क्याम्पमा रेडक्रसले काठमाडौंको स्युचाटारमा पिलाटस पोर्टर विमानको धावन मार्ग बनाएर विमानबाटै सहायता सामाग्री पुराउने गरेको थियो। सहायता सामाग्रीको नाममा नेपाली सेनासँग नभएको एसएलआर राइफल लगायत हतियार, शौर्यशक्तिबाट चल्ने दूरसञ्चारका साधन आदि पश्चिमी दूतावासले रेडक्रसको चिह्न राखेर पठाउने गरेको रहेछ। जुन कुरा २०३१ सालमा खम्पा काण्डपछि मात्र नेपाल सरकारले थाहा पायो। विदेशीहरुको पहुँचमा सुरक्षा निकायहरु र समग्रमा राज्यनै उदाशीन रहेको पाइन्छ।

जे होस्, नेपाल वन जंगल र जलश्रोतका साथै युरेनियममापनि धनी रहेछ। युरेनियमको विशाल भण्डारबाट समृद्धिमा फर्कन सक्ने भनी विभिन्न सञ्चार माध्यमले लेखिरहेका छन्।

माथिल्लो मुस्ताङको लोमान्थाङ क्षेत्रमा ३ किमि चौडाइ र १० किलोमिटर दूरीसम्म युरेनियम खानी रहेको, युरेनियमको गुणस्तर निर्धारण नभए पनि मध्यम गुणस्तरको हुन सक्ने खानी तथा भूगर्भ विभागका विज्ञको भनाई रहेको पाइन्छ।

उनीहरुका अनुुसार, मकवानपुर जिल्लाको धियाँलेको भन्दा मुस्ताङको युरेनियम राम्रो गुणस्तर र ठूलो परिमाणमा रहेको छ।

युरेनियम खानी रहेको क्षेत्र लोमान्थाङदेखि करिब २ किलोमिटर टाढा र चीनको सीमानादेखि करिब १० किलोमिटर यता मुस्ताङ जिल्लामा रहेको छ। उपल्लो मुस्ताङको अन्य भेगमा पनि खानी रहेको हुन सक्ने भन्दै विस्तृत अध्ययन गरिने बताइएको छ।

मुस्ताङमा युरेनियम पत्ता लागेपछि खानीको सुरक्षा गर्ने जिम्मा सरकारले नेपाली सेनालाई दिएको छ। २०७३ साउन ७ गतेको मन्त्रिपरिषद् बैठकले युरेनियमको अध्ययन अन्वेषणको जिम्मा भने उद्योग मन्त्रालयलाई दिएको छ ।

युरेनियम आणविक हतियार र आणविक उर्जा भट्टीमा प्रयोग हुने रेडियोधर्मी पदार्थ हो। विश्वको आणविक भट्टीबाट उर्जा उत्पादनको स्थिति हेर्दा बेल्जियम, बुल्गेरिया, चेक गणतन्त्र, फिनल्याण्ड, फ्रान्स, हंगेरी, जापान, दक्षिण कोरिया, स्लाभेनिया, स्वीडेन, स्वीट्जल्याण्ड र युक्रेनमा ३० प्रतिशत वा यो भन्दा बढी बिजुली सबै आणविक भट्टीबाट उत्पादन हुन्छ।

काजकास्तान, क्यानडा, अष्ट्रेलिया, नामिविया, रसिया, इरान आदि मुलुकमा युरेनियमको बढी उत्पादन हुन्छ। यसको विश्व बजारमा बढी माग छ।

युरेनियम खानीमा विश्वका शक्तिशाली देशको चासो रहन्छ।   

स्वास्थ्य उपचारका सामाग्री एक्सरे, एमआरआई लगायतमा पनि युरेनियम प्रयोग हुन्छ। युरेनियमले विकिरण पैदा गर्छ। खानीको स्पर्शमा आउँदा जीव जन्तु र मानव जातिलाई विभिन्न प्रतिकूल असर परिरहेको हुन्छ।

महंगो खनिज युरेनियम राष्ट्रिय आयको ठूलो श्रोत हुन सक्छ भने खानीले मानव स्वास्थ्यमा खतरनाक असर पार्न पनि सक्छ। युरेनियमले विकरण पैदा गर्छ। खानीको स्पर्शमा आउँदा जीव जन्तु र मानव जातिलाई विभिन्न प्रतिकूल असर परिरहेको हुन्छ।

त्यसैले युरेनियम खानी क्षेत्रमा पर्ने गरी भन्सार, सुरक्षाकर्मीको ब्यारेक लगायत कुनै पनि भौतिक संरचना निर्माण गर्न नहुनेतिर सरकार चनाखो हुनु पर्दछ। खनिज पदार्थ भएको क्षेत्रमा बसोबास, आवत जावतबाट विकिरण फैलने, सर्ने सम्भावना पनि हुन्छ। यसतर्फ सरकारी निकाय चनाखो हुनु पर्दछ।

युरेनियमको कच्चा पदार्थकै उच्च मोल पर्ने खबरले यार्चागुम्बा जस्तै यो खनिज झिक्न भिड लाग्न बेरछैन। व्यक्तिगत रुपमा २/४ किलो कच्चा पदार्थको मोल नआउने, बिक्री पनि नहुने र विकिरण फैलने तिर राज्यले नागरिकलाई बेलैमा सूसुचित गराउन जरुरी छ। खानी क्षेत्र र खनिजको विशेष सुरक्षाको प्रवन्ध गरिनु पर्छ।

चीनसँगको उत्तरी सीमा मुस्ताङको कोरलामा चीनले तीब्र रुपमा विकास गर्न थालेको छ। सीमानासम्म चौडा सडक ल्याइसकेको छ।

नेपालतर्फ युरेनियम चर्चामा आएको छ। सीमा क्षेत्रको विकासमा स्थानीयको माग भए पनि सरकारको पर्याप्त ध्यान पुगेको पाइँदैन।

अब कोरला नाकालाई अत्याधुनिक व्यापार केन्द्र र बाह्रै महिना सुरक्षा संयन्त्र रहन सक्ने गरी भौतिक सुविधाको व्यवस्था गरिनुु ढिलो भइसकेको छ।

मुस्ताङको युरेनियमको चासो दुवै छिमेकीलाई मात्र नभई आणविक शक्ति राष्ट्रहरुलाई पनि हुन्छ। पारमाणविक विधेयकलाई युरेनियम उत्पादन, प्रशोधन र बिक्रीको व्यापक राष्ट्रिय हित समेट्ने गरी कानुन बनाउन सरकार सफल होला भन्ने आशा गरौं।

मुस्ताङको युरेनियम खानी प्रकाशमा ल्याउने पूर्व प्रधानन्यायाधीश रामप्रसाद श्रेष्ठको देशभक्तिलाई नमन।

प्रकाशित मिति: सोमबार, भदौ ९, २०७६  ०८:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
गौरीबहादुर कार्की
लेखकबाट थप
निर्वाचन आचारसंहिता देखाउनका लागि मात्र हो?
सुपारी, मरिच र केराउ तस्करीलाई कहिलेसम्म 'राष्ट्रिय उद्योग' बनाउने?
उड्ने सिंह राखिने मन्दिर तयार, तर धारामा गाडिएका मूर्ति झिक्न किन विवाद?
सम्बन्धित सामग्री
जेनजी आन्दोलनको एक वर्ष : परिवर्तन भयो त? युवाहरूको त्यो असन्तुष्टि आन्दोलनमा बदलियो। सडकमा नाराबाजी भयो, प्रदर्शन भए, तनाव सिर्जना भयो र राज्य संयन्त्रमाथि नै गम्भीर प्रश्न... मंगलबार, भदौ २३, २०८३
विपत्तिमा राजनीति होइन, उदार नीति प्रदर्शन गरौं भाद्र १७ गते संसद्मा देखिएको दृश्यले मन भारी बनायो। देशका नागरिक विपत्तिको पीडामा छन्। कतै घर उजाडिएका छन्, कतै परिवार विखण्डित भएका... शनिबार, भदौ २०, २०८३
बाढीपछि पुनर्स्थापना : राहतबाट आत्मनिर्भरतातर्फको बाटो अन्ततः, विपद्को समयमा मानवीय संवेदना सबैभन्दा ठूलो शक्ति हो । उद्धारमा राज्य, सुरक्षा निकाय र समुदायको सहकार्य आवश्यक छ । राहतमा सबै... शुक्रबार, भदौ १९, २०८३
ताजा समाचारसबै
जेनजी आन्दोलनको एक वर्ष : परिवर्तन भयो त? मंगलबार, भदौ २३, २०८३
‘बर्तमान सरकारलाई जेनजी सरकार भन्न सक्दिन, शुभकामना मात्र भन्छु’ मंगलबार, भदौ २३, २०८३
मकवानपुरमा १६२ किलो ७९४ ग्राम गाँजासहित दुई चालक पक्राउ मंगलबार, भदौ २३, २०८३
अवैध लागूऔषध खैरो हेरोइनसहित ६ जना पक्राउ मंगलबार, भदौ २३, २०८३
कांग्रेसको निर्वाचन समितिको बैठक बस्दै, वडा अधिवेशनको नयाँ मिति तय हुने मंगलबार, भदौ २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
हनुमन्ते खोलामा जलसतह खतरा तह पार, सतर्क रहन आग्रह सोमबार, भदौ २२, २०८३
नेपाल लाइभको समाचारमा रास्वपाको स्पष्टीकरण– ‘रास्वपाले समाचार बुलेटिन चलाएको होइन, सूचना प्रसार गरेको हो’ सोमबार, भदौ २२, २०८३
कांग्रेस मिलाउन गगन देउवा पक्षको माग पूरा गर्न तयार छन् ? सोमबार, भदौ २२, २०८३
भोटेकोशी बाढी प्रभावित क्षेत्रको अनुगमनपछि मानव अधिकार आयोगले औंल्यायो त्रुटि नै त्रुटि सोमबार, भदौ २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेनजी आन्दोलनको एक वर्ष : परिवर्तन भयो त? नेपाल लाइभ
विपत्तिमा राजनीति होइन, उदार नीति प्रदर्शन गरौं डा.रुद्रनाथ अधिकारी
बाढीपछि पुनर्स्थापना : राहतबाट आत्मनिर्भरतातर्फको बाटो नरेन्द्र कटुवाल
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्