काठमाडौं– दिवंगत राजपरिवारको दीप प्रज्ज्वलन कार्यक्रममा माओवादी निकट वाइसिएलले नाराबाजी गरेपछि केही बेर तनाव उत्पन्न भएको छ ।
नजिकै प्रज्ञा भवनमा माओवादी निकट वाइसिएलको भेला चलिरहेको छ । यता राजावादीको दीप प्रज्वलन हुादा वाइसिएलका कार्यकर्ताहरुले होटल बाहिर निस्केर राजावादीविरुद्ध नाराबाजी गरे ।
पूर्वयुवराज्ञी हिमानी र पूर्वनवयुवराज हृदयन्द्र दीप प्रज्ववलनका लागि आउँदा प्रहरीले कुनै पनि सुरक्षा दिएन । भीड छिचोलेर उनीहरुलाई मन्दिरमा प्रवेश गराउन स्वयम्सेवकलाई हम्मेहम्मे परेको थियो ।
झडपको स्थिति बनेपछि प्रहरीले हस्तक्षेप गरेको छ । अहिले उक्त क्षेत्रमा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ । हिमानी र हृदयन्द्र भने मन्दिरभित्र पूजा अर्चना गरिरहेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।