• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज १३, २०८३ Tue, Sep 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

निर्वाचन आचारसंहिता देखाउनका लागि मात्र हो?

64x64
गौरीबहादुर कार्की मंगलबार, वैशाख २७, २०७९  १८:४६
1140x725

चितवनको भरतपुर पुगेका माओवादी अध्यक्ष पुष्पकमल दाहालले २२ वैशाखको सभामा प्रधानमन्त्री देउवा र कांगे्रस नेता रामचन्द्र पौडेल उपस्थित आमसभामा निर्वाचन आचारसंहिता विपरीत ‘धम्की’को भाषा प्रयोग गरे। उनले रेनु दाहाललाई मेयरमा नजिताए ‘देश दुर्घटनामा जाने’ बताए। 

‘रेनु र चित्रसेनको टिम विजयी भए म निकै उत्साहित हुनेछु। तर, हँसिया–हथौडामा भोट हाल्दिनँ भन्नुभयो भने, मलाई आशंकाले हेरेर गठबन्धन कमजोर पार्न खोज्नुभयो भने म त अब दायाँबायाँ गर्दिनँ, तर देश दुर्घटनामा पर्ने खतरा छ ,’ उनले भने। 

त्यही दिन डडेलधुरामा प्रधानमन्त्री पत्नी आरजु राणाले मतदातालाई तर्साउँदै भनिन्, ‘हामीले जित्यौं भने शेरबहादुर दाइ, आरजु भाउजूलाई फोन गरेर समस्या भन्न सक्नुहुन्छ। तर, जहाँ कांग्रेसको मेयर नै हुन्न, त्यहाँ हामी किन पैसा पठाउँछौं? कसले पैसा पठाउने?’ 

निर्वाचन आयोगले स्थानीय निर्वाचनको लागि आचारसंहिता बनाएको छ। प्रधानमन्त्री, मन्त्रीलगायत उम्मेदवारहरूले आचारसंहिता उल्लंघन गरिरहेको खबर भिडियो र फोटोसहित आइरहेको छ। आचारसंहितालगायत कानुन नेपालमा ‘देखाउने दाँत’ मात्र हुने गरेका छन्।   

गत निर्वाचनमा भरतपुरको मेयर पदको मतगणनाको अन्तिमतिर दलका प्रतिनिधले मतपत्र नै चपाइ दिए। अर्को प्रतिस्पर्धीले जित्ने सम्भावना भएपछि मतपत्र चपाएर नोक्सान पारेका थिए। कुनै उम्मेदवारको प्रतिनिधिले मतपत्र च्यात्दछ भने त्यो मतपत्र विपक्षी प्रतिस्पर्धी उम्मेदवारले पाएको मान्नु पर्दछ। आफूले पाएको मतपत्र च्यातिँदैन। त्यो प्रतिनिधिले गरेको कार्य उम्मेदवारले नै गरेको मानिनु पर्छ। आफूले हार्ने अवस्था आएपछि नै मतपत्र च्यातियो। 

निर्वाचन आयोगले पनि आफ्‍ना सेटिङका कर्मचारीबाट छानबिन गरायो। उनीहरूकै सुझावमा पुनः निर्वाचन गराउने निर्णय गर्‍यो। माओवादी अध्यक्ष प्रचण्डको सिफारिसमा नियुक्त भएका प्रमुख निर्वाचन आयुक्तले नूनको सोझो गरेर पुनः मतदान गराउने निर्णय गराए। सर्वोच्च अदालतमा परेको रिटमा पनि न्यायाधीश ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको इजलाससले पुनः निर्वाचन गराउने निर्णय सदर गरेको थियो। ओमप्रकाश मिश्र प्रधानन्यायाधीश हुन खुट्टा उचालिरहेका थिए भने पुरुषोत्तम भण्डारी त माओवादी नेता जनार्दन शर्माका नातेदार नै रहेछन्। सबै सेटिङमा काम फत्ते भएको बताइन्छ। 

यसपालि मत्रपत्र कडा कागजमा छापेकोले चपाउन र च्यात्न नसकिने अभिव्यक्ति प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाबाट आएको छ। तर उनले भन्न सकेनन्– मतपत्र चपाएमा वा च्यातेमा कानुनी कारबाही हुन्छ, जसले च्यात्छ प्रतिस्पर्धी उम्मेदवारले पाएको मानिन्छ, च्यात्नेलाई कडा कारबाही गरिन्छ। त्यसैले ‘भरतपुर काण्ड’ नदोहोरिने निश्चित छैन। कसैले मतपत्र बिगारेमा निर्वाचन अपराध र सजाय ऐन, २०७३ को दफा १६ अनुसार १ लाख रुपैयाँसम्म जरिवान वा दुई वर्षसम्म कैद हुनसक्छ। मतपत्र चपाउने उपर आयोग नरम रहेको देखियो।    

यता काठमाडौं महानगरका मेयरका उम्मेदवार केशव स्थापितले निर्वाचन आचारसंहिता उल्लंघन गरेकोमा निर्वाचन आयोग सोधपुछमै अलमलियो। कसैको चरित्र हनन् गरेमा सोही ऐनको दफा २३ अनुसार ५० हजार रुपैयाँसम्म जरिवाना वा एक वर्षसम्म कैद हुन सक्छ। तर, स्पष्टीकरण सोधेर उन्मुक्ति दिनुको अर्थ छैन। 

Ncell 2
Ncell 2
nimb
nimb

नवलपरासीबाट प्रतिनिधिसभा सदस्यको निर्वाचन लडेर विजयी भएका बीपीपुत्र शशांक कोइरालाले ६ करोड रुपैयाँ खर्च गरेको सार्वजनिक अभिव्यक्ति दिए। तर, उनले निर्वाचन आयोगमा २१ लख ७५ हजार रुपैयाँको खर्च विवरण बुझाएका थिए। कांग्रेसका पूर्वमहामन्त्री कोइरालाले आफूले तीन पटक चुनाव लड्दा करिब १० करोड रुपैयाँ खर्च गरेको सुनाएका थिए।

यो पनि पढ्नुहोस्

आचारसंहिता उल्लंघनमा हुँदैन कारबाही, स्पष्टीकरणको ‘रित’ पूरा गर्दै निर्वाचन आयोगआइतबार, वैशाख २५, २०७९

निर्वाचन आयोगले उनलाई पनि स्पष्टीकरण सोध्यो र सफाइ दियो। सार्वजनिक रूपमा दिइएका अभिव्यक्तिको तथ्य जाँचका लागि अडियो र भिडियो हेरेर कारबाही गर्न सकिन्छ। तर, निर्वाचन आयोग स्पष्टीकरण र सफाइको ‘कर्मकाण्ड’ मात्र पूरा गरिरहेको छ। बढीमा निर्वाचन आयोगले सचेतसम्म गराएर आचारसंहिता उल्लंघनमा फितलो कारबाही चलाएको छ। जस्तो कि, शशांक कोइरालाले बुझाएको खर्च विवरण झूटो हो भन्ने पुष्टि उनकै अभिव्यक्तिबाट हुन्छ। आयोगले तोकेको हदभन्दा बढी निर्वाचन खर्च गरेमा ऐनको दफा २९ अनुसार जरिवाना गर्नुपर्नेमा सचेत गराएर आयोग कानुनी कारबाहीबाट पन्छिन पुग्यो। ‘ठूलालाई चैन, सानालाई ऐन’ भनेको यही हो। 

छिमेकी देश भारतका तत्कालीन प्रमुख निर्वाचन आयुक्त टीएन शेषन कानुन पालना गराउनेमा उदाहरणीय मानिन्छन्। हाम्रै नेपालमा पनि प्रमुख निर्वाचन आयुक्त विष्णुप्रताप शाह र भोजराज पोखरेलले कानुन पालनामा अडान लिन्थे। हुनतः केपी ओलीको ‘सेटिङ’मा नियुक्त भएका मुख्य आयुक्तलगायत अन्य कर्मचारीबाट धेरै आशा गर्न सकिँदैन। सरकार र नेताहरु रिसाउलान् भनेर आचारसंहिताको ठाडो उल्लंघनमा पनि आँखा चिम्लेका छन्।

निर्वाचन आचारसंहिता विपरीत प्रधानमन्त्री, मन्त्री र नेताहरु सरकारी हेलिकोप्टर चढेर चुनावीसभामा भाग लिइरहेका छन्। बुटवलमा प्रधानमन्त्री देउवाले ‘गठबन्धनका उम्मेदवारले नजिते प्रजातन्त्र संकटमा पर्ने उद्घोष गरे। प्रधानमन्त्रीको भनाई अनुसार प्रजातन्त्र बचाउन र संकटमा नपार्न देशाभरिका मतदाताले गठबन्धनका उम्मेदवारलाई ठाउँ हेरी कतै रुखमा, कतै हसिया हथौडालगायतमा मत दिनु पर्ने हुन्छ। मतदाताले स्वतन्त्र विचार राखेर कुनै दललाई समर्थन गर्न नहुने भयो। प्रधानमन्त्रीको यो भनाइले मतदाताको विचारलाई सीधै हस्तक्षेप गरेको छ। यस्ता भनाई निर्वाचन आचारसंहिताविरुद्ध हुन्छ। 

Xtrem

Xtrem

निर्वाचन आयोगले आचारसंहिता कार्यान्वयनमा दल, उम्मेदवार र जनताको प्रतिबद्धता खोजेकोछ। आयोगले भने कुनै प्रतिबद्धता देखाउन सकेको छैन। सामाजिक सञ्जालमा पनि निर्वाचन आचासंहिता विपरीत कार्य भइरहेको छ। कुनै उम्मेदवारको पक्षमा र कसैको अपमान र बेइज्जती गर्ने हिसाबले सामग्री आइरहेको पाइन्छ। नियामक निकाय को हो भन्नेमा अन्यौल छ। 

मतदाताको खुट्टामा पैसा चढाएर मत मागिरहेको पनि देखियो। उम्मेदवारी फिर्ता गराउन स्वतन्त्र उम्मेदवारलाई सत्ताधारी लगायत नेताहरुले धाकधम्की, दबाब दिएको तथ्य आयोगले स्वीकार गरेको छ। तर, आयोग उचित कानुनी कारबाही नगरी विज्ञप्तिमै सीमित रहेको छ। जथाभावी सवारी साधनको प्रयोग, ¥याली, पर्चा, तुल, आदि नियन्त्रणमा पनि आयोग उदासीन छ।

विदेशमा पनि कानुन र आचारसंहिता उल्लंघनका घटना हुन्छन्। तर, कारबाही पनि भइरहेको पाइन्छ। बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई लकडाउनको बेला धेरै पार्टी गरेर नियम उल्लंघन गरेको आरोप लागेको थियो। डाउनिङ्ग स्ट्रिटस्थित प्रधानमन्त्री कार्यालयमा र अन्यत्र पनि जन्मदिन तथा अन्य १७ भन्दा बढी पार्टी गरेकोमा छानबिन भएको थियो। त्यहाँको महानगर प्रहरीले कारबाही स्वरुप जरिवाना पनि तिराएको थियो।

हाम्रो देशमा लकडाउनको बेलामा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलगायत सबै नेताले आफ्नै सरकारले गरेको निर्णय र नियमको उल्लंघन गरेका थिए। अहिले पनि अवस्था उस्तै छ। निर्वाचन कानुनको ठाडो उल्लंघन भइरहँदा नियामक निकाय निर्वाचन आयोग नै उदास रहनु सुशासन र प्रजातान्त्रिक संस्कारको ठाडो उपहास हो। संविधान र कानुनमा लोकतन्त्र भएर हुँदो रहेनछ, संस्कार र व्यवहारमा लोकतन्त्र चाहिँदो रहेछ। त्यस्तो संस्कार नेपाललीले कहिले पाउने होला?

माओवादी अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री पत्नी आरजु राणाको ‘धम्की’ सम्बन्धमा आयोग मौन छ। निर्वाचन आचारसंहिता उल्लंघनका सबै घटनामा कानुन बमोजिम कारबाही गरेर जनतालाई देखाउनु पर्छ। स्पष्टीकरण र सचेत गराउने भनेको ‘अपराध’लाई प्रश्रय दिने र ‘कर्मकाण्ड’ पूरा गर्ने मेलो मात्र हो। 

(लेखक विशेष अदालतका पूर्वअध्यक्ष हुन्।)

प्रकाशित मिति: मंगलबार, वैशाख २७, २०७९  १८:४६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
गौरीबहादुर कार्की
लेखकबाट थप
निर्वाचन आचारसंहिता देखाउनका लागि मात्र हो?
सुपारी, मरिच र केराउ तस्करीलाई कहिलेसम्म 'राष्ट्रिय उद्योग' बनाउने?
उड्ने सिंह राखिने मन्दिर तयार, तर धारामा गाडिएका मूर्ति झिक्न किन विवाद?
सम्बन्धित सामग्री
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपालको राजनीतिमा नयाँ पुस्ताको नेतृत्वप्रति जनअपेक्षा बढिरहेका बेला बालेन्द्र शाह(बालेन) नेतृत्वको सरकारलाई केवल समर्थन वा विरोधको... सोमबार, असोज १२, २०८३
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं यही सन्दर्भमा काठमाडौंको सीतापाइला–रामकोट–भीमढुंगा सडकको भविष्यबारे गम्भीर बहस आवश्यक छ। सडक स्तरोन्नति र विस्तार आवश्यक छ। तर सडक व... बुधबार, असोज ७, २०८३
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? दुर्घटनामा मृत्यु हुनेको संख्या निस्सन्देह महत्त्वपूर्ण छ। तर मृत्युबाट बचेका घाइतेको जीवनबारे हाम्रो बहस झन् कमजोर छ । बुधबार, असोज ७, २०८३
ताजा समाचारसबै
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
रिमा श्रेष्ठको ‘चुलबुले नानी’मा आशिष अविरल र रचना रिमालको स्वर सोमबार, असोज १२, २०८३
आफ्नै पार्टी अध्यक्षविरुद्ध राप्रपाका ७ सांसद अदालतमा, लिङ्देनमाथि के आरोप ? सोमबार, असोज १२, २०८३
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ प्रकरण: न्यायपालिकामाथि हस्तक्षेप नगर्न सर्वोच्चको चेतावनी सोमबार, असोज १२, २०८३
बाढीपहिरोमा २७ जनाको मृत्यु, एक हजारभन्दा बढी परिवार प्रभावित सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव? सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्