• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २३, २०८३ Tue, Sep 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्थानीय निर्वाचन

आचारसंहिता उल्लंघनमा हुँदैन कारबाही, स्पष्टीकरणको ‘रित’ पूरा गर्दै निर्वाचन आयोग

64x64
दुर्गा दुलाल आइतबार, वैशाख २५, २०७९  २०:००
1140x725

काठमाडौं– निर्वाचन आचारसंहिता उल्लंघन गरेका रुपन्देहीको तिलोत्तमा नगरपालिकाका मेयर वासुदेव घिमिरेले वैशाख १९ गते (सोमबार) सार्वजनिक मञ्चबाटै आफूलाई कारबाही गर्न निर्वाचन आयोगलाई खुुला चुनौती दिए। नेकपा एमालेको तिलोत्तमा निर्वाचन प्रचारप्रसार कमिटीले आइतबार राति आयोजना गरेको पत्रकार सम्मेलनमा उनले चुनौती दिएका थिए।

‘मैले निर्वाचन आचारसंहिता उल्लंघन गरिरहेको छु, म एमाले पार्टीको निर्वाचन परिचालन कमिटीको संयोजक बनेको छु,’ उनले भनेका थिए, ‘मैले आचारसंहिता उल्लंघन गर्दा कारबाही गर्नसके गरे हुन्छ।’

तिलोत्तमामा एमालेका मेयर/उपमेयर उमेदवारको परिचयात्मक कार्यक्रममा आचारसंहिता उल्लंघन गर्नु सामान्य भएको उनको टिप्पणी थियो। ‘म पार्टीको कार्यकर्ता हुुँ र अहिले म नगरप्रमुख पनि हुँ। मलाई पार्टीले जिम्मा दियो, म निर्वाचन परिचालन कमिटीमा छु,’ उनले भनेका थिए, ‘यसले आचारसंहिता उल्लंघन गर्‍यो भन्ने लाग्छ भने कारबाही गर्नुस्।’ 

उनी त्यतिमा मात्र रोकिएनन्। आफू मेयर भएकाले मतदाता प्रभावित गर्नेगरी जुनसुकै योजना ल्याउन पनि सक्ने बताए। ‘मतदाता प्रभावित गर्नेगरी जुनसुकै घोषणा गर्नसक्छु,’ उनले भने, ‘मैले घोषणा गरिदिए पुग्छ, मलाई कसले रोक्छ?’ 

त्यसलगत्तै निर्वाचन आयोगले उनलाई स्पष्टीकरण सोध्यो। तर, निर्वाचन आचारसंहिता उल्लंघनमा कुनै कारबाही नगरी उन्मुक्ति दियो। 

दुई दिनअघि एमालेका महासचिव शंकर पोखरेलले सम्पादकहरूसँगको अन्र्तक्रियामा निर्वाचन आयोगले आचारसंहिता पालना गराउने विषयमा भेदभाव गरेको र सत्ता पक्षतिर ढल्किएको आरोप लगाए। उनले आचारसंहितामा कार्यान्वयन हुन नसक्ने भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाले देश दौडाह गर्दा पनि कुनै कारबाही नगरेको आरोप लगाए।

निर्वाचन आचारसंहिता लागू भएको समयमा माओवादी केन्द्रले एउटा प्रचार सामग्री सार्वजनिक गरेको थियो। उक्त सामग्रीमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँगै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशन कुलमान घिसिङको तस्बिर पनि राखिएको थियो। सार्वजनिक सञ्चारमाध्यममा आलोचना भएपछि निर्वाचन आयोगले स्पष्टीकरण सोधेको थियो। त्यसको जवाफ पेस गरेपछि माओवादी केन्द्रलाई सफाइ दिइयो।
त्यसको केही दिनमा नेपाली कांग्रेसका पूर्वमहामन्त्री सशांक कोइरालाले सार्वजनिक कार्यक्रममै अघिल्लो संसदीय निर्वाचनमा आफूले करोडौं खर्च गरेको, तर आयोगमा लाख मात्र खर्च गरेको विवरण बुझाएको बताए। त्यसमा पनि निर्वाचन आयागले उनलाई स्पष्टीकरण सोधेर जवाफ आएपछि सफाइ दियो।

केही दिनअघि सिन्धुपाल्चोकको मेलम्ची वडा नं. १० का वडाध्यक्षले आफ्नी फुपूलाई हजार रुपैयाँ राखेर खुट्टा ढोगेको फोटो भाइरल भयो। उक्त कार्य आचारसंहिता विपरीत भएको भन्दै समाचार आए। अयोगले उनलाई पनि २४ घन्टे स्पष्टीकरण सोध्यो। आयोगमा ती वडाध्यक्षले जवाफ पेश गरेपछि सफाइ पाए।

Ncell 2
Ncell 2
nimb
nimb

यसरी देशभरी निर्वाचन आचारसंहिता उल्लंघनका घटना भइरहेका छन्। काठमाडौं महानगरको मेयरका प्रत्यासी केशव स्थापितलाई निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै आयोगले पटकपटक स्पष्टीकरण सोधेको छ। उनलाई पनि जवाफ पेश गरेपिच्छे आयोगले सफाइ दिने गरेको छ। 

निर्वाचन आयोग ऐन २०७३ अनुसार आयोगले आचारसंहिता उल्लंघन गर्नेहरूमाथि कारबाही गर्न सक्‍छ। उक्त ऐनको दफा २३ मा आचारसंहिता कार्यान्वयन तथा अनुगमनको व्यवस्था छ। आचारसंहिता उल्लंघन गर्नेहरुलाई १ लाख रुपैयाँ जरिवानादेखि उम्मेदवारी रद्दसम्मको कारबाही गर्ने अधिकार आयोगलाई छ। तर, आयोगले स्पष्टीकरण मात्र सोध्ने र सफाइ दिने सिलसिला नै चलाएको छ।

अब दुई दिन दलहरुले निर्वाचन प्रचारप्रसार गर्ने समय पाउँछन्। यो अवधिमा धेरै निर्वाचन आचारसंहिता उल्लंघनका घटना धेरै हुने विगतका उदाहरणबाट छन्। एमाले महासचिव शंकर पोखरेलले कार्यकारी पदमा रहेका व्यक्तिहरुलाई प्रचारमा सहभागी हुन नपाउने आचारसंहिता निर्वाचन आयोगले पालना गराउन नसकेको आरोप लगाएका छन्। 

एमाले मात्र होइन कांग्रेस पनि आचारसंहिता पालना गराउने विषयमा निर्वाचन आयोगसँग असन्तुष्ट छ। कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले आयोगले आचारसंहिता उल्लंघनका गम्भीर घटनामा पनि स्पष्टीकरण मात्र सोधेर सफाइ दिएको आफूलाई लागेको बताए। आयोग अझै कडा रुपमा आउन नसके आचारसंहिता उल्लघन गर्नेहरु आगामी दिनमा झन् बढ्ने उनको भनाइ छ।

निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले केही कमजोरी भएको स्वीकार गर्दै अब मतदाताले नै उल्लंघनकर्तालाई सजाय दिनुपर्ने बताए। ‘आयोगलाई आचारसंहिता पालना गराउन चुनौती छ,’ उनले भने, ‘आचारसंहितामा दस्तखत गरेको मसी सुक्न नपाउँदै आयोगको आँखामा छारो हाल्ने काम गरेँ भनेर उम्मेदवारले सोच्नु भएको छ भने मतदाताले सजाय दिनुपर्छ।’ 

उनले दलहरुलाई आचारसंहिता पालना गर्न आग्रह गरे। ‘आचारसंहिता विपरीत चार वटा झन्डा राखेर फजुल खर्च गर्ने र आयोग फेरी फजुल खर्च गरेर त्यसलाई रोक्न दौडनु नपर्ने गरी काम गर्न आग्रह गर्छु,’ उनले भने, ‘आचारसंहिता उल्लंघन गर्ने उम्मेदवारलाई मतदान गर्न चार पटक सोच्न म मतदातालाई आग्रह गर्छु।  मतदाता नै अन्तिम निर्णायक भएकाले वहाँहरुले मतदान गर्दा विचार गनुपर्छ।’ उनले आफूहरुले मात्र कारबाही गरेर सामाधान नहुने पनि बताए। ‘मतदाताले यस्ता उम्मेदवारहरुलाई मत नदिने विवेक देखाउनुपर्छ,’ उनले भने। 

अहिले शीर्ष केन्द्रीय नेता जिल्ला जिल्लामा पुगेर चुनावी प्रचार र सभा गरिरहेका छन्। त्यसका लागि उनीहरूले गरेको खर्चमा पनि प्रश्न उठ्न थालेको छ। ‘मौन अवधि शुरु हुनुअघि कुन कुन शीर्षकमा कति खर्च भयो, त्यसको फेहरिस्त माग्ने छौँ। आयोग आफैंले पनि सुक्ष्म अनुगमन गरिरहेकाले त्यसलाई रुजु गरेर उल्लंघन भए नभएको निष्र्कषमा पुग्छौँ,’ थपलियाले भने, ‘खर्चमा शंका लागेको विवरण पेश भए आयोगले विशेष अडिट गरेर हेर्छ।

गलत ढङ्गले खर्च विवरण पेश भएको पाइए निर्वाचित भए पनि पाँचै वर्ष कायम नहुने उनको भनाइ छ। आचारसंहिता विपरीत काम गरेर जिते पनि त्यस्ता उम्मेदवारलाई कारबाही गरेर उपनिर्वाचन गरिने थपलियाले चेतावनी दिएका छन्।

कानुनका जानकारहरूले भने निर्वाचन आयोगले कानुन पालना गराउन कडाइ गर्न नसकेको बताउँछन्। वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवाली आयोगले आफ्नो संवैधानिक दायित्वअनुसार काम नगरेर औपचारिकता मात्र निभाइरहेको बताउँछन्।

प्रकाशित मिति: आइतबार, वैशाख २५, २०७९  २०:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
के छ बूढीगंगामा पुन: मतगणना अस्वीकार गर्ने सर्वोच्चको आदेशमा? सर्वोच्च अदालतले ९९ प्रतिशतसम्म मतदान भएको बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको मुद्दामा पुन: निर्वाचन गराउँ... बुधबार, असार १५, २०७९
काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ। प्रमुखमा एकीकृत समाजवादीका दीपककुमार गौतम विजय... बिहीबार, असार २, २०७९
बाजुराको बुढीगंगा नगरपालिकामा असारको पहिलो साताभित्र चुनाव गर्ने तयारी बाजुराको बुढीगंगा नगरपालिकामा छिट्टै पुनः निर्वाचन गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ। तर... आइतबार, जेठ २९, २०७९
ताजा समाचारसबै
नेेपालका बाढीपहिरो मृतकप्रति श्रद्धाञ्जली दिँदै च्याम्पियन्स लिगका खेलमा मौनधारण गरिने मंगलबार, भदौ २३, २०८३
जेनजी आन्दोलनको एक वर्ष : परिवर्तन भयो त? मंगलबार, भदौ २३, २०८३
‘बर्तमान सरकारलाई जेनजी सरकार भन्न सक्दिन, शुभकामना मात्र भन्छु’ मंगलबार, भदौ २३, २०८३
मकवानपुरमा १६२ किलो ७९४ ग्राम गाँजासहित दुई चालक पक्राउ मंगलबार, भदौ २३, २०८३
अवैध लागूऔषध खैरो हेरोइनसहित ६ जना पक्राउ मंगलबार, भदौ २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
हनुमन्ते खोलामा जलसतह खतरा तह पार, सतर्क रहन आग्रह सोमबार, भदौ २२, २०८३
नेपाल लाइभको समाचारमा रास्वपाको स्पष्टीकरण– ‘रास्वपाले समाचार बुलेटिन चलाएको होइन, सूचना प्रसार गरेको हो’ सोमबार, भदौ २२, २०८३
कांग्रेस मिलाउन गगन देउवा पक्षको माग पूरा गर्न तयार छन् ? सोमबार, भदौ २२, २०८३
भोटेकोशी बाढी प्रभावित क्षेत्रको अनुगमनपछि मानव अधिकार आयोगले औंल्यायो त्रुटि नै त्रुटि सोमबार, भदौ २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेनजी आन्दोलनको एक वर्ष : परिवर्तन भयो त? नेपाल लाइभ
विपत्तिमा राजनीति होइन, उदार नीति प्रदर्शन गरौं डा.रुद्रनाथ अधिकारी
बाढीपछि पुनर्स्थापना : राहतबाट आत्मनिर्भरतातर्फको बाटो नरेन्द्र कटुवाल
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्